हरिण मार्दा सलमान गए ५ वर्ष जेल, केही सिक्ने कि नेपालका नेता र न्याय संरचनाले ?

हरिण मार्दा सलमान गए ५ वर्ष जेल, केही सिक्ने कि नेपालका नेता र न्याय संरचनाले ?

काठमाडौं, निकै विवादित र चर्चित मामिलामा बलिउडका सबैभन्दा चर्चित र लोकप्रिय अभिनेता सलमान जेल गएका छन् ।

सलमान खानमाथि कालो हरिण मारेको आरोप प्रमाणित भएपछि उनलाई पाँच वर्ष जेल सजाय तोकिएको हो ।

सलमान खान, भारतका नेतादेखि नेपालमा समेत कैयन् युवाहरुको मनपर्ने नायक । रियालिटी शो ‘बिग बोस’मा सलमानको प्रस्तुतका लाखौं फ्यान छन भने उनले खेलेका सबैजसो फिल्महरु सुपरहिट छन् ।

तर कानुनका अगाडि यो सबै व्यक्तित्वले कुनै अर्थ राख्न सकेन ।

आज भन्दा २० वर्ष अघि “हम साथ साथ हैं” नाम चलचित्रको छायांकनका क्रममा उनले कांकाणी गाउँमा कालो हिरण मारेको आरोप लागेको थियो ।

२० वर्षको लामो लडाईपछि सलमान खानले आफूलाई निर्दोष साबित गर्न सकेनन् ।

जोधपुरको स्थनीय अदालतले गरेको यो फैसलालाई उच्च अदालतमा चुनौती दिने सम्भावना नभएको होइन, तर यो फैसलाले न्यायपालिकाले धर्म, जात, लिंग, पेशा र प्रभावभन्दा पर रहेर न्याय दिनुपर्छ भन्ने मान्यतालाई झनै बलियो बनाएको छ ।

यो घटनामा सलमान खानसँगै जोडिएका थिए कलाकार सैफ अलि, सोनाली बेन्द्रे, तब्बु र निलम । अरु सबै भने दोषि ठहर्याएनन् । सलमान खानलाई पाँच वर्ष जेल र दश हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।

र, हामी यता वारिपट्टिका छिमेकी नेपाली ।

हामीकहाँ ‘मोष्ट वान्टेड’ भनेर प्रचार गरिएकाहरुलाई जनताले जिताउँछन, उनीहरु निर्धक्क संसद भवन छिर्छन र हत्या आरोपी मानिएका र जेलमा रहेका आरोपीहरुलाई गृहमन्त्रीले जुस पिलाउँछन् । बलात्कार गर्नेहरु अनुसन्धानको प्रतिवेदन नआउँदै रिहा हुन्छन् र राजनीतिक दल प्रवेश गर्छन् । आन्दोलनका नाममा गरिने हिंसालाई राजनीतिकरण गरिन्छ र त्यसले उन्मुक्ति पाउँछ ।

कसैको नाम नलिउँ, तर नेपालमा अपराधको राजनीतिकरणको लामो श्रृंखला रहेको छ । अर्कोतर्फ यसमा मिसिएको न्यायालयमा राजनीतिकरण । जसले गर्दा बलात्कारी, चेली बेचुवाहरु, हत्या गर्नेहरुले राजनीतिक संरक्षण पाएका हुन्छन् भने सोझा साझा जनता अन्यायमा परेका हुन्छन् ।

बलात्कार गर्नेहरुलाई अनुसन्धानको प्रतिवेदन नआउँदै अदालतले रिहा गर्छ भने न्याय नपाएर मानिसहरु आत्महत्या गर्न विवश बन्ने घटना समेत नेपालमा रहेका छन् ।

सलमान खानले कालो हरिण मारेका हुन । दिनहुँ जसो हजारौं पशुहरुको धर्मका नाममा बली दिइने भारतमा एउटा जंगलमा डुलिरहेको हरिण मार्नु ठूलो कुरा नहुन सक्थ्यो । तर पनि सलमान खानको प्रभाव र उनको सेलिब्रिटी स्टाटसले यो न्याय प्रक्रियालाई प्रभावित पार्न सकेन ।
अझ २० वर्ष लामो यो कानुनी लडाईंमा कैयन् साक्ष्य र प्रमाणहरुसँगै सलमानले आफू निर्दोष भएको प्रमाणित गर्ने कोशिस समेत नगरेका होइनन् । तर उनी दोषी ठहरिए ।

भारतीय न्याय प्रणाली राम्रो भन्न खोजेको होइन । त्यहाँ पनि न्यायालयबाट आम जनताले न्याय नपाउने कुरा सामान्य नै हो । र कतिपय अवस्थामा न्यायालयले आफ्नो गरिमा बचाउने गरेको छ । यस्तै घटना हो सलमान खानमाथिको फैसला ।

न्यायपालिका भनेको कार्यपालिका र व्यवस्थापिका भन्दा स्वतन्त्र निकाय हो, यसले अन्य दुबै निकायका काम र कारवाही कानुनसम्मत भए नभएको चेकजाँच गर्नुपर्दछ । न्यायालय नै प्रभावित भए आम जनताका लागि गुहार्ने ठाउँ कतै पनि हुँदैन ।

विगतमा जे भएपनि अबको समाजवादी यात्रामा न्यायालय पनि साँच्चिकै समाजवादी बन्नैपर्ने आवाज अहिले सर्वत्र उठेको छ ।

इजरायली आक्रमणमा मारिएका हिजबुल्लाहका प्रमुखको शव फेला

काठमाडौं । यही सेप्टेम्बर २७ मा इजरायलको हवाई आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव फेला परेको छ। इजरायलले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा आक्रमण गर्दा उनी मारिएका थिए।  यसैबीच इजरायलले लेबनानसँगको सीमामा ट्यांकहरू तैनाथ गरेको छ। लेबनानका प्रधानमन्त्री नजिब मिकातीका अनुसार इजरायली आक्रमणका कारण झन्डै १० लाख मानिस घरबारविहीन भएका छन्।  न्युयोर्क टाइम्सका अनुसार इजरायललाई नसरल्लाह लुकेको ठाउँ केही महिना पहिले नै थाहा थियो। उनी केही दिनमा अर्को ठाउँमा सर्ने डर इजरायललाई थियो। त्यसकारण यही सेप्टेम्बर २७ मा इजरायलले ८ लडाकु विमान लेबनानको राजधानी बेरुत पठायो र हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउन्ड वजनका १५ वटा बम खसाल्यो। जहाँ नसरल्लाह थिए र मारिए। यो अपरेसनलाई ‘न्यु अर्डर’ नाम दिइएको छ। 

श्रीलङ्कामा आम निर्वाचनका लागि संसद विघटन

काठमाडौं । श्रीलङ्काको नयाँ राष्ट्रपतिले आकस्मिक आमनिर्वाचनको मार्ग प्रशस्त गर्न संसद विघटन गर्नुभएको छ ।  अनुरा कुमारा दिसानायकेले आफ्नो वामपन्थी राष्ट्रिय जनशक्तिगठबन्धनको संसदमा तीन सीट मात्रै रहेको २२५ सदस्यीय संसद विघटन गर्नुभएको हो ।  सरकारी गजेटमा प्रकाशित सूचनाका अनुसार निर्वाचन १४ नोभेम्बरमा हुने छ, जुन तालिकाअघि नै लगभग एक वर्षअघि हुनेछ। राष्ट्रपतिले आफ्नो सहयोगी हरिणी अमारासुरियालाई प्रधानमन्त्री चयन नियुक्त गर्नुभएको छ, जसले देशको इतिहासमा तेस्रो पटक एक महिलालाई प्रधानमन्त्री बनाइएको छ।  निर्वाचित भएलगत्तै संसद् विघटन गर्ने संकेत दिएका दिसानायके आफ्नो नीति कार्यान्वयनका लागि नयाँ जनादेशमा जान थाल्नुभएको हो ।  श्रीलङ्कामा सांसदहरू पाँच वर्षका लागि निर्वाचित हुने अन्तिम आम निर्वाचन अगस्ट २०२० मा भएको थियो। 

चीनमा कथावाचन साझेदारी यात्राको आकर्षण

चीनको ग्वाङ्डोङ प्रान्तले चीन कथावाचन साझेदारी यात्रा कार्यक्रम आयोजना गरेको छ। बिभिन्न दशवटाच देशका मिडिया संवाददाताहरू र इन्टरनेट प्रभावशाली व्यक्तिहरूको उपस्थितमा यही सेप्टेम्बर २२ देखि झांझियाङमा सहरमा कार्यक्रम सुरु भएको हो । चाइना डेली वेबसाइट र झांझियाङ नगरपालिका सरकारको सूचना कार्यालयद्वारा "म्याङ्ग्रोभहरूको सहर" भनेर चिनिने सुन्दर झांझियाङ सहरमा संयुक्तरूपमा आयोजित कार्यक्रम सेप्टेम्बर २६ मा समापन हुनेछ । चाइनाडेलीले जनाए अनुसार कार्यक्रममा संयुक्त राज्य अमेरिका, क्यानडा, डेनमार्क, स्विडेन, रूस र टर्कीबाट १० जना सहभागी रहेका छन् । चीन कथाकार साझेदारीका सदस्यहरूका रूपमा उनीहरुले झांझियाङको समुद्री सौन्दर्य र सांस्कृतिक धरोहरको अन्वेषण यात्रा सुरु गरेको डेलिले जनाएको छ।  वैश्विक दर्शकहरूलाई झांझियाङको विशिष्ट आकर्षण प्रस्तुत गर्ने मञ्चको रूपमा  यस कार्यक्रममा विदेशी मिडिया सहभागीहरूले आफ्नो शब्द र लेन्स मार्फत सहरको सारलाई समात्ने अवसर पाएका छन्। आधुनिक कथावाचनलाई व्यक्तिगत, अन्तर्राष्ट्रिय स्पर्शसँग सम्मिश्रण गर्दै यो कार्यक्रमले झांझियाङको उच्च गुणस्तरीय विकास र चीनको समग्र आधुनिकीकरण प्रयासहरूमा यसको भूमिकालाई उजागर गर्ने लक्ष्य राखेको थियो।  चिनियाँ मुख्य भूमिको सबैभन्दा दक्षिणी भागमा अवस्थित झांझियाङ, ग्वाङ्डोङ-हङकङ-मकाओ ग्रेटर बे एरिया, हेनान स्वतन्त्र व्यापार बन्दरगाह र ग्वाङ्शी बेइबु खाडी आर्थिक क्षेत्रलाई जोड्ने रणनीतिक केन्द्रको रूपमा चिनिन्छ। www.chinadaily..cn  बाट साभार

इजरायली आक्रमणका कारण हजारौंले लेबनान छाडे

काठमाडौं । बेइरूततर्फको सडकमा ठूलो जाम छ । सहरको नजिकै बम्परदेखि बम्परसम्मको ट्राफिक, मोटरवेमा लामो दूरीसम्म फैलिएको छ। धेरै मानिसहरू अझै दक्षिणबाट भागिरहेका छन्, जहाँ इस्रायली बमबारी रातभरि जारी छ।  सामान्य एक घण्टामा पुगिने सडकमा हजारौं गाडी सत्र घण्टादेखि जाममा छन् । एउटै मोटरसाइकलमा चार जनासम्म चढेर भागिरहेका छन् । इजरायले मुख्य सडकका ठाउँहरूमा बमबारी गरेका कारण यात्रा पनि असुरक्षित बन्दै गएको छ । केही व्यवसाय खुलेका छन्, तर अरू बन्द छन्, भने विद्यालयहरू बमबारीबाट भाग्ने मानिसहरूलाई आश्रय दिने केन्द्रको रूपमा प्रयोग गरिएको छ। केही बासिन्दाहरूले इजरायली सेनाबाट आफूहरूलाई इरानद्वारा समर्थित समूहको स्थानहरू नजिक रहेका क्षेत्रहरू छोड्न एसएमएस र भ्वाइस मेसेजहरू पठाइरहेका छन् ।  टायरको दक्षिणी सहरमा मानिसहरू समुद्रकिनारमा हिँडिरहेका छन् भने आन्तरिक गाउँहरूमा हवाई आक्रमणबाट धुवाँ उठिरहेको छ । 

लोकप्रिय