एसईई नतिजामा चित्त बुझेन, अनलाइनबाटै दिनुहोस् निवेदन

एसईई नतिजामा चित्त बुझेन, अनलाइनबाटै दिनुहोस् निवेदन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रक कार्यालय (कक्षा १०)ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले कार्यालयमा विद्यार्थीको चाप घटाउन अनलाइनबाटै पुनर्योग (रिटोटलिङ)गर्न पाउने व्यवस्था ल्याइएको जानकारी दिएका हुन्। 

पुनर्योगका लागि नतिजा प्रकाशन भएको १५ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ । त्यस्तै नतिजा नखुलेमा, अनुपस्थित देखाएमा वा प्रयोगात्मक नम्बर नदेखाएमा प्रवेशपत्र प्रतिलिपिसहित शिक्षा विकास तथा समन्वय इकाइ विभागमा सोझै निवेदन दिन सकिने व्यवस्था गरेको छ ।

चैत १५ गतेदेखि सुरु भएको परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए।

नेकपा(ऐस)को दशौं महाधिवेशन सुरू, उद्घाटनमा पुगे शीर्ष नेता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दशौं महाधिवेशन काठमाडौंमा शुरु भएको छ ।काठमाडौँको कमलादीस्थित प्रज्ञा भवनमा अध्यक्ष माधवकुमार नेपालले रिमोर्ट थिचेर महाधिवेशनको औपचारिक उद्घाटन गरेका हुन् ।  पार्टीको महाधिवेशन सुरु हुनुअघि आइतबार समाजवादीले काठमाडौंको भृकुटीमण्डपदेखि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानसम्म र्‍याली निकालेको थियो ।  यालीमा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत पार्टीका नेता कार्यकर्ता सहभागी भएका थिए।सो लगत्तै अधिवेशन उद्घाटन गरिएको छ । पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनबारे महासचिव घनश्याम भुसालले जानकारी गराएका छन् ।उनले नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठन र रूपान्तरणको ग्यारेन्टी गर्न पार्टीको महाधिवेशन गर्न लागिएको बताएका छन् । कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत प्रायः पार्टीका शीर्ष नेताहरुलाई निमन्त्रणा गरिएको थियो ।  उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएका छन् ।  त्यस्तै अतिथिका रूपमा रास्वपाका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, जसपाका अध्यक्ष अशोक राई, जनमत पार्टीका अध्यक्ष सिके राउत, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, लोसपाका सह अध्यक्ष सर्वेन्द्रनाथ शुक्लालगायतको सहभागिता रहेपनि एमालेबाट भने कोही पनि नेता सहभागी भएनन् ।   असार २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने यो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ ।  

प्रचण्ड र ओलीबीचको सिंहदरबार छलफलमा मिसिए रवि लामिछाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि मिसिएका छन्। सिंहदरबारमा अहिले सत्ता समीकरणका ठूला तीन दलका शीर्ष नेताहरुबीचको छलफल जारी छ।

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता भएको हो।  दुई नेताबिच सरकार सञ्चालन र टीआरसीबारे छलफल भएको बुझिएको छ।  शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबिच ओली निवास बालकोटमा भेटवार्ता भएको थियो ।दुई नेताबीच देउवा ओलीबिचको भेटवार्ताबारे पनि कुराकानी हुने बताइएको छ ।

पार्टी बैठक प्रत्यक्ष प्रसारण गर्ने प्रस्ताव सभापतिले मानेन् : रास्वपा महामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकालले पार्टीको केन्द्रीय समिति बैठक लाइभ गर्न आफुले गरेको प्रस्ताव सभापति लामिछानेले अस्वीकार गरेको बताएका छन्।  महामन्त्री ढकालले सभापति लामिछानेलाई ह्वाट्स्एपमा म्यासेज गरी बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गरेको भए पनि सभापति लामिछानेले भने स्वीकृत/अस्वीकृत नगरेको महामन्त्री ढकालले जानकारी दिएका हुन् ।  महामन्त्री ढकालले ३९ जिल्लाको भ्रमणबाट फर्किएपछि तत्काल पार्टीमा सुधार नगर्ने हो भने पार्टी विवेकशीलको बाटो गएको समीक्षा प्रतिवेदन बुझाएका थिए । प्रतिवेदनका संवेदनशील विषय सार्वजनिक गरेको भन्दै रास्वपामा महामन्त्रीलाई कारबाही गर्नुपर्ने माग उठिरहेको छ । पार्टी सभापतिले महामन्त्री ढकाललाई स्पष्टीकरण सोधेको विषय सभापति निकट सहप्रवक्ता प्रतिभा रावलले सार्वजनिक गरेकी थिइन् । तर, महामन्त्री ढकालले भने आफूमाथि कुनै पनि स्पष्टीकरण नसोधिएको जानकारी दिएका छन्।  रास्वपाले महामन्त्रीको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न आगामी बुधबार केन्द्रीय समितिकोे बैठक बोलाएको छ ।

लोकप्रिय