मन्त्रिपरिषद बैठक बस्दै

मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ।

बैठकमा बजेट अधिवेशन बोलाउने विषयका साथै सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बुझिएको छ।

मन्त्रिपरिषद बैठक विशेष परिस्थितिमा बाहेक साताको सोमबार र बिहीबार बस्ने गरेको छ ।

राष्ट्रियसभा बैठक आज बस्दै, यी हुन् सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः १५ बजेका लागि बोलाइएको छ ।  संसद् सचिवालयले बैठकका सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।  सार्वजनिक सम्भावित कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पढेर सुनाउने, राष्ट्रपतिबाट भएको संबोधनको प्रति टेबुल गर्ने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने, राष्ट्रपतिको संबोधनका लागि धन्यवाद प्रस्ताव प्रस्तुत गर्ने, समिति सदस्यको नाम मनोनयन, अध्यादेश पेसलगायत ८ बुँदा छन् । 

युवा संघले जलायो देउवा र धनराज गुरुङको पुत्ला

काठमाडौँ । राष्ट्रिय युवा संघ नेपाल धनुषाले जनकपुरधाममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति धनराज गुरुङको पुत्ला जलाएको छ । संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि काँग्रेस उपसभापति गुरुङले औला ठड्याएर दुर्व्यवहार गरेका थिए । सो घटनाको विरोधमा यूवासंघका कार्यकर्ताहरूले जनकपुरमा प्रदर्शन गरेका छन् । संघका केन्द्रीय नेता सञ्जीव झा ’सुरज’को नेतृत्वमा प्रदर्शन गरिएको छ । प्रदर्शनका क्रममा संघका कार्यकर्ताहरूले काँग्रेस सभापति देउवा र उपसभापति गुरुङको पुत्ला जलाएका थिए । एमालेका केन्द्रीय सदस्य समेत रहेका झाले काँग्रेस संसदमा गुरुङले उद्दण्डता मच्चाएको बताए । उनले सामाजिक सञ्जालमा चेतावनी दिएका छन्, ‘प्रेत आत्माको भोटबाट जितेको धनराज गुरुङ आफ्नो हैसियतमा बसे हुन्छ । सदन होइन, सडकमै हिसाब किताब हुन्छ ।’

सदनमा कांग्रेसको अवरोध

काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेको छ। निर्धारित समयभन्दा दुई घण्टापछि बसेको बैठकमा कांग्रेसले अवरोध गरेको हो ।  बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरी अपराह्न ४ बजेसम्मका लागि स्थगित गरिएको थियो । बैठक दुई घण्टापछि मात्रै बसेको हो ।  सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने माग कांग्रेसको छ । सत्तापक्ष लामिछानेलाई बोल्न दिएपछि मात्रै समिति बनाउने पक्षमा देखिएको छ । कांग्रेसका सांसदहरूले सहकारी पीडितलाई न्याय दिनुपर्ने माग राख्दै सदनमा नाराबाजी गरेका छन् ।

कांग्रेसले बोलायो पत्रकार सम्मेलन

काठमाडौँ । नेपाली कांग्रेसले पत्रकार सम्मेलन बोलाएको छ । पत्रकार सम्मेलनमा पार्टीको तर्फबाट महामन्त्री गगन थापाले धारणा राख्न लागेका हुन। बिहीबारको प्रतिनिधिसभा बैठकपछि महामन्त्री थापाले प्रतिनिधिसभा बैठकबारे पत्रकार सम्मेलन गर्ने कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा महामन्त्री थापाले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान र गरिबन्धु चिया बगानबारेबारे प्रस्ट पार्नै बताइएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ। गिरिबन्धु चिया बगानबारे कांग्रेसले प्रश्न उठाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार ल्होत्से हलबाटै प्रतिवाद गरेका थिए ।

लोकप्रिय