तोलामा चार सयले घट्यो सुन

तोलामा चार सयले घट्यो सुन

काठमाडौं।  नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबार ४ सय रुपैयाँले घट्दै १ लाख ४१ हजार २ सय रुपैयाँमा झरेको हो । 

यस्तै आज तेजाबी सुनको मूल्य पनि आज तोलामा ४ सय रुपैयाँले नै घट्दै १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । 

चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घट्दै एक हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन विहीबार चाँदी प्रतितोला एक हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो । 

सुनको मूल्य तोलामा १ हजार सात सय बढयो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । छापावाल सुनको मूल्य मंगलबार १ हजार ७०० रुपैयाँ बढेर तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ ।  अघिल्लो दिन छापावाल सुन तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुन १० ग्रामको मुल्य मंगलबार १ लाख २२ हजार ३४५ रुपैयाँ कायम भएको छ ।  यस्तै चाँदीको मूल्य पनि सामान्य बढेको छ । अघिल्लो दिन १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार रु १० बढेर तोलामा १८६० रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य निरन्तर उकालो, सुन तोलामा २३ सयले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुन चाँदीको मूल्य निरन्तर बढिरहेको छ। बुधबारको तुलनामा आज सुनको तोलामा नै दुई हजार तीन सय रुपैयाँले वृद्धि भएको छ। बुधबार प्रतितोला एक लाख ३८ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ४० हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ भने तेजाबी सुनको भाउ पनि बढेको छ। तेजाबी सुन बुधबार तोलामा रु. एक लाख ३७ हजार पाँच सय ५० मा कारोबार भएकामा आज यो रु. एक लाख ३९ हजार आठ सयमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा तेजाबी सुनको मूल्य तोलामा रु. दुई हजार दुई सय ५० ले वृद्धि भएको छ। यसैगरी चाँदीको मूल्य तोलामा रु. ७० ले वृद्धि भएको छ। बुधबार रु. एक हजार नौ सय ३० मा कारोबार भएको चाँदी आज रु. एक हजार नौ सयमा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य तोलामा १२ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले घटेर कारोबार भएको छ। यस दिन छापावाल सुन प्रतितोला एक लाख ४० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। आज तेजाबी सुन प्रतितोला एक लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार हालसम्मकै उच्च बिन्दुमा पुगेको सुनको मूल्य आज सामान्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ४० हजारमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार तीन सय निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आज रु एक लाख ३८ हजार छ सय ५० तय भएको छ। चाँदीको मूल्य पनि तोलामा रु पाँचले घटेको छ । बिहीबार तोलामा रु एक हजार आठ सय पाँचमा कारोबार भएको चाँदीको भने रु एक हजार आठ सय निर्धारण भएको छ । रासस

लोकप्रिय