मेलम्चीको पानी आज बेलुकादेखि काठमाडौंमा वितरण हुने

मेलम्चीको पानी आज बेलुकादेखि काठमाडौंमा वितरण हुने

काठमाडौं । मेलम्चीको पानी मंगलबार बेलुकासम्म काठमाडौंमा वितरण सुरु हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार अहिले सिन्धुपाल्चोकको हेलम्बुबाट पानी सुरुङमा पठाउन प्राविधिकहरूले मेसिनको सहायताले काम गरिरहेका छन् । खानेपानी सुरुङको मुखमा पठाउने काम भइरहेको छ ।

मेलम्ची खोलालाई सुरुङको मुखबाट पानी भित्र पठाउन ढुंगा र बालुवा पन्छाउने काम भइरहेको प्राविधिकहरूले जानकारी दिउका छन् । खानेपानीमन्त्री प्रदीप यादवले सोमबार राति बाढीप्रभावित हेलम्बुवासीको समस्या हल गर्ने सहमति गरेपछि सुरुङमा पानी प्रवेश गराउन लागिएको हो ।

स्थानीयसँग राति अबेरसम्म पानी पठाउने सहमति गरेर मन्त्री यादव मंगलबार बिहान काठमाडौं फर्किएका छन् । २०७८ को बाढीपछि मेलम्चीको पानी निरन्तर वितरण हुन सकेको छैन । बाढीबाट मुहान र सुरुङ बचाउन हरेक बर्सातमा पानी बन्द गरिँदै आएको छ । गत असारमा बन्द भएको पानी अहिले पुनः सुरुङमा प्रवेश गराउन लागिएको हो ।

समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार अहिले काठमाडौंमा वितरण गरिएको बागमती मुहानको पानी बागमती खोलामा पठाएर मेलम्चीको पानी जोड्ने तयारी गरिएको छ । मेलम्चीको पानी बन्द भएपनि गत असारदेखि वितरण प्रणालीमा बागमतीको पानी पठाइएको थियो । गत असारमा बन्द गरेको २६ किलोमिटर सुरुङमा बर्सातका बेला पनि पानी भरिएरै बसेको थियो ।

त्यसैले कारण मुहानबाट पठाउने बितिक्कै सुन्दरीजल प्रशोधन केन्द्रबाट पानी काठमाडौंको थोक प्रणालीमा पठाउने लामिछानेले जानकारी दिए । सुरुङ खाली भएको अवस्थामा भने पूर्ण रुपमा भरिन १२ दिन लाग्ने प्राविधिकले जानकारी दिए ।

२०७८ सालको बाढीबाट क्षतिग्रस्त मेलम्ची मुहान क्षेत्रकाबासिन्दाले पुनर्स्थापना, पुनर्निर्माण र पानीको लेबी सम्बन्धी माग राखेर आन्दोलन गर्दै आएका थिए । उनीहरूले माग सम्बोधनको सुनिश्चत नभई पानी लैजान नदिने अडान राखेको कारण समस्या भएको थियो । मन्त्री यादव आफै मुहानका बासिन्दासँग वार्ता गर्न हेलम्बु गएका थिए ।

१७ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि, आठको मृत्यु

काठमाडौं । देशभर १७ हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि हुनुका साथै आठ जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को तथ्याङ्क अनुसार जुम्लामा बाहेक सबै जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ ।  ईडिसिडीको तथ्याङ्कअनुसार ७६ जिल्लामा १७ हजार ६०२ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ।  ईडिसिडीको कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले कास्की, काठमाडौंँ, तनहुँमा सबैभन्दा बढी सङ्क्रमण पुष्टि भएको छ। दाहालका अनुसार कास्कीमा दुई हजार ७०९, काठमाडौँमा दुई हजार ५६७, तनहुँमा एक हजार ९५४, पर्वतमा एक हजार ४२१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ। त्यसैगरी, चितवनमा ९०७, गोरखामा ६२०, ललितपुरमा ६४६, बागलुङमा ५८९, भक्तपुरमा ३०८,  स्याङ्जामा २९६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको दाहालले जानकारी दिनुभयो।   प्रदेश अन्तर्गत गण्डकी, बागमती,लुम्बिनी  र कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु सङ्क्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा आठ  हजार ६२, बागमती प्रदेशमा पाँच हजार ५७१, कोशी प्रदेशमा एक हजार ४२२ जनामा डेंगु पुष्टि भएको छ।  यसैगरी, लुम्बिनी प्रदेशमा एक हजार १३५, कर्णाली प्रदेशमा २५१, मधेश प्रदेशमा ३४३ र सुदूरपश्चिम प्रदेशमा ८१८ जनामा डेंगु पुष्टि भएको छ।  

एमाले केन्द्रीय सदस्य शेर्पालाई बहुविवाह कसुरमा कैद सजाय

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई बहुविवाह गरेको कसुरमा एक वर्ष जेल सजाय र पाँच हजार रुपैयाँ जरिवाना गर्ने जिल्ला अदालतको फैसला उच्च अदालतबाट पनि सदर भएको छ । काठमाडौं जिल्ला अदालतले गरेको फैसला उच्च अदालत पाटनले पनि सदर गरेको हाे । उच्च अदालत पाटनले यही ६ असोजमा र जिल्ला अदालतले २३ चैत २०७९ मा त्यस्तो फैसला गरेका हुन् ।  शेर्पाकी श्रीमती करिश्मा खरेलले शेर्पा र उनकी अर्की श्रीमती पूजा परियारविरुद्ध जिल्ला अदालत काठमाडाैंमा बहुविवाह मुद्दा दायर गरेकी थिइन् । साे मुद्दामा जिल्ला अदालतले पासाङ शेर्पा र करिश्मा खरेलबीच २९ असार २०६२ मा र पासाङ शेर्पा र पूजा परियारबीच २८ मंसिर २०६३ मा विवाह भएको ठहर गरेको छ । जिल्लाको फैसलामा भनिएको छ, ‘पासाङ शेर्पाले निजकी पत्नी यी जाहेरवालासँगको दाम्पत्य सम्बन्ध कायम रहेकै अवस्थामा पूजा परियारसँग विवाह गरी मुलुकी ऐन बिहेबारीको महलको ९ नम्बरको कसुर गरेको देखिँदा निजलाई ऐ. को दफा १० बमोजिम १ वर्ष कैद र रु. ५ हजार जरिवाना हुने ठहर्छ ।’ शेर्पासँग विवाह गरेकी पूजा परियारको हकमा भने जिल्ला अदालतले सफाइ दिएको थियो । उच्च अदालत पाटनले पनि उक्त फैसला सदर गरेको छ । 

जनप्रगतिशिल मञ्च अष्ट्रेलियाले राहत स्वरुप पठायो दुई लाख

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च अष्ट्रेलियाले नेपालमा गत हप्ता भिषण वर्षाका कारण आएको बाढी तथा पहिरोबाट पिडित नागरिलाई राहत स्वरुप सहयोग गरेको छ । जनप्रगतिशिल मञ्चले बाढी तथा पहिरोबाट प्रभावितहरुका लागि राहत स्वरुप दुई लाख पठाएको हो ।  अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उहाँहरुको खोजी गर्नु, घाइते हरुको उपचार गर्नु, घरवार बिहिन भएकाहरुलाई सुरक्षित गर्दै पुनर्स्थापना शुरु गर्नु सबैको पहिलो कर्तव्य हुने भन्दै प्रवासी संगठन नेपाली जनप्रगतिशिल मञ्च अष्ट्रेलियाले जनताको दुःखमा सँगै रहेको बताएको छ । उक्त सहयोग दुःखमा सँगै रहेको भन्नका लागि  पठाएको अध्यक्ष दीपक पाण्डेले बताउनुभयो । आफुहरु विदेसमा रहेको भए पनि विपतको यो घडिमा पीडित नेपालीसँगै रहेको बताउँदै मञ्चका अध्यक्ष दीपक पाण्डेले भन्नुभयो  -'बिपत्तिको घडीमा देश गम्भीर पिडामा हुदा हामी प्रवासीहरुको पनि स्वाभाविक रूपमा मन दुखेको छ र रोएको छ। दशै तिहार जस्तो नेपाली हिन्दु समुदायको महान चाड नजिकिएको बेला कतिपयले परिवारका सदस्य गुमाएका छन, कतिपय अस्पतालको शैयामा छन, थुप्रै बेपत्ता छन भने हजारौ नागरिक खाना बिहिन छाना बिहिन हुन परेको छ । यो विषम परिस्थिति र अबस्थालाइ मलम लगाउन जहाँ जहाँ हामी नेपाली छौं त्यहीँ त्यहीँबाट हामिले हातेमालो गर्ने पर्छ र यो हाम्रो दायित्व पनि हो यसर्थ हामी पीडित नेपाली सगै छौं र हुने छौं।' अध्यक्ष पाण्डेका अनुसार  संगठनले आफ्नो मातहतका सबै कमिटी, पदाधिकारी, सल्लाहकारलाई स्वैच्छिक रूपमा बाढीपीडितलाई आर्थिक राहत संकलन सहभागी हुन आग्रह समेत गरेको छ । 

अपडेटः दाउन्नेमा दुईतर्फी सवारी सञ्चालन

नवलपरासी । सोमबार दिउँसो सडक भासिएपछि अवरुद्ध बनेको पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडक  दुईतर्फी सञ्चालनमा आएको छ । बर्दघाट-४ खुर्सानीखोलामा सोमबार दिउँसो सडक भासिएपछि डाइभर्सनमार्फत सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।  रातभर डाइभर्सन बनाइएर यातायात सञ्चालन गरिएको हो । बिहान ९ बजे एकतर्फी सञ्चालनमा आएको सडक केही केहीबेर अगाडिदेखि दुईतर्फी सञ्चालनमा आएको हो । सडक खुलेपछि हिजोदेखि अलपत्र परेका सवारी गन्तव्यतर्फ लागेका छ्न् । (अद्यावधिक गरिएको)

लोकप्रिय