भरतपुरकी मेयर रेनु भन्छिन् -'यहि वर्ष भरतपुर घुमौँ'

भरतपुरकी मेयर रेनु भन्छिन् -'यहि वर्ष भरतपुर घुमौँ'

स्पेन। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले यही वर्ष भरतपुर घुम्न र आफन्तीलाई पनि घुम्न आग्रह गर्न आह्वान गरेकी छिन् । उनले नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ)स्पेनको महाधिवेशनको उद्घाटन गर्दै उनले सो कुरा बताएकी हुन् ।

महाधिवेशनमा बोल्दै मेयर रेनु दाहालले अंकगणितीय नतिजा जेजस्तो रहेपनि देश माओवादीकै नीतिमा अगाडि बढिरहेको बताइन्। गणतन्त्र, संघियता, समावेशीता लगायतका उपलब्धि जनयुद्धबाटै आएका हुन्, उनले भनिन्, माओवादी, जनयुद्ध भन्न डराउनुपर्दैन,उनले भनिन्, ‘माओवादीकै नेतृत्वमा सरकार छ, जनताले शुशासनको अनुभूति गर्न थालेका छन्, थुप्रै हकअधिकार जनताले पाएका छन्।’

उनले भरतपुर महानगरमा भ्रमण गर्न प्रवासीहरुलाई आव्हान गरेकी छन्। यहि वर्ष भरतपुर घुमौँ, आफन्तीलाई पनि भनौँ, उनले भनिन्, ‘युरोपबाट समेत पर्यटक लैजाने गरि कार्यक्रम र प्रचार गरौँ। राजदूत ढकालले स्पेनबाट कम्तिमा १ लाख पर्यटक नेपाल जाने वातावरण बनाउन पहल भैरहेको बताइन्। वर्षमा कम्तिमा १ लाख पर्यटक स्पेनबाट गएर घुमुन्, भरतपुरमा सक्दो पर्यटक पठाउनेछौँ, उनले भनिन्, मेयर दाहालको नेतृत्वले उज्यालो नेपाल बन्ने महसुस भएको छ, उहाँको जस्तै मिहेनत हरेक पालिकाहरुमा होस्, विकासका एजेन्डामा सबै मिलुन्।’

नेपाली जनप्रगतिशील मञ्च (एनपीपीएफ)स्पेनको अध्यक्षमा पुनः विशाल ढुङ्गाना चयन भएका छन्। चौथो अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। उपाध्यक्षमा केशवराज कँडेल, राजेन्द्र सेढाई, महासचिवमा सूर्यप्रसाद सापकोटा धिरज चयन भएका छन्।

यस्तै सचिवमा रामु गैरे, गोविन्द अधिकारी, कोषाध्यक्षमा ज्ञानबहादुर बस्नेत चयन भएका छन्।सदस्यहरुमा उदयराज पाठक, बालकुमार बुढा, विश्वास भट्टराई, विप्लव काफ्ले, कृष्ण पौडेल, नवीन दुलाल, खेमबहादुर भण्डारी, राममणी सिलवाल चयन भएका छन्। कार्यसमितिको पहिलो बैठकले महिला उपाध्यक्ष, महिला सचिव, प्रवक्ता, महिला सदस्यहरु मनोनित गर्नेछ। नयाँ कार्यसमितिलाई भरतपुर महानगरका मेयर रेनु दाहाल, स्पेनस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकालले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरेका थिए।

यसैबीच बार्सिलोनामा जारी नेपाली जनप्रगतिशील मञ्च युरोपको ५ औँ महाधिवेशनले आज (सोमबार) नयाँ कार्यसमिति चयन गर्दैछ। आइतबार सुरु भएको महाधिवेशनको राति अबेर बन्द शत्र सोमबार गर्ने गरि रोकिएको थियो । बन्दशत्रमा राष्ट्रिय कमिटिका अध्यक्षहरुको संगठनको अवस्था, भावी कार्योजनाबारे प्रतिवेदन प्रस्तुत गर्दैछन्। विधान संशोधन, सांगठनिक र आर्थिक प्रतिवेदनमाथि समेत छलफल गर्ने कार्यतालिका रहेको छ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय