मोरङको ग्रामथानमा माओवादीको उम्मेदवार घोषणा

मोरङको ग्रामथानमा माओवादीको उम्मेदवार घोषणा

मोरङ । मंसिरमा हुने उपनिर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नमोनारायण माझीलाई उम्मेदवार बनाउने घोषणा गरेको छ । 

ग्रामथान गाउँपालिकाको कार्यालय रहेको तेतरिया बजारमा सोमबार आयोजित कार्यक्रमबाट माओवादी केन्द्रले माझीलाई उम्मेदवार घोषणा गरिएको हो । माझी केही समय अगाडि नेपाली कांग्रेस छोडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

उनी ०७४ सालमा फोरम लोकतान्त्रिकबाट ग्रामथान गाउँपालिकाको १ नम्बर वडाको वडाध्यक्षमा निर्वाचित भएका थिए । यस्तै २०७९ सालको निर्वाचनमा स्वतन्त्र रूपमा सोही वडाको अध्यक्षमा उम्मेदवार बनेका उनी तेस्रो बनेका थिए । 

आगामी मंसिर १६ गते उपनिर्वाचन घोषणा गरिएको छ । उक्त निर्वाचनका लागि कांग्रेस, एमालेले भने उम्मेदवारबारे निर्णय गरिसकेको छैन । 

०७९ सालको पालिका निर्वाचनमा कांग्रेसका जयप्रकाश गच्छदार विजयी भएका थिए । उनको हृदयघातका कारण मृत्यु भएपछि ग्रामथानमा उपनिर्वाचन हुन लागेको हो ।

माझीको उम्मेदवारी घोषणा कार्यक्रममा माओवादी केन्द्रका नेताहरू सावित्री कुमार काफ्ले, पूर्वमन्त्री अमनलाल मोदी, विजय विश्वासलगायतको उपस्थिति थियो ।

सरकार भ्रष्टाचारीको  संरक्षणमा खुलमखुल्ला उत्रिएको छ : पूर्वप्रधानमन्त्री भट्टराई

पोखरा । नेपाल समजावादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सरकार भ्रष्टाचारीको संरक्षणमा खुलमखुल्ला उत्रिएको आरोप लगाउनुभएको छ। आफूले भ्रष्टाचार गर्दिनँ भन्ने व्यक्तिहरूले नै ठूलठूला भ्रष्टाचार गर्ने र एउटा भ्रष्टाचारको बाहनामा अर्को व्यक्तिलाई थुन्ने प्रवृत्ति देखिएको उहाँको भनाइ छ ।  पोखरामा सोमबारदेखि सुरू भएको पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले भ्रष्टाचार नियन्त्रण गर्न संस्थाहरू आर्थिकरुपमा बलियो हुनुपर्ने बताउनुभयो। ‘मुखले भ्रष्टाचार गर्दिनँ भन्ने व्यवहारमा चाँहि आफैँ खुलमखुल्ला भ्रष्टाचारीको संरक्षण गर्ने प्रवृत्ति देखिन्छ । फरक पार्टीको पर्‍यो भने समातेर भ्रष्टाचारको मुद्दा लगाउने, आफ्नो पर्‍यो भने सिंगो पार्टीकै बल प्रयोग गरेर जोगाउने? यसरी कसरी सुशासन कायम हुन्छ?,' उहाँको प्रश्न थियो । सहकारी, ओम्नी, भुटानी शरणर्थी, सुन, वाइडबढी लगायत काण्डमा प्रमुख दलहरू अछुतो नरहेको आरोप लगाउनुभयो । भ्रष्टाचार छानविनको लागि शक्तिशाली संस्था गठन गर्न आवश्यक रहेको उहाँको भनाइ छ । आफू देशको प्रधानमन्त्री भइसक्दा पनि कुनै काण्ड नमुछिएको र राम्रो गर्न खोज्दा किनारा पर्दै गएको उहाँको गुनासो थियो । ‘म कुनै पनि काण्डमा मुछिएको छैन,’ उनले भने, ‘सबैभन्दा पहिला म बाट नै छानविन सुरु होस् । तर सबै राजनीतिक नेताहरूको सम्पत्ति छानबिन हुनुपर्छ । राजनीतिक नतृत्वमा भएका कारण भ्रष्टाचारबाट मुक्ति पाउनुहुदैन',उहाँले भन्नुभयो । विधान अधिवेशनले पार्टीको विधानमा संशोधन र सुधारसहित नयाँ दस्तावेज तयार गर्ने उनले बताए । अधिवेशनमा ४ सय जना प्रतिनिधिहरू सहभागी छन् ।

अध्यादेश ल्याउन कांग्रेस सहमत नभएपछि मन्त्रिपरिषद् स्थगित

काठमाडौं । सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याउने तयारी गरिरहेको चर्चाबिच सत्ताधारी दल नेपाली कांग्रेस भने त्यसको विपक्षमा देखिएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आफ्नो दल दल विभाजन सम्बन्धी अध्यादेशको विपक्षमा रहेको बताए । यसअघि आइतबार राति बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेर बहादुर देउवासहितका नेतासँगको छलफलमा अध्यादेश ल्याउन सहयोग माग गरेका थिए । कांग्रेसको असहमतिका कारण राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सम्भव नभएपछि प्रधानमन्त्री ओलीले सोमबार ५ बजेका लागि आह्वान गरेको मन्त्रिपरिषद् स्थगित गरेका छन् ।  

एमाले पार्टी भ्रष्टाचारको दलदलमा फसेको छ : पूर्वमन्त्री मोदी

विराटनगर । पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदीले केपी शर्मा ओली नेतृत्वको सरकारले विवादित पात्रको हातबाट अर्बौंका दान लिनु घुस भएको दाबी गरेका छन् । मोरङको ग्रामथानस्थित तेतरियामा सोमबार आयोजित पार्टी सम्पर्क कार्यालय उद्घाटन तथा उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सम्पत्ति शुद्धीकरण विभागले मीनबहादुरसँग बयान लिइसकेको, केही जग्गा र सम्पत्ति पनि रोक्का गरिएको व्यक्तिबाट प्रधानमन्त्री केपी ओलीले अर्बभन्दा बढीको जग्गा दान लिएर भ्रष्ट्राारलाई मलजल गरेको बताए । उनले ग्रामथानको उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नमोनारायण माझीले जित्ने समेत बताए ।

भीम रावल, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने एमाले निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय निर्माणका लागि प्राप्त भएको जग्गादानका विषयमा पार्टीको निर्णय विपरित अभिव्यक्ति दिनेहरुलाई स्पष्टीकरण सोध्ने भएको छ । आइतबार बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । त्यस्तै, पार्टीको आधिकारीक धारणा विपरित सार्बजनिक रुपमा बोल्दै आएका पूर्व उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको महासचिव पोखरेलले बताए । मिनबहादुर गुरुङले दिएको जग्गाका सन्दर्भमा पाण्डे र तिमल्सिनाले सार्वजनिक रुपमै असहमति जनाएका थिए ।

लोकप्रिय