मिर्गौला रोगबाट पीडित पत्रकार स्याङ्तानको निधनप्रति प्रेस सेन्टरद्धारा दुःख व्यक्त

मिर्गौला रोगबाट पीडित पत्रकार स्याङ्तानको निधनप्रति प्रेस सेन्टरद्धारा दुःख व्यक्त

काठमाडौं । प्रेस सेन्टर नेपालले पत्रकार प्रेम स्याङ्तानको निधनप्रति दुःख व्यक्त गरेको छ ।

प्रेस सेन्टर शाखाका सदस्य ४२ वर्षीय स्याङ्तानका उपचारको क्रममा भएको असामयिक निधनको खबरले प्रेस सेन्टर नेपालले एक विज्ञप्ति जारी गरी स्तब्ध र दुःखी भएको जनाएको हो ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित पत्रकार स्याङतानको उपचारत अवस्थामा बिहीबार सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा निधन भएको हो ।

विगत एक वर्षदेखि परिवारसहित नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको पत्रकार आवसगृहमा रहेर मिर्गौलाको डायलासिस र उपचार गराउँदै आएका थिए स्याङ्तान ।

वैदेशिक रोजगारीका सिलसिलामा रहँदा नेपाल पत्रकार महासंघ कतार शाखामा आवद्ध रही सहसचिवको जिम्मेवारी निर्वाह गरेका स्याङ्तानले स्वास्थ्य समस्याका कारण स्वदेश फर्किएर आफ्नो महासंघको काठमाडौ शाखा र  प्रेस सेन्टरको सदस्यता काभ्रे  शाखामा स्थानान्तरण गरेका थिए । त्यस क्रममा उनले राजधानी दैनिकलगायतका पत्रपत्रिका काम गरेका थिए ।

पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाएका स्याङतानकोे  निधनले प्रेस सेन्टर नेपाल र जनपक्षीय पत्रकारिताको क्षेत्रमा अपुरणिय क्षति पुगेको छ । यस दुःखद घडीमा क्रान्तिकारी  पत्रकार गुमाउनुका साथै प्रेस सेन्टरले सक्रिय सदस्य गुमाएको छ । स्वर्गीय स्याङतानका श्रीमती र दुई छोरी छन् ।

‘प्रेस सेन्टर  स्वर्गीय पत्रकार स्याङतानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।’ प्रेस सेन्टर का महासचिव सन्तोष  पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आज देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।  विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् ।  विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो ।  यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम  सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो  ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।  उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब  ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।

लोकप्रिय