सफल भयो महेन्द्र प्रयास, सुनथरालीमा विमान अवतरण ।

सफल भयो महेन्द्र प्रयास, सुनथरालीमा विमान अवतरण ।
सुनथरालीको लागि उडान गर्ने जहाजमा सवार मुख्यमन्त्री लगायत भिआपीहरु

लामो प्रतिक्षा पछि कालिकोटको सुनथराली विमान स्थल उद्घाटन भएको छ । कालिकोटको कोटवाडामा रहेको यो विमानस्थल उद्घाटन नभएरै अस्तित्ववाट हटाउने सम्भावना थियो । कर्णाली क्षेत्रमा सडक संजालको पहुँच नपुग्दै निर्माण कार्य थालिएको यो विमानस्थलले थुप्रै समस्या झेल्नु पर्यो । ०५८ सालमा यो विमानस्थल निर्माणमा खटिएका ३६ जना मजदुरको तत्कालीन शाही नेपाली सेनाले माओवादी भएको आरोप लगाई हत्या गरेको थियो । श्रमिकको सामुहिक हत्या भएपछि यसको काम स्थगित बन्न पुग्यो । २०६६ सालसम्म विमानस्थलको कुनै काम हुन सकेन । माओवादी शान्ति सम्झौता मार्फत खुला राजनीतिमा आएपछि यसको निर्माणमा चाँसो देखायो ।

युद्ध मनोविज्ञन सम्झाउने यो विमान स्थल ऐतिहासिक भएको भन्दै तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रि खड्क विश्वकर्माले काम अगाडी बढाउने प्रक्रिया गरेका थिए । तर काम हुन सकेन । २०७० मा कालिकोटबाट दोस्रो संविधानसभाका लागि निर्वाचित महेन्द्र बहादुर शाहीले यसको विशेष कार्ययोजना बनाई काम गरेको कालिकोट जिल्लाका माओवदी संयोजक लक्ष्मिप्रसाद चौंलागाईले बताए । २०७३ मा रन वे तयार भयो तर कालो पत्रे थिएन । त्यो बेलाका संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रि जिवन वहादुर शाही सहितको टोली सवार तारा यएरले पहिलो पटक यो विमानस्थलमा परिक्षण उडान गरेको थियो । त्यसपछी ठप्प रहेको विमान स्थल महेन्द्र बहादुर शाही कर्णालीको पहिलो कार्यकालको मुख्यमन्त्री हुँदा निकै जोडका साथ विमानस्थल कालोपत्रे र व्यावस्थापकिय सुधारको लागि कदम चालेका थिए । संघीय सरकारलाई पटक पटक ध्यानाकर्षण गरेका थिए । उनको भनाई थियो विमानस्थल निर्माण भै सकेको छ, यसको सदुपयोग योजना बन्नु पर्छ र नियमित उडान हुनुपर्छ भन्ने उनको जोड रहेको स्थानिय बताउछन् । आज जहाजहरुले सफल रुपमा अवतरण र उडान गरेका छन् । हाम्मा माननीय महेन्द् बहादुर शाहीको प्रयास सफल भयो एक स्थानीयले खुसि व्यक्त गरे । विमानस्थल निर्माण र सफल परिक्षण भएको छ । अव यसको नियमित उडानलाई ध्यान दिन व्यावस्थापकिय र अन्य व्यापारिक पक्षमा जुट्नुपर्ने समय आएको कर्णाली प्रदेशको उपसभामुख यसोदा न्यौपानेले बताइन् ।
निर्माण सुरु भएको ३८ बर्षपछि सुनथराली विमान स्थल संचालनमा आए संगै माथिल्लो कर्णालीका पाँच वटै जिल्लामा विमान सेवा प्रयोगमा ल्याउन सकिने भएको छ । अव जुम्ला विमानस्थललाई विस्तार गरि फ्यूल र ह्याङ ्गर सुविधा सहितको नाइट स्टप सेवा विस्तार गरेमा कम बर्षा हुने माथिल्लो कर्णालीमा आन्तरिक हवाइ सेवा विस्तार मार्फत पर्यटकीय गतिविधिलाई व्यापकता ल्याउन सकिने पर्यटन व्यावसायिहरुको विश्वास रहेको पाइन्छ । 
यो विमान स्थललाई खुलालु हिल्सा सडकको  विपत्त व्यवस्थापन र माथिल्लो कर्णालीमा पर्यटन पर्वद्धन गर्न प्रयोगमा ल्याउन सकिने जुम्लाकी सांसद कान्तिका सेजुवालले बताइन् ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय