राजस्व अनुसन्धान विभागद्धारा ७९ करोड रुपैयाँको मागदाबी सहित मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्धारा ७९ करोड रुपैयाँको मागदाबी सहित मुद्दा दायर

काठमाडौं।राजस्व अनुसन्धान विभागले ७९ करोड रुपैयाँको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।दुई फरकफरक मुद्दामा विभागले कुल ७९ करोड रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरेको हो। 

राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार विभागले दुई फरकफरक मुद्दामा कुल ७९ करोडको मागदाबी लिइएको हो। सूचना अधिकारीका अनुसार उनीहरुले नक्कली कारोबार देखाएको र भ्याट छली गरेको, नक्कली कारोबार देखाएर भ्याट रिटर्न लिएको लगायतको कसुरमा अनुसन्धान भई मुद्दा दायर भएको हो। 

विभागले पहिलो मुद्दा संदिप ट्रेडर्सविरुद्ध दर्ता गराएको छ। स्थायी लेखा नम्बर ६१८७४५१०६ को बिजनेस फर्मले ६ लाख ४९ हजार ४ सय रुपैयाँको सामान खरिद गरी ६ करोड ५४ लाख २२ हजार ६६० रुपैयाँको सामान विक्री गरेको र भ्याट बिल बेचेको भन्दै मुद्दा दायर गरेको हो।

उक्त बिजनेस फर्मका मुख्य कारोबारी दयाशंकर चौधरी र सञ्चालक विमलावती देवी चौधरीले राजस्व चुहावट गरेको भन्दै उनीहरुले राजस्व चुहावट गरेको ६ करोड ५४ लाख २२ हजार ६६० को व्यापार गर्दा ६ लाख ४९ हजार ४ सय रुपैयाँको मात्रै सामान खरिद गरेको देखिएको भन्दै विक्री भएको सामानबाट खरिद भएको सामान घटाई हुन आउने रकममा ब्याज, हर्जाना, जरिवाना आदि सबै रकम जोडेर १२ करोड ८५ लाख २६ हजार २८० रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरिएको हो। 

त्यस्तै अर्को मुद्दामा विभिन्न बिजनेस फर्महरूले नक्कली भ्याट बिलको कारोबार गरेको लगायतका कसुरमा मुद्दा दायर गर्दै हदैसम्मको सजाय समेत मागदाबी  लिइएको छ। विभागको अनुसन्धानको क्रममा भिसिटिएस प्रणालीको अध्ययन गर्दा कैफियत भेटिएपछि भएको विस्तृत छानबिनमा राजस्व हिनामिना भएको पाइएको हो। 

मुद्दा दायर गरिएका जया एण्ड जिया ईम्पेक्शका प्रोपाइटर राहुल कुमार दुवेदीले प्रविष्ट गरेको खरिद बिक्रीको विवरण, निजले आन्तरिक राजस्व विभागले सञ्चालन गरेको प्रणालीमा प्रविष्ट गरेको विवरणबाट प्राप्त गरेको भ्याट रिटर्न आदिको अध्ययन गर्दा कैफियत भेटिएको हो। 

दुवेदीले गुरु इम्पेक्शका प्रोप्राइटर सीताराम प्रसाद रौनियार, शुभश्री इन्टरप्राइजेजका प्रोपाइटर रिजवान अन्सारी, न्यु कञ्चन इन्टरप्राइजेजका प्रोप्राइटर मिरा कुमारी श्रीवास्तव, एस।पी। कन्सर्नका प्रोपाइटर प्रभुशंकर रौनियार र न्यू एस कुमार इन्टरनेशनलका प्रोप्राइटर रामछत्री सा कलवारसँग मिलेर भ्याट रिटर्न लिएको र राजस्व हिनामिना गरेको पाइएको हो।

अनुसन्धानका क्रममा राहुल कुमार दुवेदी, सीताराम प्रसाद रौनियार, रिजवान अन्सारी, मिरा कुमारी श्रीवास्तव, प्रभुशंकर रौनियार, रामछत्री सा कलवार र बिरबलजी भनिने भारतीय नागरिकसमेतको मिलेमतो र संलग्नतामा भन्सार छली गरी ल्याउने गरेको पाइएको थियो।

अनुसन्धानका क्रममा राजस्व हिनामिना भएको पाइएपछि जया एण्ड जिया ईम्पेक्शका प्रोप्राईटर राहुल कुमार दुवेदीलाई १७ करोड ३८ लाख ८० हजार २४० रुपैयाँ, श्री गुरु इम्पेक्शका प्रोप्राइटर सीताराम प्रसाद रौनियारलाई १ करोड ८२ लाख ९४ हजार ४७८ रुपैयाँ, शुभश्री इन्टरप्राइजेजका प्रोपाइटर रिजवान अन्सारीसँग २ करोड ११ लाख १९ हजार २३६ रुपैयाँ, न्यु कञ्चन इन्टरप्राइजेजका प्रोप्राइटर मिरा कुमारी श्रीवास्तवसँग २ करोड ११ लाख ८१ हजार ९०४ रुपैैयाँ, एस.पी.कन्सर्नका प्रोप्राइटर प्रभुशंकर रौनियारसँग १ करोड ७८ लाख ४० हजार २०० रुपैयाँ र न्यू एस कुमार इन्टरनेशनलका प्रोप्राइटर रामछत्री सा कलवारसँग १ करोड ७७ लाख २८ हजार ६६० रुपैयाँ बिगो कायम गरेको छ।उनीहरूसँग बिगो बराबरकै जरिवाना मागदाबी  लिइएको छ। 

राजस्व अनुसन्धान विभागका महानिर्देशक नव राज ढुङ्गानाले विभागले पछिल्ला दिनहरूमा गम्भीर प्रकृतिका राजस्व छलीको घटनाका सम्बन्धमा अनुसन्धान अगाडी बढाएको बताउँदै त्यसको परिणाम पनि आउने दाबी गरेका छन्।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय