विद्यार्थी नेता केसीको स्मृतिमा माओवादी केन्द्रले बनायो एक लाखको अक्षयकोष

विद्यार्थी नेता केसीको स्मृतिमा माओवादी केन्द्रले बनायो एक लाखको अक्षयकोष

प्युठान । प्यूठान ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी जिल्ला समिति प्युठानका सदस्य तथा झिम्रुक गाउँपालिकाका अध्यक्ष सन्दिप केसीको सम्झनामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) जिल्ला समन्वय समिति प्युठानले रु.एक लाखको अक्षयकोष स्थापना गर्ने भएको छ।

दिवंगत केसीको सम्झनामा उहाँले  अध्ययन गर्नुभएको  झिमरुक गाउँपालिका-७ स्थित श्री सत्य मावी तुषारामा पार्टी,अखिल (क्रान्तिकारी) प्युठान र घरपरिवार संरक्षक रहनेगरी अक्षयकोष स्थापना गरिने पार्टीले घोषणा गरेको नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसीले जानकारी दिनुभयो।साथै यहि शैक्षिक शत्रभित्रमा अक्षयकोष स्थापना गरिसक्नुपर्ने अध्यक्ष केसीले बताउनुभयो।

केसीको मृत्यु भएको नवौं दिनमा उहाँको निवासमा नेकपा (माओवादी केन्द्र) प्युठान, अखिल (क्रान्तिकारी)प्युठान, वाईसीएल प्युठान,दलित मुक्ति मोर्चा लगायतको संयुक्त आयोजनामा गरिएको शोक सभामा नेकपा (माओवादी केन्द्र)प्युठानका अध्यक्ष प्रभात केसीले शोक मन्तव्य राख्दै दिवंगत सन्दिप केसीको विद्यार्थीहरुमाझ लोकप्रियता र विद्यार्थी राजनीतिमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो। अध्यक्ष केसीले दिवंगत केसीको घरपरिवारको सुखदुःखमा सिंगो जिल्ला पार्टी समिति एकताबद्ध भएको बताउनुभयो।

अखिल (क्रान्तिकारी) प्युठानको कार्यवाहक अध्यक्ष सुशिला घर्ती मगरको अध्यक्षतामा भएको उक्त शोक सभामा नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा प्युठान ईन्चार्ज नारायण प्रसाद अधिकारी,नेकपा (माओवादी केन्द्र) प्युठानका अध्यक्ष प्रभात केसी,प्रदेश सदस्य उमा शर्मा,प्युठान नगरपालिकाका नगरप्रमुख विष्णु योगी, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश समितिका अध्यक्ष पुष्कर शर्मा,पार्टी झिमरुक गाउँ समितिका अध्यक्ष झक बहादुर जिसी,वाईसिएल प्युठानका अध्यक्ष मोहन परियार,दलित मुक्ति मोर्चा प्युठानका अध्यक्ष केशव बिक,अखिल क्रान्तिकारीका नेता बालाजी जिसी र प्रेमबहादुर विश्वकर्मा लगायत ३४ जना बढी पार्टी नेता एवम् विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो।

दिवंगत सन्दिप केसी लामो समयदेखी हृदय रोगले ग्रसित हुनुहुन्थ्यो। विगत ३ महिना अघि स्वास्थ्यमा जटिल समस्या देखिएपछी अस्पतालपछि आफ्नै निवासमा बेड रेस्टमा हुनुहुन्थ्यो।केसीको गत भाद्र २९ गतेका दिन २४ वर्षको अल्पायुमै आफ्नै निवासमा देहावसान भएको थियो।

सन्दिप केसी विं.सं २०५७ चैत २३ मा आमा बेला केसी र बुबा फत्य बहादुर केसीको कोखबाट  प्युठानको झिमरुक गाउँपालिका -७ तुषारामा जन्मिनुभएको थियो।सानै उमेरमा हृदय रोग देखिएपछी उहाँ परिवारको मायाले भरिपूर्ण हुनुभएको थियो।समय बित्दै जाँदा विभिन्न विद्यालयमा अध्ययन गर्ने क्रममा विभिन्न साथि संगिहरुसँग राम्रो सम्बन्ध स्थापना गर्न माहिर हुनुहुन्थ्यो।

दिवंगत सन्दिप केसीले अखिल क्रान्तिकारी स्वर्गद्वारी बहुमुखी क्याम्पस,झिम्रुक गाउँपालिकाका अध्यक्ष हुँदै  जिल्ला कमिटि सदस्यको जिम्मेवारी समेत कुशलता पुर्वक निर्वाह गर्नु भएको थियो। स्वर्गद्वारी बहुमुखी क्याम्पसको जेहेन्दार विधार्थीको रुपमा मानविकी संकाय अन्तर्गत स्नातक तेस्रो वर्षमा अध्ययनरत उहाँ उक्त क्याम्पसको रेडक्रस सर्कलको उपसभापति समेत हुनुन्थ्यो भने विभिन्न सामाजिक कार्यहरुमा पनि सक्रिय हुनुन्थ्यो। 

यस्तो रहनेछ आजको मौसम

काठमाडौं ।  हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई, खोँच तथा उपत्यकाका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज दिउँसो कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । सो प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानहरूमा हुस्सु लाग्नुका साथै केही स्थानमा कुहिरोको समेत सम्भावना रहेकाले सो समयमा दैनिक जनजीवन, पर्यटन, पर्वतारोहण, सडक यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ५० मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर १४ मिनेटमा हुनेछ ।

एनपीएलको उपाधि भिड्न्तमा सुदूरपश्चिम र जनकपुर

काठमाडौं । नेपाली खेलकुदकै सबैभन्दा चर्चित प्रतियोगिताको रुपमा रहेको नेपाल प्रिमियर लिग (एनपीएल) आज समापन हुँदै छ । समापन खेल अथात् फाइनल आज हुँदै छ। उपाधिका निम्ति मधेस प्रदेशको प्रतिनिधित्व गरेको जनकपुर बोल्ट्स र सुदूरपश्चिमको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । १२ अंकसहित  सुदूरपश्चिम शीर्ष स्थानमा रहेको छ भने जनकपुरले समान खेल खेल्दा दुई हारसहित १० अंक जोडेको छ। सो खेल शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १२ः३० बजेदेखि सुरु हुनेछ । 

दुर्गा प्रसाइलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ । व्यापारीलाई धम्क्याएको आरोपमा हाल प्रहरी हिरासतमा रहेका उनलाई शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको हो। दोस्रो पटक दर्ता भएको  बन्दी प्रत्यक्षीकरणको रिटमा बन्दीसहित उपस्थित गराउने आदेश भएपछि शुक्रबार उनलाई सर्वोच्च हाजिर गराइएको थियो ।  उनले आफू साइबर अपराधमा धरौटीमा रिहा भए पनि प्रहरीले दुख दिने मनसाय राखेर पुनः पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्न माग गरेका थिए । सोहीअनुसार सर्वोच्चले उनको निवेदन बमोजिम पक्षमा रिट जारी गरेको हो।  प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध समेत भ्रम फैलाएको भन्दै प्रहरीले प्रसाईंलाई पक्राउ गरेको थियो ।  सो मुद्दामा अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएपनि प्रहरीले व्यापारीलाई धम्क्याएको आरोपमा अदालतबाट जारी भएको अर्को पक्राउ पुर्जीको आधारमा फेरि पक्राउ गरेको थियो ।

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं  । बिहीबार स्थगित मन्त्रिपरिषद् बैठक आज बस्ने भएको छ। बैठक आज दिउँसो १ बजे बोलाइएको छ। मन्त्रिपरिषद् बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुने बताइएको छ। हिजो बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो।

लोकप्रिय