कोरला नाकामा नेपाल र तिब्बत प्रहरीको संयुक्त पैदलगस्ती

कोरला नाकामा नेपाल र तिब्बत प्रहरीको संयुक्त पैदलगस्ती

म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङ र तिब्बतको सीमा क्षेत्र कोरला नाकामा दुवै देशका प्रहरीद्वारा बुधवार संयुक्त रुपमा पैदलगस्ती भएको छ । मुस्ताङ–तिब्बत कोरला नाकाको दशगजा क्षेत्रमा हुन सक्ने अपराधजन्य क्रियाकलाप नियन्त्रण र न्यूनीकरण गर्नको लागि दुवैतर्फका प्रहरी टोलीबाट स्थलगत गस्ती गरिएको हो ।

कोरला नाकाको २४ नम्बर पिल्लरदेखि पश्चिममा पर्ने २३ नम्बर पिल्लरसम्म सीमा क्षेत्रस्थित दशगजामा दुवै देशका सीक्षा क्षेत्रमा रहेका प्रहरीबाट पैदल गस्ती गरिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

गस्तीका लागि नेपालको तर्फबाट जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत रहेको इलाका प्रहरी कार्यालय लोमान्थाङका प्रहरी नायव निरीक्षक सुशील लामिछानेको नेतृत्वमा आठजना प्रहरी खटिएका थिए ।

यसैगरी चीनको तर्फबाट सीमास्थित रहेको लिजी प्रहरी कार्यालयबाट कार्यालय प्रमुख सव–इन्सपेक्टर टिसेडर दोर्जीको नेतृत्वमा पनि आठजना प्रहरी खटिएका थिए । दुवै देशका गरी कुल १६ जना प्रहरीको संयुक्त टोलीबाट सीमा क्षेत्रको दशगजामा पैदलगस्ती गरिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिए ।

कोरला नाकाको दशगजा क्षेत्रमा गरिएको पैदल गस्तीबाट सीमा क्षेत्रमा हुन सक्ने अपराजन्य क्रियाकलाप नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आगामी दिनमा पनि सीक्षा क्षेत्रमा दुवैतर्फका प्रहरीबाट पैदलगस्तीको कार्यलाई निरन्तरता दिइने प्रहरी नायव उपरीक्षक पाण्डेले बताए।

निःशुल्क लोकसेवा तयारीका लागि काठमाडौं महानगरको आवेदन आह्वान

काठमाडौं । काठमाडौं महानगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि आवेदन आह्वान गरेको छ । महानगरपालिकाले आज एक सूचना जारी गरी निःशुल्क कक्षा सञ्चालनका लागि आवेदन आह्वान गरेको हो । सूचनामा महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि निःशुल्क लोकसेवाको तयारी कक्षा सञ्चालन गरिने उल्लेख छ । महानगरले इच्छुक उम्मेदवारलाई नागरिकताको फोटोकपी, स्थायी बसोबास गरेको प्रमाणपत्र र आवश्यक शैक्षिक योग्यताको प्रमाणपत्रसहित ७ दिनभित्र महानगरपालिकाको सामाजिक विकास विभागमा आवेदन पेस गर्न आग्रह गरेको छ ।

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं । जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार नेपाल आउँदैछिन् ।परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री योकोले नेपाल ओर्लिए लगत्तै भोलि नै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग द्विपक्षीइ औपचारिक वार्ता गर्ने तय भएको परराष्ट्रले जनाएको छ ।उक्त वार्तामा नेपाल–जापान सम्बन्धका सबै पक्षबारे पुनरावलोकन हुने बताइएको छ । यस्तै, अन्तर्राष्ट्रिय मञ्चमा पनि सहयोग आदानप्रदानबारे कुराकानी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र जापानबीच २०१३ साल भदौमा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।जापानबाट अहिलेसम्म तीनजना विदेशमन्त्रीले नेपाल भ्रमण गरेका छन् भने कामिकावा चौथो हुन्। कामिकावा आइतबार साँझ नै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

भारतका प्रधानन्यायाधीश डा.चन्द्राच्युड नेपालमा

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायाधीश डा.डीवाई चन्द्राच्युड नेपालको तीनदिने औपचारिक भ्रमणमा आएका छन् । भारतका प्रधानन्यायाधीश डा.चन्द्राच्युडसहितको प्रतिनिधिमण्डल शुक्रबार नेपाल आइपुगेको हो। भारतीय प्रधानन्यायाधीशलाई अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा. आनन्दमोहन भट्टराईले स्वागत गरे। भारतका प्रधानन्यायाधीश चन्द्राच्युडले केन्द्रीय बाल न्याय समितिले शनिबार आयोजना गर्न लागेको ‘बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सम्बोधन’ गर्ने कार्यक्रम रहेको छ । शनिबार साँझ नेपालका प्रधानन्यायाधीश र भारतका प्रधानन्यायाधीशबीच मैत्रीपूर्ण भेटवार्ता हुने कार्यक्रम रहेको छ। नेपालका प्रधानन्यायाधीशले भारतको प्रधानन्यायाधीशको सम्मानमा शनिबार नै रात्रिभोजको आयोजना गर्ने कार्यक्रम रहेको छ। भ्रमण दलमा भारतका प्रधानन्यायाधीशसहित उनकी धर्मपत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोट मास्टर चेतन अरोरा छन् । भ्रमण दल आइतबार साँझ स्वदेश फिर्ता हुने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिए । रासस

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौं । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरू गरेको छ।  यस्ता छन् निर्णयहरू  

लोकप्रिय