नयाँ शक्ति र अनुहार लोकतन्त्रका सुन्दर कोपिला हुन्, फूल्न दिऔंः प्रचण्ड

नयाँ शक्ति र अनुहार लोकतन्त्रका सुन्दर कोपिला हुन्, फूल्न दिऔंः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ शक्ति र अनुहार लोकतन्त्रका सुन्दर कोपिला भएकाले उनीहरुलाई फूल्न दिनुपर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस्तो आग्रह गर्नुभएको हो । 

‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानप्रदत्त अधिकार प्रयोग गरी नयाँ नयाँ अनुहारहरु राजनीतिक मञ्चमा उदाइरहेका छन्। जनताको अभिमत लिएर आएका नयाँ अनुहारलाई मैले लोकतन्त्ररुपी बगैंचामा फूलेका सुन्दर फूल भन्दै आएको छु’– अध्यक्ष प्रचण्डले भन्नुभएको छ– ‘लोकतान्त्रिक प्रक्रिया अवलम्बन गर्दै पुराना भनिनेहरुको कमजोरीको जगमा जन्मेका नयाँ शक्ति र अनुहारलाई सरापेर हैन, आफ्ना कमजोरीलाई स्वीकार गरेर मात्र पुरानाहरुले आफूलाई रुपान्तरण गर्न संभव छ।’

बगैंचामा फक्रिरहेका कोपिलालाई निमोठेर हैन, फूल्न दिएर मात्रै त्यसको सही पहिचान हुने उल्लेख गर्दै उहाँले भन्नुभएको छ– ‘सही र गलतको पहिचान जनताले गर्छन, शासकको डण्डाले हैन। यही प्रक्रियाले मात्रै हामीले लडेर ल्याएको लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्न सकिन्छ भन्ने मेरो विश्वास छ।’

सत्ता पक्षका राजनीतिक दलहरुको बैठक बस्दै

काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज बस्दैछ । बैठक आज सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा पछिल्ला समसामयिक राजनीति, सरकार सञ्चालन गतिविधि, संसद अधिवेशन लगायतका विषयहरुमा छल फल हुने बताइएको छ । यही माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेशन शुरु हुँदैछ ।

अध्यक्ष प्रचण्ड गोरखामा

गोरखा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा आउनुभएको छ ।  उहालेँ गोरखा नगरपालिकाको आहाले स्थित सरस्वती मा.वि र डण्डी डाँडाको नव ज्योति मा.वि को स्वर्ण जयन्ती कार्यक्रममा सहभागी हुन भई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष प्रचण्ड गोरखाको कार्यक्रम सकेर आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ 

भीम रावलद्वारा मातृभूमि जागरण अभियानलाई पार्टी बनाउने प्रस्ताव

काठमाडौं । नेकपा एमालेले निष्कासन गरेका पूर्वउपाध्यक्ष भीम रावलले राष्ट्रवादी उद्देश्य लिएको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नामक पार्टी बनाउने प्रस्ताव गरेका छन् । रावलले वैकल्पिक शक्तिका रूपमा उक्त पार्टीको नाम प्रस्ताव गरेका हुन् । नेपालको संवेदनशील भूराजनीति लगायत समग्र स्थितिलाई मनन गरी देशभक्तिपूर्ण भावनाका साथ जनताको हितलाई पहिलो स्थानमा राखेर अघि बढ्नु अपरिहार्य भएकाले पार्टी निर्माण गर्नेतर्फ लागेको उनले बताएका छन् । ‘अन्तर्राष्ट्रिय परिस्थिति र शक्ति राष्ट्रहरूको भूमिकाले नेपालमा पर्न सक्ने प्रभावलाई गम्भीर रूपमा बुझेर अन्तर्राष्ट्रिय जगतमा नेपालको स्वतन्त्र व्यक्तित्व उज्यालो र सबल तुल्याउनु पर्ने छ । यसका लागि राजनीति, अर्थव्यवस्था, सामाजिक–सांस्कृतिक पक्ष लगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा आवश्यक पुनरावलोकन, समीक्षा तथा व्यापक सुधार र परिवर्तनको खाँचो छ,’ रावलले भनेका छन्, ‘यिनै कुरालाई मनन गर्दै स्वदेश र प्रवासमा रहनु भएका सम्पूर्ण इमान्दार र देशभक्त नेपालीहरू तथा सबै राजनीतिक दलका सदस्य, कार्यकर्ता र नेताहरूसँग हातेमालो गर्दै उपयुक्त राष्ट्रिय राजनीतिक वैकल्पिक शक्ति निर्माणका लागि मातृभूमि जागरण अभियान, नेपाल प्रस्ताव गरिएको छ ।’

रबि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको छ । न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले बुधबार यस्तो आदेश दिएको हो ।  काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रुपमा गोर्खा मिडियामा लगिएको र गोर्खा मिडियाको तत्कालिन सञ्चालकको रुपमा खर्च गर्ने भूमिकामा रहेको भन्दै लामिछानेलाई समेत प्रतिवादी बनाइएको थियो । उनलाई पाँच करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो ।  जिल्ला अदालत, कास्कीले लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।  प्रहरीले उनीविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि मुद्दा दायरको तयारी गरिरहेको छ । 

लोकप्रिय