ओलीसँग भिडेकैले गोदावरीमा निषेध गरियो, राजनीतिको घुम्ती फेर्छु : भीम रावल

ओलीसँग भिडेकैले गोदावरीमा निषेध गरियो, राजनीतिको घुम्ती फेर्छु : भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले आफू १० औँ महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेकै कारण महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफूलाई निषेध गरेको आरोप लगाएका छन्।

एमाले नेतृत्वले बैठकमा निषेध गरेको विषयलाई आफुले गम्भीर रूपमा लिएको बताउँदै भिम रावले रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलन गरेका छन् । 

उनले भने, ‘म एमालेको महाधिवेशन प्रतिनिधि परिषद्को सदस्य हुँ। म त्यहाँ जाने मनस्थितिमै थिए। पार्टी त धेरै मानिसहरूको त्याग र पसिनाबाट बनेको हुन्छ नि। त्यो कुनै कम्पनी वा निजी हुँदैन। नेतृत्व परिवर्तन हुन्छ। महाधिवेशनमा प्रत्येक व्यक्तिको चुन्ने र चुनिने अधिकार हुन्छ। कसैले टिका लगाइने, कुनै जिल्ला अधिवेशन भयो त्यसका लागि यहीबाट आदेश दिने।’

एमालेको गोदावरी बैठकमा जबज र एमालेको परम्परा विपरीत भएको समेत बताए।

उनले भने, ‘म बैठकमा जान इच्छुक थिए तर मेरो त परिचयपत्र नै बनेको रहेछ, अनि कोही कोही मान्छेले तर्क गरेको सुनेँ सबैलाई पठाएको छ हेर्नुपर्छ। को हो भीम रावल छुट्टै पठाउनुपर्ने ? त्यो बेनामी यापबाट महाधिवेशन यति गते हुन्छ भन्ने जानकारी दिँदा केपी ओली जी मेरो ठाउँमा भएको भए जानुहुन्थ्यो। एमालेको गोदावरी बैठकमा जबज र एमालेको परम्परा विपरीत कसैलाई निषेध गर्ने, र महाधिवेशनमा उम्मेदवार बनेको कारणले प्रतिशोध साध्नेबाहेक केही पनि होइन। त्यसलाई मैले गम्भीर रूपमा लिएको छु।’

रावलले एमालेका नेताहरूको व्यवहारका कारण आफू राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताए।जस्तोसुकै परिस्थिति आए पनि आफू एमालेमा रहनुपर्छ भन्ने मान्यताका साथ अघि बढे पनि गोदावरी अधिवेशनपछि राजनीतिक जीवनको मोडमा ढकेलिएको महसुस भएको उनले बताए ।

नयाँ दलमा अशोक राई अध्यक्ष, यस्तो छ कार्यसमिति

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ । आइतबार बसेको बैठकले राईको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति गठन गरेको हो ।  पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ छन् भने रेणु यादवलाई सहअध्यक्षमा राखिएको छ ।नवलकिशोर साह, रणध्वज लिम्बु, परशुराम बस्नेत, सुशीला श्रेष्ठ उपाध्यक्षमा चयन भएका छन् भने महासचिवमा इस्तियाक राई रहेका छन् । प्रदीप यादव उपमहासचिव, दीपक कार्की र रञ्जु ठाकुर सचिव तथा डा.वीरेन्द्र महतो कोषाध्यक्ष रहेका छन् ।पार्टी निर्वाचन आयोगमा दर्ता पछि अध्यक्ष अशोक राईले आफुहरु अस्थिरताको कारक बन्ने बताउँदै सरकारलाई समर्थन गरेर अघि बढ्ने बताएका छन् ।यससँगै कांग्रेसले माधव नेपाल नेतृत्वको नेकपा(ऐस) र उपेन्द्र नेतृत्वको समाजवादीसहितको नयाँ गठबन्धन बनाउन खोजेको प्रयास कमजोर बनेको राजनीतिक विश्लेषण हुन थालेको छ ।

राष्ट्रपतिसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा आएकी जापानकी परराष्ट्रमन्त्री कामीकावा योकोले राष्ट्रपति भवन शीतल निवासमा शीष्टाचार भेट गरेका छन्। शीतल निवासमा आइतबार भएको सो शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले पृथ्वीलाई जोगाउन हिमाल र पानीको स्रोत कसरी बचाउने भन्नेमा नेपालको चिन्ता रहेको उल्लेख गर्दै कार्वन उत्सजन गर्ने विकसित मुलुकहरुले जलवायु परिवर्तनको असर न्यूनिकरणका सन्दर्भमा अत्यन्त गम्भिर भइदिन आग्रह गरेको राष्ट्रपति पौडेलको भनाई उदृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए। राष्ट्रपति पौडेलले एशियाका ज्योति गौतम बुद्धको सन्देश प्रवाहित भएदेखिनै नेपाल जापानबीच सांस्कृतिक सम्बन्ध रहिआएको उल्लेख गर्दै दुई देशबीच समस्यारहित सम्बन्ध रहेको र नेपालले सधै जापानको उच्च सद्भाव महशुस गरेको पनि बताएका थिए।  नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रूपमा रहेको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाल र जापानबीचको आर्थिक सहयोग र सहकार्यका क्षेत्रहरू थप विस्तार हुने विश्वास व्यक्त गरेका थिए।  हामीले जनस्तरको सम्बन्ध फराकिलो बनाउन प्राथमिकता दिनु पर्दछ भन्दै उनले जापानसँगको धार्मिक–सांस्कृतिक समानता एवं नेपालको प्राकृतिक सुन्दरताका कारण नेपालमा थप जापानी पर्यटकहरू आउने विश्वास व्यक्त गरेका थिए। सो अवसरमा जापानी विदेशमन्त्री योकोले जलवायु परिवर्तनको असरबारे जापानपनि चिन्तित रहेको उल्लेख गर्दै नेपालसहित अन्य देशका हिमाल जोगाउन सबै मिलेर सहकार्य गर्न जरुरी रहेको बताएकी थिइन। उनले सन् २०५० सम्ममा कार्वन उत्सर्जन शून्यमा पुर्‍याउने लक्ष्य राखेको बताउँदै जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि वैकल्पिक उर्जाको प्रयोगका निम्ति प्रविधिमा ठूलो क्रान्ति गर्न सबै मिलेर अगाडि बढाउने बताएकी थिइन्। नेपालको विकास  र स्थिरता यो क्षेत्रकै लागि आवश्यक महशुस गरेर जापानले नेपालको विकासमा हरतरहको सहयोग गर्ने उनले बताइन्।

जसपा विभाजनपले सरकारलाई कुनै असर पर्दैन : महासचिव गुरुङ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सत्ता घटक जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपनि सरकारलाई तत्काल असर नपर्ने बताएका छन् ।  दल विभाजन जसपाको आन्तरिक विषय भएको बताउँदै विभाजन भएका समग्र जसपाले सरकारलाई हेर्ने विषममा पार्टी एकमत रहेको गुरुङले बताए ।

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत पाएको घोषणा

पोखरा । संविधानविपरीत गण्डकी प्रदेशमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा प्रदेशसभाले गरेको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ। सभामुख कृष्ण धितालले खगराजले मागेको विश्वासको मतको पक्षमा ३० मत परेको र आफ्नो मत सुरक्षित रहेको भन्दै विश्वासको मत पाएको घोषणा गरेका हुन् । यो घोषणा संविधानको धारा १८८ ले विश्वासको मत पाउन सम्पूर्ण सदस्य संख्याको बहुमत पाउनुपर्छ भनेको छ । अधिकारीलाई एमालेका २३, माओवादीका सात (नेसपाका फणिन्द्र देवकोटासहित) र दीपक मनाङे (राजीव गुरुङ)ले मत दिए । विपक्षमा कांग्रेसको २७ मत पर्‍यो भने दुई सांसद रहेको राप्रपा तटस्थ बसे । 

लोकप्रिय