कोशीमा बजेटका सिद्धान्त पेश हुँदै

कोशीमा बजेटका सिद्धान्त पेश हुँदै

काठमाडौँ । कोशी प्रदेश सभामा सरकारले आज बजेट सिद्धान्त तथा प्राथमिकता पेश गर्ने भएको छ।

सरकार गठनको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै नेपाली काँग्रेसले भने आजको बैठक सार्न माग गर्दै संसद् सचिवालयमा पत्र दर्ता गरेको छ। सरकार गठनका विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकाले जेठ १६ गते सम्मा बैठक सार्न काँग्रेसले माग गरेको हो।

नेपाली काँग्रेस कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङले बैठक नसारे कोशी प्रदेश सभाको बैठक बहिस्कार गर्ने बताएका छन् । वैशाख ३१ गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएको बैठकलाई समेत काँग्रेसले बहिस्कार गरेको थियो ।

हिक्मत कार्की नेतृत्वको नयाँ सरकार गठनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै ३१ वैशाखमा नेपाली काँग्रेस संसदीय दलको बैठकपछि आफूहरू सदनमा उपस्थित नहुने पत्र लेखेर सभामुखलाई बुझाएको थियो ।

आफ्नै स्रोत नभएका स्थानीय तहलाई सतप्रतिशत समानिकरण अनुदान दिन्छौं : अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आफ्नै स्रोत नभएका स्थानीय तहलाई समानिकरण अनुदान आगामी आर्थिक वर्षमा सतप्रतिशत बनाउने योजना रहेको बताएका छन्। बिहीवार राष्ट्रियसभामा बोल्दै अर्थमन्त्री पुनले सरकारले आफ्नै स्रोत नभएका स्थानीय तहलाई ९३ प्रतिशत समानिकरण अनुदान दिँदै आए पनि आगामी वर्षदेखि सतप्रतिशत बनाउने प्रयास भइरहेको बताए।  उनले स्थानीय तहलाई बजेट अनुमान र खर्च गर्न सजिलो बनाउने गरी समानिकरण अनुदान संघीय सरकाले उपलब्ध गराउँदै आएको बताए। उनले अहिले पनि धेरै स्थानीय तहहरूको आफ्नो स्रोत नभएको तर कर्मचारी तलब, भत्ता, शिक्षा, स्वास्थ्यमा खर्च गर्नुपर्ने अवस्था रहेको बताए।  अर्थमन्त्री पुनले सरकारले त्यस्ता स्थानीय तहलाई ९३ प्रतिशत समानिकरण अनुदान रकम पठाउँदै आएको बताए। उनले प्राकृतिक स्रोत तथा वित्त आयोगले दिएको सूत्र अनुसार नै समानिकरण अनुदान रकम स्थानीय तहमा पठाउने र सशर्त वा विशेष अनुदानहरू पछाडि परेका पालिकाहरूलाई क्षमता विकास गर्ने हिसाबले आवश्यकता भएका स्थानीय तहलाई मात्रै पठाउने योजना रहेको उल्लेख गरे। उनले स्थानीय तहलाई सकेसम्म सशर्त रकम घटाउने र समानिकरण अनुदानमा वृद्धि गर्ने योजना रहेको पनि जानकारी दिए। उनले अर्थ मन्त्रालयबाट धेरैभन्दा धेरै बजेट समानिकरण अनुदानमा पठाउने योजना रहेको सुनाए। समानिकरण अनुदान वित्त आयोगको सिफारिस लिएर मात्रै घटाउनेरबढाउनुपर्ने सुझाव सकारात्मक रहेको भन्दै सरकारले पनि प्रस्ताव अनुसार नै पठाउने योजना रहेको जानकारी गराए। उनले प्रदेश र स्थानीय तहका बजेटलाई अनुमानयोग्य बनाउन सकियोस् भन्ने सरकारको प्रतिबद्धता रहेको पनि बताए। उनले राजस्व संकलनको आधारमा समानिकरण अनुदान पठाउने भएकाले राजश्व संकलनका आधारमा त्यही बराबरको समानिकरण रकम पठाउने गरिएको दावी गरे। उनले चालु आर्थिक वर्षमा ७५ प्रतिशतको हाराहारीमा समानिकरण रकम स्थानीय तहमा पठाए पनि गुनासो आएकाले ९३ प्रतिशत पु¥याएको खुलाए।

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा लोहनी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् ।  बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो।  विसं २०५१ मा कम्युप्टर प्रोग्रामर (तह ७)को रूपमा बैंकिङ सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्षहरू पूरा गरेका छन् 

बिहीबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल असार १३ गते बिहीबार सन् २०२४ जुन २७ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ५१ पैसा र बिक्री दर १४३ रुपैयाँ १५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६४ पैसा र बिक्री दर १६९ रुपैयाँ ४० पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ६० पैसा र बिक्री दर ३६ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

११.६० अंकले घट्यो नेप्से, फाइनान्स समूह वृद्धि

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ११.६० अंकले घटेको छ । घटेको बजारमा बुधबार फाइनान्स कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार १३ समूहमध्ये फाइनान्स, म्युचुअल फन्ड र व्यापार समूहको परिसूचक बढेको छ। बाँकी समूहगत परिसूचक घट्दा फाइनान्स समूहको परिसूचक ११.३३ अंकले बढेको छ। यस दिन सेन्टर फाइनान्स, गुडविल फाइनान्स, गुहेश्वरी मचेन्ट बैंक एन्ड फाइनान्स, जनकपुर फाइनान्स, नेपाल फाइनान्स र प्रोग्रेशिभ फाइनान्सको सेयर मूल्य बढेको छ। नेपाल फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.८७ प्रतिशतले वृद्धि भएको छ। ५७ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने १८६ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज चार अर्ब पाँच करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ।   

लोकप्रिय