चीनमा अध्ययन गर्न पूर्ण छात्रवृत्ति
काठमाडौं । बृहत् अन्तर्राष्ट्रिय परिप्रेक्ष्य, उच्च व्यापक गुणस्तर, उत्कृष्ट नेतृत्व र बहुसांस्कृतिक पृष्ठभूमिका साथ विश्वव्यापी शासन प्रतिभाहरूलाई प्रशिक्षित गर्न चिनिया छात्रवृत्ति परिषदले "यूथ अफ एक्सीलेन्स" योजना लागु गरेको नेपालस्थित चिनिया दुतावासले जनाएको छ ।
यस योजना अन्तर्गत सन् २०२४ को सेप्टेम्बर महिनाबाट अङ्रेजी भाषामा स्नातोकोत्तर कार्यक्रम अन्तर्गतका अध्ययन सुरु हुनेछ ! यस कार्यक्रममा नेपालबाट मात्र २०० जना विद्यार्थीले पूर्ण छात्रवृत्ति अन्तर्गत अध्ययन गर्न पाउनेछन् । ४५ वर्षभन्दा कम उमेरका आवेदकले स्नातक तह उत्तृण हुनुका साथै मानसिक र शाररिक रुपमा स्वस्थ हुनुपर्दछ । यस स्नातोकोत्तर कार्यक्रमको अवधी एकदेखी दुई बर्षको हुनेछ जसमा सम्बन्धित बिषयमा आर्जित ब्यवसायिक अनुभवलाई विशेष प्राथमिकता दिइने उल्लेख छ । उत्कृष्ठ आवेदकको छनौटको लागि चिनिया छात्रबृत्ति परिषदको बिग्य समुहले अन्तर्वार्ता लिन सक्नेछ ।
आवेदकले सम्पुर्ण कागजात तयार गरी www.campuschina.org मा आफ्नो निजि खाता रजिष्टर गरी अपृल १५ तारिखभन्दा अघि आवेदन दिन सक्नेछन् । यस कार्यक्रममा चीनका ३५ वटा भन्दा बढी बिश्वबिध्यालय सहभागी रहेका छन् ।
यससम्बन्धि पुर्ण जानकारी
http://np.china-embassy.gov.cn/eng/News/202401/t20240103_11216206.htm प्राप्त गर्न सकिन्छ ।
आज देशभरको मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा
विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् । विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो । यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो । उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।