कार्यादेशमा सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री

कार्यादेशमा सहमति जुटाउने प्रयासमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहकारी ठगी प्रकरण छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेशमा सहमति जुटाउन प्रयासरत छन् ।

पूर्वनिर्धारित मन्त्रिपरिषद्को बैठक स्थगित गरी प्रधानमन्त्री प्रचण्डले भोलि(जेठ १५ गते) सार्वजनिक हुने आगामी आर्थिक वर्षको बजेट भाषण अगाडि नै दलदहरुबीच सहमति बनाउने प्रयासमा जुटेका हुन् ।

सोमबार बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठक निष्कर्षविहीन भएपछि सत्तारूढ दलबाट प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एंव रास्वपा सभापति रबि लामिछानेबीच बालुवाटारमा छलफल गरेका थिए ।  भने कांग्रेसले पनि हालका पदाधिकारी र पूर्व पदाधिकारीहरूबीच बूढानीलकण्ठमा छलफल गरेको थियो ।

त्यस लगत्तै प्रधानमन्त्री प्रचण्ड संसदीय समितिको कार्यादेश (टीओआर) तय गर्न बनेको समतिसँग गृहमन्त्री सहित छलफलमा छन् । स्रोतका अनुसार आजै सहमति गर्ने गरी छलफल अगाडि बढेको छ ।

रुसी राष्ट्रपति पुटिनलाई किमद्वारा उत्तर कोरियामा स्वागत

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमणमा निस्केका छन् । पुटिनलाई उत्तर कोरियाली नेता किम जोङ उनले स्वागत गरेका छन् । मध्यरातमा प्योङयाङ पुगेका पुटिनलाई नेता किमले सुनाम अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। प्योङयाङमा पुटिनको स्वागतमा सांस्कृतिक कार्यक्रम र सैन्य परेडको तयारी गरिएको छ । यस्तै, किम इल सुङ स्क्वायरमा सैन्य परेडका लागि भव्य तयारी गरिएको छ । त्यस पछि कूटनीतिक वार्ता हुनेछ । वार्तामा अर्थ तथा सैन्य सम्बन्धका विषयमा गहन छलफल र केही सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको बीबीसीले जनाएको छ । यस्तै, आजै अर्थोडक्स चर्चको भ्रमण लगायतका कार्यक्रमहरु पनि रहेका छन् । यी दुई नेताबीच पछिल्लो पटक सेप्टेम्बरमा सुदूर पूर्वी रुसमा भेट भएको थियो । तर सन् २००० पछि पुटिनको प्योङयाङको यो पहिलो भ्रमण हो।

विधायन व्यवस्था समितिको बैठक बस्दै, मिडिया काउन्सिल विधेयकबारे छलफल हुने

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्था समितिको बैठक बस्दै छ। बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा हुने जनाइएको छ । बैठकमा मिडिया काउन्सिल विधेयक २०८० माथि छलफल हुने सम्भावित कार्यसूचीमा उल्लेख छ । 

प्रतिनिधिसभा बैठक : सांसदका प्रश्नमा मन्त्रीहरूले जवाफ दिने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ। कार्यसूचीमा उल्लेख भएअनुसार सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, सांसद प्रेम सुवालले विनियोजन विधेयक, २०८१ अन्तंगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी दोस्रो बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए ।

राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाउँदै संसदको रोष्टममै बजेट पुस्तिका च्यातेका छन् ।  मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयगत बजेटको पुस्तिका च्यातेका हुन् ।

लोकप्रिय