नेपाली चिकित्सक डा. बिवेक सिंह मलेसियामा सम्मानित

नेपाली चिकित्सक डा. बिवेक सिंह मलेसियामा सम्मानित

क्वालालम्पुर, मलेसिया ।नेपाली चिकित्सक डा.बिवेक सिंह मलेसियास्थित क्वालालम्पुरमा सम्मानित हुनुभएको छ । डा. बिवेक सिंहलाई मलेसिया सेप्टेम्बर २-४, २०२४ मा आयोजित ट्रिपल ई अवार्ड्स (Entrepreneurship and Engagement Excellence Awards) ले सम्मानित गरिएकाे हाे ।

नेपाली चिकित्सक सिंहले उच्च शिक्षा क्षेत्रमा उद्यमशीलता र संलग्नतामा आधारित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको हो।  नेपाली चिकित्सक डा. बिवेक सिंहलाई मोस्ट एंगेज्ड एकेडेमिक अफ द इयर पुरस्कारका लागि पाँच उत्कृष्ट व्यक्तित्वहरूमा समावेश गरिएको थियो। उहाँलाई दोस्रो चरणको छनोटमा विजेता घोषणा गरिएको हो।

null

 पुरस्कार कार्यक्रम एसीईईयू (Accreditation Council for Entrepreneurial and Engaged Universities, जर्मनी) र एमएसयू (Management and Science University, मलेसिया) द्वारा आयोजना गरिएको हो।

प्रतिस्पर्धामा डा. बिवेक सिंहका साथ अन्य चार प्रतिस्पर्धीहरू थिए:
1.    मनीषा सिंह - ICFAI Business School, Bangalore (भारत)
2.    रिचा अवस्थी - University of Canberra (अष्ट्रेलिया)
3.    मिनयोंग ली - Shandong University (चीन)
4.    युआन्तो कुसनाडी - Singapore Management University (सिंगापुर)।

डा. बिवेक सिंहलाई यो प्रतिष्ठित सम्मानको लागि छनोट गरिनुको प्रमुख कारण उहाँले उच्च शिक्षामा पुर्‍याएको महत्त्वपूर्ण योगदान हो। उहाँको चिकित्सा शिक्षामा दशकभन्दा बढीको अनुभवले नेपाल मात्र नभई एशियाका विभिन्न मुलुकहरूमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ। उहाँलाई यसै योगदानको आधारमा यो सम्मान प्रदान गरिएको हो।

सम्मानित चिकित्सक सिंह नेपालमा लोकप्रिय स्वास्थ्य लोकसेवा प्रशिक्षक समेत हुनुहुन्छ । उहाँले एशियालका विभिन्न मुलुकहरूमा चिकित्सा विज्ञानका विद्यार्थीहरूलाई प्रशिक्षण दिनु भएको छ । साथै कम उमेरमै शैक्षिक समन्वयकको रूपमा परिचित हुनुहुन्छ।

डा. सिंह नेपालिज डक्टर्स लाउन्ज (NEDOL) का संस्थापक हुनुहुन्छ। सो संस्थाले चिकित्सा क्षेत्रका डाक्टरहरूलाई जोडेर राख्ने एउटा महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गर्छ। उहाँले तीन पुस्तक लेख्नुभएको छ । 


 जुन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापक सराहना गरिएको छ। साथै, उहाँले भूकम्प, स्वाइन फ्लू र कोविड-१९ महामारीका बेला स्वयम्‌सेवकको रूपमा उल्लेखनीय योगदान दिनु भएको छ। उहाँले १२ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रिकाहरूमा लेखहरू प्रकाशित गर्नु भएको छ भने ९ वटा अनुसन्धान पत्रहरू प्रतिष्ठित अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित भएका छन्।

यस वर्ष, डा. बिवेक सिंहलाई दुई अन्य देशबाट पनि सम्मानित 
1.    फिलिपिन्स - एशियाको उत्कृष्ट युवा शिक्षक २०२४ को रूपमा मे २५, २०२४ मा मनीलास्थित द हेरिटेज होटलमा आयोजित समारोहमा Instabright International Guild of Researchers and Educators, Inc. द्वारा सम्मानित।
2.    थाइल्यान्ड - शिक्षामा उत्कृष्ट योगदान का लागि नोभेम्बर ९, २०२४ मा बैंककस्थित होटल अमारी मा आयोजित एशियन एजुकेशन अवार्ड्स २०२४ मा सम्मानित गरिने।
यस प्रतिष्ठित ट्रिपल ई अवार्ड्समा सहभागी भएर डा. बिवेक सिंहले नेपाल र नेपाली चिकित्सा क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा सम्मान दिलाउन सफल हुनु भएको छ। उहाँको यो सफलता सम्पूर्ण नेपाली चिकित्सा क्षेत्रका लागि प्रेरणादायी बनेको छ।
विजेताहरूको सूची:
1.    Geoffrey Whitcher, ONZM
: Lifetime Achievement Award in University Transformation Award
 - The University of Auckland (न्यूजिल्याण्ड)
2.    Amir Sagi: Lifetime Achievement Award in University Transformation Award
 - Ben Gurion University of the Negev (इजरायल)
3.    Management and Science University
: Engaged & Sustainable University of the Year Award
 - Management and Science University (मलेसिया)
4.    Chaoyang University of Technology: Engaged & Sustainable University of the Year Award
 - Chaoyang University of Technology (ताइवान)
5.    The University of New South Wales
: Entrepreneurial University of the Year Award
 - The University of New South Wales (अष्ट्रेलिया)
6.    Dessy Aliandrina: Entrepreneurial Leader of the Year Award
 - Sociopreneur Indonesia (इन्डोनेशिया)
7.    Saima Mujtaba Ran: Entrepreneurship Educator of the Year Award
 - LUMS Centre for Entrepreneurship, LUMS Lahore (पाकिस्तान)
8.    Integrated Innovation Network (I2N): Innovation and Entrepreneurship Activators of the Year Award
 - University of Newcastle, Australia (अष्ट्रेलिया)
9.    ARC Research Hub for Driving Farming Productivity and Disease Prevention: Impactful Research Team of the Year Award।

क्वालालम्पुरमा आयोजित सम्मान समारोहमा बोल्दै डा. बिवेक सिंहले चिकित्सा क्षेत्रको शैक्षिक पाठ्यक्रममा सुधारको आवश्यकतामा जोड दिनुभयो। उहाँले आगामी पाठ्यक्रमहरूमा चिकित्सकहरूको सिर्जनशीलता, नवप्रवर्तन, उद्यमशीलता, सहानुभूति, नैतिकता, मानविकी, र कौशल विकासको समावेश आवश्यक रहेको कुरा बताउनुभयो।

साथै, उहाँले चिकित्सकहरूले आफ्नो प्रारम्भिक पाँच-छ वर्षको यात्रामा सिर्जनशीलता गुमाउने र केवल किताबी ज्ञानको आधारमा मूल्यांकन हुने प्रवृत्ति वैज्ञानिक दृष्टिकोणले अनुचित भएको उल्लेख गर्नुभयो।

उहाँलाई यसअघि फिलिपिन्सबाट पाठ्यक्रम विकासका लागि निमन्त्रणा गरिएको थियो । उहाँले मलेसियामा पनि विश्वविद्यालयहरूसँग सहकार्य गर्ने प्रस्ताव पाउनु भएको छ।डा. बिवेक सिंहको यो सम्मानले नेपाली चिकित्सा क्षेत्रको गरिमा अन्तर्राष्ट्रिय मञ्चमा थप उजागर गरेको चिकित्सा क्षेत्रका जानकारहरु बताउँछन् ।

प्रचण्ड सरकारले गरेका यी काम ओली सरकारको सय दिने सफलताको सूचीमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै पालामा कार्यान्वयनमा आएको धेरै कामलाई आफ्नो कार्यकालमा सम्पन्न भएको दाबी गर्दै १०० दिने उपलब्धिको सूचीमा समेटेका छन्।   विदेशी लगानी स्वीकृत गर्ने स्वचालित प्रणाली (अटोमेटिक रुट)  गत वैशाखमा आयोजना भएको तेस्रो लगानी सम्मेलनको अवसरमा उद्योग विभागले कार्यान्यवन गरेको थियो । त्यतिबेला प्रधानमन्त्री प्रचण्ड थिए भने उद्योगमन्त्री दामोदर भण्डारी ।तर प्रधानमन्त्री ओलीले त्यस बेला भएका कामलाई सफलताको सूचीमा राखेका छन्। बुधबार प्रधानमन्त्री ओलीले सार्वजनिक गरेको सय दिने उपलब्धिमा पनि कुल पुँजी ५० करोड रुपैयाँसम्मको विदेशी लगानी स्वचालित प्रणालीबाट तुरुन्त स्वीकृतिको प्रमाणपत्र प्राप्त गर्न सक्ने गरी उद्योग विभागमा स्वचालित मार्ग कार्यान्वयनमा आएको उल्लेख छ ।  गत वैशाखमा भएको तेस्रो लगानी सम्मेलनको अवसरमा उद्योग विभागले अटोमेटिक रुटमार्फत विदेशी लगानी स्वीकृत हुने प्रणाली कार्यान्वयनमा ल्याएको थियो ।जबकि कांग्रेस, एमाले गठबन्धनको प्रधानमन्त्री ओली गत असार ३१ मा मात्रै नियुक्त भएका हुन् । उनले अघिल्लै सरकारले सम्पन्न गरेको कामलाई आफ्नो उपलब्धि भनी सिंहदरबारबाट घोषणा गरेका छन्।  सरकारले सय दिनको उपलब्धिमा दुई सय वटा उद्योगमा करिब ३४ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको पनि ओलीले दाबी गरेका छन् । अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ संस्थाबाट नेपालको सार्वभौम साख मूल्यांकन (क्रेडिट रेटिब) को कार्य अन्तिम चरणमा पुगेको समेत उनले जनाए। लामो समयदेखि गिरेको सेयर बजार प्राकृतिक विपत्तिको प्रतिकूलताका बीचमा पनि प्रगतिकै लयमा रहेको सरकारको उपलब्धि सूचीमा समावेश छ।  यसैगरी प्रचण्ड नेतृत्वको सरकारको पालामा सुरुभएको कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्याराफिट निर्माणको काम आफैंले सुरु गरेको सुनाए। ‘क्रिकेट मैदान भएको तर आवश्यक पूर्वाधार नभएको गुनासोलाई सम्बोधन गर्न सरकार गठन भएलगत्तै हामीले तीनसय दिनभित्र कीर्तिपुरको क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने, स्कोर बोर्ड राख्ने र राति पनि खेल्न मिल्नेगरी रंगशाला बनाउने निर्णय गरेका थियौं, उहाँले भन्नुभयो, कीर्तिपुर क्रिकेट रंगशालामा फ्लड लाइट जडान र प्याराफिट निर्माण गर्न सहरी विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्‌बीच समझदारी भई काम सुरु भएको छ । तर, कीर्तिपुर क्रिकेट मैदानमा फ्लड लाइट जडान गर्न २०८० कात्तिक तेस्रो साता नै २७ करोड ४० लाख रुपैयाँको ठेक्का सम्झौता गरिएको थियो। फ्लड लाइट जडानका लागि सिनामंगलको एमएसआइपीएल एएसपी पावर जेभीले ठेक्का पाएको थियो।  उक्त सम्झौता अनुसार काम अघि बढाउन तत्कालीन प्रधानमन्त्री प्रचण्डले चैत पहिलो साता निर्देशनसमेत दिएका थिए।प्रचण्ड नेतृत्वकै सरकारले नीति तथा कार्यक्रममा पनि कीर्तिपुरलगायतका क्रिकेट मैदानमा फ्लड लाइट जोड्नेलगायतका स्तरोन्नतिका कार्य गर्ने योजना अघि सारेको थियो। ओली सरकारको पहिलो निर्णय पनि त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जोड्ने थियो। 

प्रतिपक्षी दलहरुले गराए राष्ट्रपतिको ध्यानाकर्षण

काठमाडौं । प्रतिपक्षी दलहरुले सरकारको गति र मति सकारात्मक दिशामा नभएको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् । प्रतिपक्षी दलका नेताहरु आज राष्ट्रपति निवास पुगेर ध्यानाकर्षण गराउनुभएको हो ।  राष्ट्रपतिसँगको भेटमा प्रतिपक्षी दलका नेताहरुले बाढीपहिरोको बेलामा प्रतिकार्य, उद्धार, राहत, पुनर्स्थापना र पुननिर्माणमा सरकारले ध्यान नदिएको र सुशासनमा पनि कमजोर देखिएको बताउनुभएको थियो ।  दुई ठूला दल मिलेर सरकार बनाउँदा पनि जनतालाई आशा जगाउने काम नगरेको, गर्नुपर्नेमा काममा ध्यान नदिएर नगर्नुपर्ने काममा बढी केन्द्रित भएकाले मुलुकलाई जटिलतातर्फ लैजाने खतरा बढेको भन्दै उहाँहरुले राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभएको थियो । संविधानको मूल मर्म बहुदलीय लोकतान्त्रिक गणतन्त्रमाथि नै आँच आउने गरी मुलुकलाई दुई दलीय अधिनायकवादतिर लैजाने षड्यन्त्र गरिरहेको र त्यसकै लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिएको भन्दै प्रतिपक्षी दलका नेताहरुले मुलुकको अभिभावक र संविधानको संरक्षकको हैसियतले राष्ट्रपति सचेत हुनुपर्ने बताउनुभयो । नेताहरुले यसअघि प्रधानमन्त्री केपी ओलीलाई बुझाएको १३ बुँदे ज्ञापनपत्रको विषय समेत ब्रिफिङ गर्नुभएको थियो । सरकारको सय दिनको काम, विपक्षी दलबाट सरकारलाई बुझाइएको ज्ञापन पत्र, सत्तापक्ष र विपक्षी दलहरू मिलेर राष्ट्रिय सङ्कट सामना गर्नुपर्ने बेला सरकार दल विभाजनको प्रयासले लोकतन्त्र कमजोर बन्ने लगायतका विषयमा राष्ट्रपतिको ध्यानाकर्षण गराएको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले जानकारी दिनुभयो ।  जवाफमा राष्ट्रपति पौडेलले राष्ट्रप्रमुखको हैसियतमा संविधानले दिएको कर्तव्यभित्र बसेर काम गर्ने बताउनुभएको थियो । उहाँले लोकतन्त्रलाई बलियो र सुदृढीकरणको पक्षमा आफू सधैँ रहने प्रतिबद्धता जनाएको उपमहासचिव बस्नेतले जानकारी दिनुभयो । राष्ट्रपतिसँगको भेटमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र बरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ तथा आम जनता पार्टीबाट नेता तिलक थापा मगर सहभागी हुनुहुन्थ्यो ।  

रवि पक्राउको विरोध रोक्न नसकेको भन्दै चितवनका सीडीओ र एसपी केन्द्रमा तानियो

काठमाडौं । सरकारले चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवलाई केन्द्रमा तानेको छ । रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला बनाएर नारायणी नदीमा दाह संस्कार गरेका थिए । सोही घटना रोक्न नसकेको भन्दै दबाब बढेपछि सीडीओ यादवलाई गृह मन्त्रालयमा तानिएको हो । नयाँ सीडीओको रूपमा गृहले प्रकाश पौडेललाई पठाएको छ । अध्यागमन विभागको प्रमुख जिम्मेवारी सहसचिव गोविन्द रिजाललाई तोकेको छ । त्यस्तै, प्रहरी प्रधान कार्यालयले चितवन प्रहरी प्रमुख एसपी भावेश रिमाललाई पनि तानेको छ । एसपी रिमाललाई काज सरुवा गरेर मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसपी गौतम मिश्रलाई चितवन पठाइएको छ ।    

माओवादी केन्द्रले कात्तिक १० गते गर्ने खबरदारी सभाका लागि १० एजेण्डा तय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौँमा हुने खबरदारी सभाका लागि १० एजेण्डा तय गरेको छ ।  मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती, विशेष प्रदेश, समन्वय समिति तथा जनवर्गीय सङ्गठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रचण्डले खबरदारी सभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई निर्देशन दिनुभएको थियो । सो बैटठकले दश बुँदे एजेण्डा तय गरेको हो । यस्ता छन् सभाका लागि तय गरिएका दश बुँदे एजेण्डा १.विपद् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशील, गैरजिम्मेवारी र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, उद्धार, राहत वितरण, घाइतेहरूको उपचार, मृतक परिवारलाई राहत, अस्थायी आवास निर्माण र क्षतिपूर्तिलगायत पुनर्निर्माण र पुनर्स्थापनाको कार्य कार्यान्वयन गराउन, २. ने.क.पा. (माओवादी केन्द्र) नेतृत्वको सरकारले सुरु गरेको सुशासन अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न । सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदबाब सृष्टि गर्न, ३. सतहमा आएका ठुला भ्रष्टाचार काण्डका दोषीहरूलाई कारबाहीको दायरामा ल्याउन, ४. संविधान र लोकतन्त्रको रक्षा गर्न, मुलुकलाई दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरूलाई विभाजन गर्ने उद्देश्य सहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रलाई असफल पार्न, ५. शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायका मुद्दाहरूप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन, ६. नेपाल विद्युत् प्राधिकरणलगायत सार्वजनिक संस्थानहरूमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्देश्यले महत्त्वपूर्ण सार्वजनिक संस्थान बिक्री गर्ने तयारी विरुद्ध खबरदारी गर्न, विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्य गर्न, ७. बढ्दो बजार भाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन, ८. सहकारी, मिटरब्याज र लघुवित्त पीडितहरूका समस्या समाधानका लागि आवाज बुलन्द गर्न । ठगीमा संलग्नहरूलाई बिना भेदभाव कारबाही गर्न, ९. राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं प्रवर्द्धन गर्न, १०. सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिहरू विरुद्ध खबरदारी गर्न । १०. सरकारको यथास्थितिवादी र प्रतिगामी गतिविधिहरू विरुद्ध खबरदारी गर्न । 

लोकप्रिय