प्रेस सेन्टर राप्ती गाउँपालिका अध्यक्षमा कँवर

प्रेस सेन्टर राप्ती गाउँपालिका अध्यक्षमा कँवर

दाङ । प्रेस सेन्टर नेपाल राप्ती  गाउँपालिकाे अध्यक्षमा तुलबहादुर कँवर मगर चयन  हुनु भएको छ । प्रेस सेन्टर  राप्ती  गाउँपालिकाे प्रथम भेलाले कुँवरकाे अध्यक्षतामा १३ सदस्य नयाँ कार्य समिति चयन गरेकाे हाे।

जसकाे उपाध्यक्षमा छपिन्द्र बुढाथोकी, सचिव ईराधा झाँक्री मगर, सहसचिव सन्जुकुमारी चौधरी र काेषाध्यक्ष सुस्मिता परियार चयन हुनुभएको  छ । संगठनकाे सदस्यहरुमा कृति कार्की, बिनाेदकुमार साेनी, बीनिता गाहा मगर, दिलबहादुर सिंजाली मगर, निश्चल सारु मगर, ईशा परियार, लक्ष्मी कामी र अन्जिता चौधरी चयन हुनुभएको छ ।सम्मेलनकाे  उद्घाटन गर्दै  राप्ती गाउँपालिका अध्यक्ष  प्रकाश विष्टले समाज रुपान्तरणका लागि पत्रकारिताकाे भुमिका महत्त्वपूर्ण हुने बताउनुभयाे ।

कार्यक्रमको  प्रमुख अतिथि समेत रहुनु भएका विष्टले प्रेस सेन्टरमा आबद्व हुने पत्रकारले सिमान्तकृत समुदायकाे पक्षमा समाचार लेख्नु पर्ने धारणा राख्नुभयाे । महान सहिद कृष्णसेन ईच्छुक जस्ता  ब्यक्तिकाे बलिदानले मात्रै मुलुकमा गणतन्त्र स्थापित भएको  बताउँदै त्यसकाे रक्षा गर्न अब पत्रकारले ध्यानदिनु पर्ने  बताउनुभयाे । साे अवसरमा संगठनमा रहेर लामाे समयदेखि भुमिका खेल्ने पत्रकार तथा साहित्यकार धर्मराज शर्मा बैरागी र चन्द्र खनाललाई सम्मान गरिएको थियाे । 

सम्मानित हुने दुबैजनालाई प्रमुख अतिथी विष्टले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियाे । संगठनका उपाध्यक्ष छपिन्द्र बुढाथोकीकाे  स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा माओबादी केन्द्र  राप्ती गाउँपालिका अध्यक्ष नारायण शर्मा , प्रेस सेन्टर दाङका संस्थापक पुरण शर्मा, प्रेस सेन्टर लुम्बिनी प्रदेशका अध्यक्ष  मानसिङ विक, सचिव दिवाकर पाेखरेल, जिल्ला सचिव जनक नेपाली, सहसिचव दिपक बाेहरा, दलित मुक्तिमोर्चा दाङका सल्लाहकार रणबहादुर पुजाली,  अखिल क्रान्तिकारी विद्यार्थी संगठन राप्तीका अध्यक्ष मन्दिप पाेख्रेल लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियाे । भेला आयाेजक कमिटीका अध्यक्षता तुलबहादुर कँवर मगरकाे अध्यक्षतामा भएकाे  कार्यक्रमकाे संञ्चालन ईराधा झाँक्री मगरले गर्नुभएको थियाे।

अनेमसंघ क्रान्तिकारी गण्डकीको अध्यक्षमा शाही निर्वाचित

पोखरा । कास्की । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) गण्डकी प्रदेशको अध्यक्षमा गीता शाही (तनहुँ) सर्वसम्मत निर्वाचित हुनुभएको छ । पोखरामा बिहीबार राति अबेर सम्पन्न सङ्घको प्रथम सम्मेलनले शाहीको अध्यक्षतामा एक सय २१ सदस्सीय प्रदेश कार्यसमिति निर्वाचित गरेको हो । सङ्घको उपाध्यक्षमा लीला विक (गोरखा), फूलमाया पुन (बागलुङ) र शोभा क्षत्री (पर्वत) निर्वाचित हुनुभएको छ । सचिवमा निर्मला सुवेदी (कास्की) र कोषाध्यक्षमा दिलमाया पुन (बागलुङ) निर्वाचित हुनुभएको छ भने सहसचिवमा हेमकुमारी सुनार (नवलपुर) निर्वाचित हनुभएको छ । सम्मेलनको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का  उपाध्यक्ष पम्फा भुसालले गर्नुभएको थियो । कार्यक्रममा अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष अमृता थापामगरलगायतले बोल्नुभएको थियो । सम्मेलनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट गरी चार सय ५० जना प्रतिनिधिको सहभागिता थियो । सम्मेलनका अवसरमा महिला सङ्घका संस्थापक, जनयुद्धका जेल ब्रेकर महिला तथा घाइते योद्धालाई सम्मान गरिएको थियो । 

सिञ्जा गाउँपालिकाका ९६ प्रतिशत नागरिक साक्षर

जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिकाका ९६ दशमलव दुई प्रतिशत नागरिक साक्षर भएका छन्। पालिकामा बसोबास गर्ने अधिकांश जनता साक्षर भएसँगै शिक्षा दिवसका अवसरमा पालिकालाई साक्षर घोषणा गरिएको छ।  साक्षरताका १२ वटा सूचकमध्ये हस्ताक्षर गर्न सक्ने, मोबाइल चलाउन सक्ने, समय हेर्न र भन्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, एकदेखि १० सम्म अङ्क भन्न र सामाजिक भावना व्यक्त गर्न सक्ने भएकाले साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शङ्कर धितालले बताउनुभयो ।  बाह्रवटा सूचकमध्ये बाँकी छवटा सूचक पूरा गर्न विद्यार्थी र विद्यालय परिचालन गरिएको छ। मूल्याङ्कन गर्दा सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत मानिएको छ।  पच्चीस प्रतिशत परियोजना कार्यमध्येबाट विद्यार्थीले अभिभावकलाई साक्षर बनाउने र एकअर्कालाई सिकाउने रणनीति गाउँपालिकाले लिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो । 

अखिल क्रान्तिकारी बागमतिको अध्यक्षमा पौडेल निर्वाचित

काठमाडौं । अखिल क्रान्तिकारी बागमती प्रदेशको दोश्रो सम्मेलनबाट अध्यक्षमा अर्जुन पौडेल निर्वाचित हुनुभएको छ । उहाँले २३२ मत प्राप्त गर्नुभएको छ भने प्रतिष्पर्धीहरु अशोक देवकोटाले १४५ र सरोज भण्डारीले ६२ मत प्राप्त गर्नुभएको छ । खुला उपाध्यक्षमा अस्मिता ठकुरी (३१४)। सन्तोष चौहान (२२०) र हरिबहादुर खड्का (१७९) विजयी हुनुभएको छ । प्रतिष्पर्धीहरु श्रवणकुमार बर्तौलाले १२३ र रामकृष्ण शिवाकोटीले ११६ मत प्राप्त गर्नुभएको थियो । छात्रा उपाध्यक्षमा ममता पाण्डे र समावेशी उपाध्यक्षमा क्षेत्रकुमार लामा तामाङ निर्विरोध हुनुभएको छ । त्यस्तै प्रमुख सचिवमा विजय लामा २३६ मतसहित विजयी हुनुभएको छ भने प्रतिष्पर्धी सुवास गौतमले १७९ मत प्राप्त गर्नुभएको छ । खुल्ला सचिवमा विजय घिमिरे (२०९), ऋतिकराज गिरी (१९०) र विवेक कार्की (१७९) विजयी हुनुभएको छ प्रतिष्पर्धीहरु विनोदकुमार कार्कीले ११६, मणिराज पाण्डेले ७८, प्रशासन सापकोटाले ७७ र सागर ढकालले ७४ मत प्राप्त गर्नुभएको छ । छात्रा सचिवमा उर्मिला तामाङ लामा निर्विरोध हुनुभएको छ । समावेशी सचिवमा विज्ञान दोर्जे बल (१७७) विजयी हुनुभएको छ भने प्रतिष्पर्धी गजेन्द्र गुरुङले १४३ र ऋषिकेश यादवले ६५ मत प्राप्त गर्नुभएको छ । कोषाध्यक्षमा अनिताकुमार श्रेष्ठ २२० मतसहित विजयी हुनुभएको छ भने प्रतिष्पर्धी पवन रिजालले १७४ मत प्राप्त गर्नुभएको छ ।  

क्रान्तिकारीको कर्णाली प्रदेश अध्यक्षमा मनसिंह शाही

काठमाडौं। नेकपा (माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको कर्णाली प्रदेश समितिको दोस्रो सम्मेलनले सर्वसम्मत नयाँ प्रदेश कार्यसमिति चयन गरेको छ । भाद्र ३० गते सुर्खेतमा उद्घाटन भई ३१ गते सम्पन्न बन्दसत्रले सर्वसम्मत रुपमा १३ पदाधिकारी सहित ७५ सदस्यीय प्रदेश समिति निर्माण गरेको हो । जसको अध्यक्षमा मनसिंह शाही चयन  हुनुभएको छ । उपाध्यक्षहरुमा हिक्मत बहादुर शाही, हिक्मत शाही,धुर्व आचार्य शर्मा,अजय बिस्ट, टिकाराम बि.क, प्रकाश बि.क र मनिसा चन्द चयन  हुनुभएको छ ।  त्यसैगरी कर्णाली प्रदेश क्रान्तिकारीको प्रमुख सचिवमा नारायण के.सी. चयन हुनुभएको छ । सचिवहरुमा बिष्णु भण्डारी, पदम शाही र शुक्राज रावल चयन  हुनुभएको छ । साथै, सम्मेलनले कोषाध्यक्षमा भुवन गौतमलाई निर्वाचित गरेको छ भने जयकृष्ण जैसी र गणेश अधिकारी कार्यलय सदस्यको जिम्मेवारी दिएको छ ।  

लोकप्रिय