औषधि व्यवसायीप्रति सरकारको दायित्व
औषधि जीवन रक्षासँग प्रत्यक्ष जोडिएको अत्यावश्यक र संवेदनशील वस्तु हो । अहिले देशको आर्थिक मन्दीको कारण यो व्यवसाय पनि नराम्ररी प्रभावित भएको छ । औषधिको धेरै ठाउँबाट धेरै उत्पादन तथा आपूर्तिका कारण यो व्यवसाय गर्न कठिन हुँदै गएको छ । नीजि क्षेत्रका औषधि व्यवसायीहरुको औषधिको कारोबार परिमाण पनि घटेको छ । सटरको भाडा तिर्न र बैंक किस्ता बुझाउन नसकेको गुनासो आइरहेको छ । स्वदेशमै बसेर केहि काम गर्ने सोच बनाएका युवा व्यवसायीलाई निरुत्साहित पार्ने गरी नियमनको नाममा आतंकित बनाउने, मनोबल कमजोर बनाउने काम सरकारबाट नै भइरहेको छ ।
नियमनको नाममा कहिले औषधि व्यवस्था बिभाग अनुगमन गर्न आउँने र अनावश्यक दुःख दिने, कहिले स्थानीय सरकारले पनि नानाथरी दुख दिने काम भैरहेको छ । अनुगमन नगर्न भनिएको होइन, तर त्यसको मापदण्ड र तरिका मिलेको देखिदैन । जस्तै, हर्लिक्स, सेरेलेक जस्ता आमाको दूधको कमिको समयमा दिइने आहारपुरक दूध तथा ल्याक्टोजिनहरु फार्मेसीबाट बेच्न बन्देज गरिएको छ । तर तिनै बस्तुहरु किराना पसलबाट बिना मापदण्ड निर्वाध विक्री भैरहेको छ । औषधिसँग सम्बन्धित वस्तुहरु जो सुकैले निर्वाध बेच्न थालेपछि औषधि व्यवसायीको अर्थ भेट्न गाह्रो हुन्छ । जो सँग सम्बन्धित विषयमा ज्ञानको कमि छ र ति सामाग्री भण्डारण गर्ने उपयुक्त ठाउँ नभएको अवस्थामा त्यही कुरा चाहिँ ठिक भन्ने प्रवृत्ति कहिले सम्म चल्छ ?
हामी धेरै नेपालीले गर्न जानेको बिदेशी सामान आयत गर्ने र महँगोमा बेच्ने नै हो । औषधिको सन्दर्भमा पनि त्यही हो । तर औषधिमा बिदेशी चलन चल्ती नै भित्र्याउने हो भने Food and Drug Administration (FDA) लाई लागू गर्नुपर्ने देखिन्छ ।
खाद्य वस्तु, आहारपुरक, सौन्दर्य प्रसाधक सामाग्री देखि औषधि समेत को नयाँ अनुसन्धान, अनुगमन, गुणस्तर एवं अन्य आवश्यकताको निगरानी गर्ने निकाय लाई अवलम्बन गर्न सकिएको खण्डमा मात्रै यसमा सुधार हुन सक्छ । साथै एकद्वार प्रणाली अन्तर्गत हालको औषधि व्यवस्था बिभागलाई जिम्मेवारी दिन सकेमा सुनमा सुगन्ध हुने देखिन्छ ।
साँढेको जुधाई, बाच्छाको मिचाई
औषधि व्यवस्था बिभागले दर्ता नभएका न्यूट्रास्युटिकल र कस्मेटिक बेच्न पाईदैन भन्दै अनुगमनका क्रममा ब्यवसायी लाई दुख दिने गरेको छ । तर बिडम्बन के छ भने खाद्य प्रविधी तथा गुणस्तर नियन्त्रण विभागमा दर्ता भएको हुन्छ । सरकारकै यो निकायलाई आधिकारिक कसरी नमान्ने ?
विरामीका लागि औषधिको पुर्जा लेख्ने डाक्टरहरुले आवश्यकता देखेरै पुर्जा दिइरहेका हुन्छन् । त्यही औषधि फार्मेसी ब्यवसायीले बेच्ने मिल्ने कि नाई ? सम्बन्धित निकाय नै अनविज्ञ देखिन्छ । अन्तर्राष्ट्रिय मुल्य मान्यता हेर्न हो भने पनि बिदेशका फार्मेसी FDA अन्तर्गतको मापदण्डमा रहि सौर्न्दर्य र आहारपुरक बस्तु सजिलै बेचबिखन गरेको पाईन्छ ।
व्यवसायी गर्न रहर होईन बाध्यता हो
डिप्लोमा अथवा स्नातक पढाई सकेपछि घुम्ने कुर्सीमा बस्ने रहर धेरैलाई हुन्छ । तर सबैलाई सोचेजस्तो हुँदैन । त्यही बिडम्बनामा हामी च्यापिएका हौं । मेरो उदाहरण दिने हो भने, मेरा कोहि आफन्त वा नातेदार, हुने खाने अथवा नजिकका हुन्थे भने भनसुन गरेरै भएपनि करारमा नै किन नहोस्, कुनै पनि जागिर खाइन्थ्यो होला । अथवा कदम कदाचित त्यो नभए पनि धेरै–थोरै सम्पत्ति भए बिदेशी भूमिमा पाइला टेकिसकिन्थ्यो होला । केहि सीप नलागेपछि सहकारीसँग ऋण लिएर भए पनि सानो तिनो व्यवसाय संचालन गरेर घर खर्च चलाइरहेको छु । म जस्ता अरु धेरै छन् । के यसो गर्नु व्यवसायीले पाप गरेको हो र ? यसको जवाफ कसले, कहिले दिने ?
औषधि व्यवसायकै कुरा गर्दा औषधि एेन २०३५ पुरानो भएको र समय सापेक्ष नभएको भन्दै नयाँ औषधि विधेयक संसदमा छलफलको विषय बनेको छ । त्यसमा अनौठो विषय सौन्दर्य प्रसोधन सामाग्रीलाई पनि समेटेर अहिलेको औषधि व्यवस्था बिभागअन्तर्गत दर्ता गरि नियन्त्रण तथा अनुगमन गर्न पाउनु पर्ने भन्दै मुख्य एजेन्डा बनाइएको देखिन्छ । यही समयमा औषधीको सम्पुर्ण कारोबार बिमाको बाहनामा सरकारी अस्पतालले गरेको पाइन्छ । यस अवस्थामा स–साना व्यवसायीले बिदेशी मान्यता अवलम्बन गर्न, व्यवसाय लाई नयाँ ढंग वा फराकिलो बनाउन सके मात्रै सुनमा सुगन्ध हुने छ । होइन भने व्यवसाय र व्यवसायी दुबै पलायन हुने देखिन्छ ।
(न्यौपाने नेपालगंजका औषधि व्यवसायी हुन्)
गर्भावस्थाको पहिलो त्रैमासिक र श्रीमानको भूमिका
गर्भावस्था प्रत्येक महिलाको जीवनको विशेष समय हो, तर यो समय शारीरिक मात्र नभई मानसिक र भावनात्मक रूपमा पनि चुनौतीपूर्ण हुन सक्छ। गर्भावस्थाको पहिलो त्रैमासिकमा महिलाको मनोविज्ञान धेरै कुराबाट प्रभावित हुन्छ, विशेषगरी शरीरमा हुने हार्मोनल परिवर्तन र नयाँ जीवनको सुरुवातसँग आउने जिम्मेवारीसँग यसको प्रत्यक्ष सम्बन्ध हुन्छ। यस्तो बेला महिलाको मनोविज्ञान सामान्य अवस्था भन्दा फरक हुन्छ। के के हुन्छ त? १. भावनात्मक उतारचढाव (Mood Swings) पहिलो त्रैमासिकमा महिलाको भावनात्मक स्थिरतामा उतारचढाव आउनु सामान्य हो। एस्ट्रोजेन र प्रोजेस्टेरोन जस्ता हार्मोनको तीव्र रूपमा वृद्धि हुँदा खुशी, उदासी, तनाव, वा झोक जस्ता भावनाहरू एकैचोटि अनुभव हुन सक्छ। यी भावनात्मक उतारचढावले महिलालाई कहिलेकाहीं असहज बनाउँछ, जसका लागि सकारात्मक वातावरणको आवश्यकता हुन्छ। २. चिन्ता र डर नयाँ जीवनको सुरुवातसँगै महिलामा विभिन्न प्रकारका डर र चिन्ता पैदा हुन्छ। बच्चाको स्वास्थ्य, आफ्नै स्वास्थ्य, र भविष्यको तयारीबारे सोच्दा उनी अनिश्चित महसुस गर्न सक्छिन्। विशेषगरी, पहिलो पटक गर्भवती भएका महिलाहरूमा यो डर र तनाव झन् बढी देखिन्छ। यो अवस्थामा मानसिक समर्थनले ठूलो भूमिका खेल्छ। ३. आफ्नै शरीरप्रति संवेदनशीलता गर्भावस्थाको पहिलो चरणमा महिलाको शरीरमा धेरै परिवर्तन हुन्छ। वाकवाकी, थकान, वजनको वृद्धि, र शरीरको अन्य शारीरिक लक्षणहरूले उनी कहिलेकाहीं आफूलाई आत्मविश्वासहीन महसुस गर्न सक्छिन्। कतिपय अवस्थामा उनी आफूलाई "सुन्दर छैन" भन्ने सोच्न पनि सक्छिन्, जसले मानसिक तनाव पैदा गर्न सक्छ। ४. मातृत्वको भावना (Maternal Instinct) गर्भावस्थामा मातृत्वको भावना सुरु हुन्छ। बच्चाको आगमनको सोचले महिलामा प्रेम, सुरक्षा, र हेरचाहको भावना पैदा गर्छ। उनी भविष्यको योजनामा केन्द्रित हुँदै मातृत्वको भूमिकामा आफैंलाई तयार पार्न थाल्छिन्। ५. सामाजिक र भावनात्मक समर्थनको आवश्यकता यो समयमा महिलालाई परिवार र श्रीमान्को साथको आवश्यकता अत्यधिक हुन्छ। समर्थन र सहानुभूतिको अभावले उनी एक्लोपन महसुस गर्न सक्छिन्। परिवारको माया र सहयोगले गर्भावस्थाको चुनौतीलाई सहज बनाउन सहयोग गर्छ। श्रीमान्को सहयोग भनेको उनीप्रति माया र सम्मान देखाउनु मात्र होइन, उनका भावनाहरूलाई बुझेर सहानुभूति देखाउनु पनि हो। ६. थकान र मानसिक कमजोरी पहिलो त्रैमासिकमा शारीरिक थकानका कारण महिलाले मानसिक रूपमा पनि कमजोर महसुस गर्न सक्छिन्। कामप्रतिको ध्यान कम हुनु, सधैं थाकेको महसुस गर्नु, र निर्णय लिने क्षमतामा कमी आउनु सामान्य हुन्छ। ७. भविष्यको योजना (Future Planning) महिला गर्भावस्थाको सुरुवातमै बच्चाको आगमनपछि हुने वित्तीय व्यवस्थापन, जिम्मेवारी, र जीवनशैलीबारे सोच्न थाल्छिन्। यो सोच सकारात्मक भए पनि कहिलेकाहीं यो सोचले तनाव र चिन्ता बढाउन सक्छ। ८. साथी र समाजको धारणा समाज र साथीभाइको धारणा महिलाको मानसिकतामा ठूलो प्रभाव पार्छ। यदि उनी सकारात्मक र समर्थनजनक वातावरणमा छिन् भने उनी आत्मविश्वास र सकारात्मक महसुस गर्छिन्। तर, आलोचनात्मक वा असहयोगी वातावरणले उनीमा नकारात्मक प्रभाव पार्न सक्छ। [ ] श्रीमानको भूमिका गर्भावस्थाको पहिलो त्रैमासिक महिला जीवनको संवेदनशील समय हो, जसमा शारीरिक परिवर्तनसँगै मानसिक र भावनात्मक रूपमा पनि महिलालाई चुनौतीको सामना गर्नुपर्छ। यो समयमा परिवार, श्रीमान्, र साथीहरूको माया, सहयोग, र सहानुभूति महिलाको मनोविज्ञानलाई स्थिर बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ। सकारात्मक वातावरणले महिलालाई तनावमुक्त राख्न मद्दत गर्छ र मातृत्वको यात्रालाई सहज र आनन्दमय बनाउँछ। १. समर्थन र सहानुभूति देखाउनुहोस् श्रीमतीलाई शारीरिक र मानसिक रूपमा सहज महसुस गराउन सकारात्मक वातावरण तयार गर्नुहोस्। उनी गर्भावस्थाका शारीरिक परिवर्तन र समस्याहरू (जस्तै: वाकवाकी, थकान, मूड स्विङ) झेल्दै छिन् भन्ने बुझ्नुहोस्। २. स्वास्थ्य जाँचमा सहयोग गर्नुहोस् डाक्टरको नियमित भेटघाट (prenatal check-ups) मा जान साथ दिनुहोस्। आवश्यक परामर्श र मेडिकल परीक्षणका लागि समय व्यवस्थापन गर्न सहयोग गर्नुहोस्। ३. सन्तुलित आहार सुनिश्चित गर्नुहोस् श्रीमतीलाई पौष्टिक आहार लिन प्रेरित गर्नुहोस्, जस्तै फलफूल, सागसब्जी, प्रोटिनयुक्त खाना। धेरै पानी पिउन र जंक फुड टाढा रहन सुझाव दिनुहोस्। ४. भावनात्मक रूपमा बलियो बनाउनुहोस् गर्भावस्थाका चुनौतीबारे उनीसँग खुलेर कुरा गर्नुहोस्। उनीलाई आफ्नो महसुस बताउन सहज बनाउनुहोस् र तपाईं उनको साथमा हुनुहुन्छ भन्ने विश्वास दिनुहोस्। ५. घरेलु काममा सहयोग गर्नुहोस् उनी थाकेको वा असहज महसुस गरेमा घरको काम आफैं गर्नुहोस्। कोठा मिलाउने, बाथरूम सफा गर्ने अनि लुगा धुने काममा सहयोग गर्नुस्। आरामको समय मिलाउन दिनुहोस्। ६. गर्भावस्था सम्बन्धी जानकारी जुटाउनुहोस् पुस्तक, अनलाइन स्रोत, वा डाक्टरबाट गर्भावस्थाको पहिलो त्रैमासिकबारे जान्नुहोस्। यसको माध्यमबाट श्रीमतीलाई राम्रोसँग सहयोग गर्न सक्नुहुन्छ। ७. मनोविनोद र विश्रामको व्यवस्था गर्नुहोस् सँगै बसेर फिल्म हेर्ने, रमाइलो गर्ने, वा साना घुमफिरमा लैजाने योजना बनाउनुहोस्। सकेसम्म बढी भन्दा बढी समय दिनुस्। बेलाबेला सुप र अन्य खानेकुरा ल्याइदिनुस। हरेक दिन खुट्टा, टाउको कमर मालिस गरिदिनुस्। उनीलाई खुशी र तनावमुक्त राख्ने प्रयास गर्नुहोस्। यो समयमा श्रीमानको सहयोग र माया श्रीमतीको लागि महत्वपूर्ण हुन्छ, जसले उनीलाई आत्मबल दिन्छ र गर्भावस्थाको चुनौतीलाई सहज बनाउँछ।
यी सार्वजनिक विदामा खुल्नेछन् अस्पतालका ओपीडी
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाका दिन ओपीडी सेवा सञ्चालन गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न अस्पतालहरूलाई पुन: दबाब दिएको छ । मन्त्रालयले २४ वटा सार्वजनिक बिदामा सर्वसाधारणको सुविधाका निम्ति ओपीडी सेवा सञ्चालन गर्न सबै अस्पताललाई आग्रह गरेको हो । साथै, सार्वजनिक सेवा प्रवाहसम्बन्धी विशेष व्यवस्था अनुसार पनि २०८० माघ २९ गते प्रकाशित नेपाल राजपत्रमा पनि बिदाका दिनहरूमा स्वास्थ्य संस्थाहरू सामान्य दिनसरह सबै प्रकारका स्वास्थ्य सेवा सुचारु रहने उल्लेख भएकाले सोहीअनुसार गर्न मन्त्रालयको निर्देशन छ । नेपाल चिकित्सक संघ भने अवैज्ञानिक र अव्यवहारिक भन्दै यो निर्णयको विरोधमा छ । यी हुन् ओपीडी चलाउनुपर्ने २४ दिन (क) पर्व बिदा १. रामनवमी, २. चण्डी पूर्णिमा (वैशाख पूर्णिमा), उभौली पर्व ३. रक्षाबन्धन ४. श्रीकृष्ण जन्माष्टमी, ५ . घटस्थापना, ६. क्रिसमस डे ७. धान्य पूर्णिमा उँधौली पर्व/योमरी पुन्ही (ज्यापु दिवस), ८. तमु ल्होसार, ९. माघी पर्व/माघे सङ्क्रान्ति, १० सोनम ल्होसार, ११. महाशिवरात्री १२. ग्याल्पो ल्होसार, १३. ईद (ईद उल फित्र) १४. वकर ईद (ईद उल अजहा ) । (ख) जात्रा बिदा १. गाईजात्रा, २. इन्द्रजात्रा, ३. मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा ४. घोडेजात्रा बिदा । (ग) सार्वजनिक दिवस १. गणतन्त्र दिवस, २. सहिद दिवस ३ राष्ट्रिय प्रजातन्त्र दिवस ४ अन्तर्राष्ट्रिय महिला दिवस । (घ) जन्मजयन्ती बिदा १. बुद्ध जयन्ती २. पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस) ।
डेंगुको आशङ्का लागेमा ११८० मा फोन गर्नुस्ः काठमाडौं महानगर
काठमाडौं । काठमाडौँ महानगरपालिकाले डेंगु लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो । परामर्श सेवाका लागि कामपाले निःशुल्क हटलाइन टेलिफोन ११८० चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेंगुसम्बन्धी स्रोतव्यक्ति ऋषि भुसालले जानकारी दिए । उनले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गरे । कामपाले उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिए । “डेंगु सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनुहुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो”, उनले भने । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गरे । डेंगुको मुख्य लक्षण डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेंगुसम्बन्धी फोकलपर्सन भुसालले बताए । “टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने हुन्छ”, उनले भने, “एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ ।” यसबाट बच्ने तरिका डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने जस्ता काम गर्नुपर्छ ।
सरकारी स्वास्थ्यकर्मीले निजीमा काम गर्न नपाउने
काठमाडौं । सरकारले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई बुधबार पत्र पठाउँदै कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो । मन्त्रालयका सचिव मधुसुदन बुर्लाकोटीले जारी गरेको सूचनामा निजीमा काममात्रै नभई यो प्रयोजनका लागि विज्ञापन तथा प्रचारप्रसार नगर्न पनि निर्देशन दिइएको छ । कार्यालय समयमा निजी क्षेत्रमा काम गरेको पाइएमा सरकारी स्वास्थ्यकर्मीलाई कारबाही गरिने मन्त्रालयले चेतावनी पनि दिएको छ । मन्त्रालयले जारी गरेको सूचना