काङ्ग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काङ्ग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ ।

निलम्बन फुकुवा गर्न माग गरी रिट दायर गरेका गुरुङको पक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि उनको निलम्बन फुकुवा भएको हो ।

संघीय संसदमा महासचिव पद्म प्रसाद पाण्डेयले बुधबार सूचना जारी गर्दै सर्वोच्चको आदेशअनुसार निलम्बन फुकुवा गरेको सूचना जारी गरेका छन् । 

मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सांसद गुरुङ २०७९ पुस १२ गते निलम्बनमा परेका थिए । निलम्बन गरेपछि गुरुङले फागुन २१ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयले बुधबार जारी गरेको सूचनापत्र 

null

मौसम पूर्वानुमानको कामलाई प्रभावकारी बनाउँछौँ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मौसम पूर्वानुमानका विषयलाई प्रभावकारी बनाउने गरी योजना तय गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । जल तथा मौसम विज्ञान विभागले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कम्तीमा २४ घण्टाभित्रको मौसम पूर्वानुमान प्रभावकारी हुनेगरी योजना तय गर्न सम्बन्धित विभागलाई आग्रह गरेका छन्।  मन्त्री बस्नेतले त्यसका लागि मन्त्रालयले सम्बन्धित विभागलाई आवश्यक सहयोग गर्ने पनि बताए। मन्त्री बस्नेतले सो कामलाई प्रभावकारी बनाउन विश्वविद्यालय लगायतका सम्बन्धित पक्षसँगको सहकार्यमा जोड दिन पनि आग्रह गरे।  उनले भने, 'मौसमबारे २४ घण्टाको बारेमा ढुक्क साथ बोल्न सक्ने के गर्दा हुन्छौँ ? भन्ने कुराको एउटा लक्ष्य निर्धारण गरौँ । त्यसको निम्ति हामीले के गर्नुपर्ला, हामीले पूरा गर्नुपर्ने त्यसका निम्ति सर्तहरू के होला ? त्यही किसिमको योजना विभागको तर्फबाट हुन सक्यो भने भरपर्दो हुन्छ।'

जसपाका तीन मन्त्रीको शपथ साँझ ६ बजे

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)बाट सरकारमा सहभागी हुने १ मन्त्री र दुई राज्यमन्त्रीले आजै शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ ६ बजे मन्त्रीको शपथको कार्यक्रम तय भएको हो। जसपाबाट प्रदीप यादव मन्त्री, रञ्जु झा र हसिना खानले राज्य मन्त्रीको शपथ लिन बुझिएको छ। आज विहान जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी हुन लागेको हो।जसपा नेपालबाट वैशाख २२ मा विभाजित राई नेतृत्वको जसपाबाट १ जना मन्त्री पहिले नै सरकारमै छन्।

रविबारे छानबिन समिति नबनाइए राष्ट्रपतिलाई अवरोध गर्छौ : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति गठन नगरिए राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न अवरोध गर्ने संकेत गरेको छ। सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो संकेत गरेका हुन्। कांग्रेसले संसदीय छानबिन समिति गठनको मागलाई निरन्तरता दिने अडान कायमै राखेको हो ।  

चितवनबाट फर्केलगत्तै संसद् सञ्चालनबारे प्रधानमन्त्रीले संवाद सुरू गर्ने

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारको नीति तथा कार्यक्रमको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका छन् । सोमबार बिहान सभामुख घिमिरेले टेलिफोन गरेर प्रधानमन्त्रीसँग नीति तथा कार्यक्रमको विषयमा छलफल गरेका हुन् । उनीहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसद्को तयारीबारे छलफल भएको छ।  सो क्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी सभामुख घिमिरेलाई गराएका छन् । प्रधानमन्त्री प्रचण्डले सत्तारूढ दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र सोमबार साँझसम्म निष्कर्षमा पुगिने जानकारी गराए। प्रधानमन्त्री प्रचण्डले आफू चितवनबाट फर्केलगत्तै संवाद सुरू गर्ने बताए। उनले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराएका छन् ।  सहकारीको रकम अपचलन गरेको विषयमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ।  सदनको गतिरोध अन्त्यका लागि आइतबार सभामुख घिमिरेले दलका प्रमुख सचेतक र सचेतकसँग छलफल गरेका थिए। मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । यसअघि नै सदनको गतिरोध अन्त्यका विषयमा सभामुख घिमिरे र प्रधानमन्त्री प्रचण्डले छलफल गरेका हुन् । 

लोकप्रिय