छत्तीसगढ़मा महासचिव बसवराजूसहित २७ माओवादी विद्रोही मारिएको दावी

भारतको छत्तीसगढ़मा रहेको बस्तर क्षेत्रअन्तर्गत नारायणपुर, बीजापुर र दन्तेवाडा जिल्लाको सीमाक्षेत्रमा भारतीय सुरक्षाफलद्वारा सञ्चालन गरिएको अपरेसनमा सीपीआई (माओवादी) का महासचिव नम्बाल्ला केशव राव उर्फ बसवराजू सहित २७ जना माओवादी विद्रोही मारिएका छन्।
जनयुद्ध सञ्चालन गर्दै आएको भाकपा (माओवादीविरूद्ध) यो कारबाही इतिहासमा नै हालसम्मकै सबैभन्दा ठूलो सफलता मानिएको छ।
मुठभेड़को पृष्ठभूमि र कारबाही
यो अपरेसन २१ मे बिहान सुराकीका आधारमा सुरु गरिएको थियो, जुन 'ब्ल्याक फरेस्ट' नाम दिइएको विशेष अभियान अन्तर्गत सञ्चालन भएको हो।
कारबाहीमा CRPF, कोबरा बटालियन, STF, DRG र राज्य प्रहरीको संयुक्त टोलीले भाग लिएको थियो। जंगलमा बसवराजूसहित शीर्ष माओवादी नेताहरूको रणनीतिक बैठक भैरहेको सूचनाको आधारमा घेराबन्दी गर्दै गरिएको अपरेसनमा करिब ८ घण्टा लामो मुठभेड़ भएको बताइएको छ।
घटनास्थलबाट दर्जनौं अत्याधुनिक हतियार, संचार उपकरण, दस्तावेज र विस्फोटक सामग्री बरामद गरिएको छ।
केन्द्रिय गृहमन्त्री अमित शाहको प्रतिक्रिया
अमित शाहले सामाजिक सञ्जाल X (पूर्व ट्विटर) मा पोस्ट गर्दै भनेका छन्:
“नक्सलवाद अन्त्यको दिशामा यो ऐतिहासिक उपलब्धि हो। नारायणपुरमा भएको अपरेसनमा २७ कुख्यात माओवादी मारिएका छन्, जसमा सीपीआई माओवादीका महासचिव बसवराजू पनि छन्। ३० वर्ष लामो नक्सलविरोधी संघर्षमा पहिलो पटक महासचिव स्तरको नेता ढलेका छन्। म सुरक्षाफल र गुप्तचर निकायहरूलाई यो ठूलो सफलताका लागि बधाई दिन्छु।”
शाहले थप जानकारी दिँदै अपरेसन ‘ब्ल्याक फरेस्ट’ को समाप्तिपछि छत्तीसगढ़, तेलंगाना र महाराष्ट्र राज्यहरूमा ५४ जना नक्सलीहरू पक्राउ परेका छन् भने ८४ जनाले आत्मसमर्पण गरेको दावी गरेका छन्।
बसवराजू : एक युगको अन्त्य
नम्बाल्ला केशव राव, उर्फ बसवराजू, सन् १९५४ मा आन्ध्रप्रदेशको वारंगल नजिकैको जियान्नापेट गाउँमा जन्मिएका थिए। उनी मेकानिकल इन्जिनियरिङ अध्ययन गरिरहेका बेला वामपन्थी विद्यार्थी आन्दोलनमा आबद्ध भए र 'रेडिकल स्टुडेन्ट्स युनियन' को सदस्य बने। त्यही बेलादेखि भूमिगत जीवन सुरु गरे।
राजनीतिक यात्रा:
बसवराजूले आफ्नो भूमिगत राजनीतिक जीवन १९८० को दशकमा सुरु गरे। सन् १९९२ मा तत्कालीन 'पीपुल्स वार ग्रुप' को केन्द्रीय समिति सदस्य भए। २००० मा PLGA (People’s Liberation Guerrilla Army) गठन भएपश्चात उनी सैन्य कमाण्डर बने। २०१८ मा संस्थापक महासचिव गणपति हटाइएपछि उनी संगठनको महासचिवमा नियुक्त भए। यो पद संगठनको सर्वोच्च नेतृत्व हो। उनी रणनीतिक गुरु मानिन्थे, जसले 'गुरिल्ला युद्ध' नीति निर्माण गरे।
भूमिका र योगदान:
• भारतका १० भन्दा बढी राज्यहरूमा माओवादी गतिविधिहरूको योजना बनाउन बसवराजूको भूमिका थियो।
• जन अदालत, जनमुक्ति सरकार, गाउँपालिका समानान्तर संरचनाहरू निर्माण गर्ने योजना बसवराजूले नै अघि सारे।
• उनले PLGA को प्रशिक्षण, हतियार व्यवस्थापन, र जंगल युद्धमा दक्षता वृद्धि गर्न धेरै काम गरे।
राजनीतिक सन्दर्भ र विशेषज्ञहरूको टिप्पणी
यद्यपि केन्द्र सरकार र सुरक्षाफलले यस कारबाहीलाई ऐतिहासिक सफलता मानेका छन्, माओवादी गतिविधिमा निगरानी राख्ने केही पत्रकार र सुरक्षा विश्लेषकहरूले "माओवादी आन्दोलन समाप्त भएको घोषणा गर्न अझै छिटो हुने" बताएका छन्।
उनीहरूको भनाइ छ:
“बसवराजूको मृत्युले संगठनलाई ठूलो आघात पुर्याएको छ, तर माओवादी आन्दोलन केवल व्यक्तिमा निर्भर छैन। जबसम्म संरचनात्मक कारणहरू – जस्तै सामाजिक असमानता, आदिवासी अधिकारको उपेक्षा, विकासको अभाव – समाधान हुँदैनन्, विद्रोहको बीउ बाँकी रहन्छ।”
दीर्घकालीन प्रभाव र निष्कर्ष
• नेतृत्व संकट: बसवराजूको मृत्युपछि सीपीआई (माओवादी) को रणनीतिक र वैचारिक निर्देशनमा संकट आउने देखिन्छ।
बिबिसीमा प्रकाशित समाचारका आधारमा
निरुता बनिन् प्रथम प्रचण्ड कपको सर्वोत्कृष्ट खेलाडी
काठमाडौं। विभागीय टोली क्लबकी स्पाइकर निरुता ठगुन्ना प्रथम प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन्। उनकै उत्कृष्ट प्रदर्शनमा एपिएफले समूह चरणमा स्टेप रामपुर, सेमिफाइनलमा न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र फाइनलमा नेपाल पुलिस क्लबलाई समान ३–० को सेटमा पराजित गर्दै उपाधि जितेको थियो। योसँगै उनले नगद ३० हजार रुपैयाँसमेत हात पारिन्। च्याम्पियन एपिएफले भने ६ लाख रुपैयाँ पायो।
वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट निर्विरोध नेतृत्व चयन (नामावलीसहित)
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)नेपालले तेस्रो राष्ट्रिय सम्मेलनमार्फत नयाँ नेतृत्व निर्विरोध रूपमा चयन गरेको छ। काठमाडौंस्थित प्रज्ञा भवनमा उद्घाटन गरीएको सम्मेलनमा देशभरका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। सम्मेलनमा संगठनको भावी कार्यदिशा, रणनीति तथा सांगठनिक सुदृढीकरणका विविध विषयमा छलफल गरिएको थियो। निर्विरोध रूपमा चयन गरिएको नेतृत्वको नामावली यस्तो छ
अध्यक्ष प्रचण्डद्धारा बकर ईदको शुभकामना व्यक्त
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले इस्लाम धर्मावलम्बीहरूको महान् चाड बकर ईद (ईद–उल–अज्हा) को अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्। शुभकामना सन्देशमार्फत अध्यक्ष प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा बकर ईदको मंगलमय शुभकामना व्यक्त गरेका छन्। उनले नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई स्मरण गर्दै बकर ईदजस्ता पर्वहरू कुनै एक समुदायको मात्र नभई राष्ट्रिय पर्वका रूपमा स्थापित भएको उल्लेख गरेका छन्। उनले चाडपर्वहरू इतिहास, अनुभव, शिक्षा र ज्ञानको समुच्चयबाट विकास हुँदै आएका सांस्कृतिक मूल्य भएको बताउँदै यस पर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता अभिवृद्धि गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरे। "आपसी सद्भावको चाडका रूपमा मनाइने यस पर्वले सामाजिक एकता र समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्नेछ," अध्यक्ष प्रचण्डको सन्देशमा भनिएको छ। अन्त्यमा, उनले बकर ईदले सबै नेपालीहरूमा आपसी एकता, सहिष्णुता र न्यायपूर्ण समाज निर्माण गर्ने प्रेरणा मिलोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।
वाईसीएल अध्यक्षमा ओली, महासचिव शाही
काठमाडौ । जेठ १८ गतेदेखि प्रज्ञा भवन कमलादीमा सुरु भएको नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन शुक्रबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रबार सम्पन्न सम्मेलनबाट अध्यक्षमा पुष्प ओली सर्बसम्मत निर्वाचित भएका छन्। यस्तै, महासचिवमा गणेश शाही चयन भएका छन्।