उत्तरी शान्सीको लोक संस्कृतिको बेइजिङ प्रस्तुतीमा नेपाली राजदूत श्रेष्ठ सहभागी
बेइजिङ । मे ३१ तारिखदेखि तीन दिन बेइजिङमा उत्तरी शान्सीको सुन्दर नगरी युलिनको लोकगीत र अन्तर्राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा आदानप्रदान तथा प्रदर्शनी सम्पन्न भएको छ । कार्यक्रमा नेपाल, लेसोथो, रोमानिया, इक्वेडर, बुर्किना फासो, कोटे डी आइवर, सेन्ट्रल अफ्रिकन रिपब्लिक, साथै बेल्ट एन्ड रोड इनिसिएटिभको एशिया प्रशान्त कोर समूहका कूटनीतिज्ञ, अमूर्त सांस्कृतिक सम्पदाका उत्तराधिकारीहरू र विश्वविद्यालयका प्राध्यापकहरू सहभागी थिए।
अन्तर्राष्ट्रिय सांस्कृतिक सम्पदाको सो भेलामा सांस्कृतिक सम्पदाको सहयोग, संरक्षण र सम्पदाको बारेमा छलफल गर्न स्वदेश र विदेशबाट पाहुनाहरूलाई एकसाथ आमन्त्रण गरिएको थियो।
कार्यक्रममा, रूस र युलिनका संगीतकर्मीहरुले पस्तुति गरेका थिए । मञ्चको सजावट र कलाकारको बेजोड प्रस्तुतीले पाहुनाहरूलाई तुरुन्तै उत्तरी शान्सीको स्थानीय स्वादले समृद्ध वातावरणमा पुर्याएको आयोजकले जनाएको छ। यस्ता प्रदर्शनीहरूले परम्परागत संस्कृतिको प्रचारप्रसारमा नयाँ जीवन्तता दिने गरेको विश्वास रहेको छ । कार्यक्रममा सहभागी चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले भने, “मलाई आजको प्रदर्शनीको प्रस्तुति शैली निकै मन पर्यो।मैले पहिले देखेको अन्य प्रदर्शनी भन्दा यो फरक थियो । जुन पर्दशनीले उत्तरी शान्सी लोक गीतहरूको ऐतिहासिक विकासलाई प्रदर्शन गर्न प्रविधिको प्रयोग गरेको महशुस मैले गरे। म भविष्यमा नेपालको सांस्कृतिक सम्पदा र उत्तरी शान्सीबीचको गहिरो आदानप्रदानको हुने अपेक्षा गर्दछु, हाम्रा दुई क्षेत्रहरूबीचको मैत्रीपूर्ण अन्तरक्रियालाई थप प्रवर्द्धन गर्न जरुरी छ ।
बेल्ट एण्ड रोड एसिया-प्यासिफिक कोर ग्रुप समितिका सल्लाहकार डिग्बी जेम्स वेनले भने, “केही वर्ष पहिले युलिनको भ्रमण गर्न पाउँदा मलाई खुशी लागेको थियो। त्यहाँका जनताहरू सहृदयी छन्, खाना स्वादिष्ट छ, र मलाई सबैभन्दा बढी प्रभावित गरेको स्थानीय याङ्को प्रदर्शन र लोक गीतहरू थिए। आज फेरी यस्तै प्रस्तुति देखेर नाचगानमा सामेल नभै रहन सकिन । उत्तरी शान्सीको संस्कृति साँच्चै मनमोहक छ।"
यसप्रकारका सांस्कृतिक र साङ्गितिक सम्पदाहरुको प्रदर्शनीले संस्कृतिको अन्वेषण,अभ्यास र अन्तर्राष्ट्रियरुपमा आदानप्रदानमा योगदान पुर्याउने बताइएको छ ।
विश्वका घुम्नपर्ने ठाउँमध्ये नवौं स्थानमा लुम्बनी
लुम्बिनी । विश्व चर्चित पत्रिका अमेरिकाको ‘द न्युयोर्क टाइम्स’ ले बुद्ध जन्मस्थल लुम्बिनीलाई सन् २०२५ मा घुम्न जानुपर्ने विश्वका उत्कृष्ट ठाउँमध्येको नवौं नम्बरमा राखेको छ । उक्त पत्रिकाले उल्लेख गरेको ‘२०२५ मा पुग्नैपर्ने विश्वका ५२ उत्कृष्ट ठाउँ’ शीर्षकको सूचीमा ‘टप टेन’ भित्रै लुम्बिनी परेको हो । पत्रिकाले लुम्बिनीबारे संक्षिप्त व्याख्या गर्दै हजारौं वर्षअघि मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा सिद्धार्थ गौतमलाई जन्म दिएको उल्लेख गरेको छ । लुम्बिनी नेपालको प्राचीन पुरातात्त्विक स्थल भएको र त्यहाँ ऐतिहासिक भग्नावशेष तथा जीवन्तकला रहेको पनि लेखेको छ । बौद्ध आस्थाको मुख्य केन्द्र र तीर्थस्थल भएको पत्रिकाको अनलाइन संस्करणमा उल्लेख छ । भूकम्पले देशलाई हल्लाएको १० वर्षपछि लुम्बिनीमा चित्ताकर्षक नयाँ नयाँ मन्दिर र ध्यान केन्द्र खुलिरहेको र नोभेम्बरमा उद्घाटन गरिएको ‘थाउजेन्ड टेम्पल’ को बढी व्याख्या गरिएको छ । महायानी सम्प्रदायको यो निकै चित्ताकर्षक र मनमोहक विहार हो । विहारभित्र त्रिकाल बुद्धका १६ फिट अग्ला ३ मूल प्रतिमा छन् । मूल प्रतिमसँगै १८ इन्च अग्ला हजार बुद्ध प्रतिमा तथा सात तथागतका मूर्ति छन् । आलेखमा ‘थाउजेन्ड टेम्पल’को माथिल्लो भित्ताका पेन्टिङ कलाको आकर्षक तस्बिर राखिएको छ ।
रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा उपस्थित हुँदै छन्। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी जिल्ला अदालतमा आफैँ हाजिर हुन लागेका हुन्। पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए। अब उनी आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।
चार प्रदेशमा आज हल्का वर्षा र हिमपातको संभावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कर्णाली, सुदुरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति भने कोशी, मधेश र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। आज सूर्योदय बिहान ६ बजेर ५६ किनेटमा र सूर्यास्त साँझ ५ बजेर २८ मिनेटमा हुनेछ ।
स्याङ्जाको आँधिखोलामा एक सय जना माओवादीमा प्रवेश
पोखरा । स्याङ्जाको आँधिखोला गाउँपालिकामा एक सय बढी नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शनिबार भएको आँधिखोला गाउँ समितिको दोस्रो अधिवेशनमा अवसरमा एक सय बढी नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य एवम् वाइसीएलका केन्द्रिय सचिव हरि ढकालको अग्रसरतामा पार्टीमा भित्रिएका कार्यकर्तालाई पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको हो। उहाँहरुलाई स्वागत गर्दै श्रेष्ठले देशैभर माओवादी प्रवेश गर्नेको लर्को लागेको बताउनुभयो । उहाँले पार्टी संकल्पबद्ध भएर अगाडि बढेको उल्लेख उल्लेख गर्नुभयो । युवा नेता हरि ढकालले चोकचोक गल्लीगल्लीमा माओवादीको चर्चा हुने गरेको बताउनुभयो। एमाले–कांग्रेसले भ्रष्टहरुलाई बचाउन माओवादी नेतृत्वको सरकार ढलाएको आरोप लगाउनुभयो ।