साहित्यकार शर्माको अन्त्येष्टि, नेकपाका संस्थापकद्वारा अन्तिम श्रद्धाञ्जली

साहित्यकार शर्माको अन्त्येष्टि, नेकपाका संस्थापकद्वारा अन्तिम श्रद्धाञ्जली

दाङ । बरिष्ठ साहित्यकार गिरिराज शर्मालाई नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सेक्रेटरी नारायणप्रसाद शर्माले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको छ ।


८४ वर्षे साहित्यकार शर्माको हिजो निधन भएको थियो । नेपालको बामपंथी आन्दोलन तथा प्रगतिशील साहित्य क्षेत्रका अगुवा शर्माको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन ठूलो संख्यामा आफन्त र शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । उहाँको पार्थिव शरीरमा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा, छोरा अञ्जन पौडेल र अन्य छोरीहरुले दागवत्ती दिनुभएको थियो । 

स्वर्गीय शर्माका दाउरेनी खण्डकाब्य, आचार–विचार बाल लघु काब्य, बुढा जोर सिमलका रुखहरु, केही कृति समीक्षा र विविध, बुढा भएछन् कलमहरु, मेरो गाउँ र मेरा भोगाइहरु, सम्झनामा मेरो अतित र छोरीहरु (कविता संग्रह) लगायतका एक दर्जन कृति प्रकाशित छन् भने सयौं कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उहाँले नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । उहाँ निवृत्त शिक्षक पनि हुनुहुन्थ्यो ।

null

उहाँले मावि चौघेरामा प्रधानाध्यापकका रुपमा लामो समयसम्म सेवा गर्नुभएको थियो । दाङका विभिन्न विद्यालयहरु र अर्घाखाँचीको चुत्रावेशीसम्म शिक्षाको ज्योति फैलाउन महत्वपूर्ण योगदान गर्नुभयो । शर्माले राप्ती साहित्य परिषद्को स्थापनामा महत्वपूर्ण भूमिका खेल्नुका साथै अध्यक्षको रुपमा संस्थाको नेतृत्व गर्नुभएको थियो । शर्मा प्रगतिशील लेखक संघ दाङ शाखाको संस्थापक साथै अध्यक्ष हुनुभएको थियो । विसं १९९७ साल जेठ १५ गते जन्मनुभएका उहाँका चार छोरी र एक छोरा हुनुहुन्छ । उहाँकी श्रीमति पार्वती शर्मा पौडेलको २०७७ चैत ९ गते निधन भइसकेको छ ।

शर्माले नेपाल सरकारबाट भानुभक्त पुरस्कार र क्षेत्रीय प्रतिभा पुरस्कार प्राप्त गर्नुभएको थियो भने लुम्बिनी प्रदेश सरकारले प्रदान गरेको रत्नपदक द्धितीय, मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले प्रदान गरेको नेत्रलाल अभागी स्मृति सम्मान २०८० बाट पनि सम्मानित हुनुभएको थियो । उहाँ राप्ती साहित्य परिषद, प्रगतिशील लेखक संघलगायत दर्जनौं संस्थाबाट पनि सम्मानित भइसक्नुभएको छ । उहाँका फूटकर सयौं लेख रचना र  प्रकाशित छन् ।

राप्ती साहित्य परिषद्का अध्यक्ष डा. टीकाराम उदासीले शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शर्माको निधनले यस क्षेत्रको साहित्यिक, शैक्षिक र समाज रुपान्तरणको आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउनुभएको छ । पुस्तकालयका सल्लाहकारसमेत रहनुभएका शर्माको निधनप्रति सर्वोदय पुस्तकालय तथा वाचनालयले दुःख व्यक्त गरेको छ । पुस्तकालयका अध्यक्ष सुशील गौतमले शोक विज्ञप्ति प्रकाशित गरी पुस्तकालयका लागि अतुलनीय योगदान दिनुभएको भन्दै उहाँको निधनमा दुःख व्यक्त गर्नुभएको छ  ।
 

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

अखिल क्रान्तिकारीको सम्मेलन असोज १० गते देखि गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

लोकप्रिय