कम्युनिष्टहरुलाई वैचारिक एकतामा अघि बढ्न ज्येष्ठ कम्युनिष्टहरुको अपिल

कम्युनिष्टहरुलाई वैचारिक एकतामा अघि बढ्न ज्येष्ठ कम्युनिष्टहरुको अपिल

काठमाडौं । वामपन्थी ज्येष्ठ नागरिकहरूले विचारधारात्मक एकताका आधारमा अघि बढ्न र मुख्य मुद्दाहरूमा एकताबद्ध भइ अघि बढ्न कम्युनिस्ट पार्टीहरूलाई अपिल गरेका छन्।


यही कात्तिक ९ र १० गते पोखरामा सम्पन्न ‘वामपन्थी ज्येष्ठ नागरिक मिलन कार्यक्रम गण्डकी’ ले यस्तो अपिल गरेको हो। कार्यक्रमबाट ११ बुँदे प्रस्ताव पारित गरिएको छ।

‘स्वदेश र प्रवासमा रहेर भूमिगत तथा खुलारुपमा संगठित हुदै जेल, नेल तथा कठोर यातना सहेर जीवनको आहुती दिँदै गणतन्त्र स्थापना गर्नका लागि अहिले उमेर र सक्रियताका दृष्टिले जीवनको उत्तरार्धमा पुग्दै गरेको पुस्ताको योगदानलाई पछिल्लो पुस्तासम्म हस्ताान्तरण गर्ने काम भने राम्रोसँग भइराखेको छैन’ संयोजक कृष्णप्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘त्यो खाँचो पुरा गर्ने उद्देश्यले खासगरि निरंकुश पञ्चायती शासनको कालखण्डमा आन्दोलनमा समावेश भएर आफ्नो युवा उमेर व्यतित गर्नुभएका ज्येष्ठ नागरिकहरुको अनुभव तथा योगदानको स्मरण गर्दै एकआपसमा अनुभव आदान प्रदान गर्र्ने उद्देश्यले यहि २०८१ कार्तिक ९ र १० गते पोखरामा ज्येष्ठ वामपन्थी मिलन कार्यक्रम आयोजना गरियो।’

कार्यक्रममा गण्डकीका मनाङ, मुस्ताङ, वागलुङ, पर्वत, कास्की, स्याङ्जा, तनहुँ, लमजुङ, गोर्खा, नवलपुर र आमन्त्रीत पाँचथर र काठमाडौंका समेत गरि १२ जिल्लाका १८० जनाजति (केही इण्ट्री हुन नसकेका समेत) ज्येष्ठ वामपन्थीहरु सहभागि थिए। दुई दिनसम्म हरेकको इतिहास, कम्युनिस्ट आन्दोलनको विगत वर्तमान र भविष्यका विषयमा छलफल गरिएको थियो।


कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय जनमोर्चा समेत कम्युनिस्ट पार्टीका प्रतिनिधिहरूले शुभकामना दिएका थिए। कार्यक्रममा उपस्थितहरुको उमेर ७० देखि ९३ वर्षसम्म रहेको थियो।

यसैगरि आन्दोलनको इतिहासका दृष्टिले नेकपा एमाले, माओवादी केन्द्र, नेकपा मशाल, नेकपा मसाल, चौथो महाधिवेशन, वनारसमा पुष्पलालसँग भेटेर काम थालेको र कम्युनिस्ट आन्दोलनका विभिन्न हाँगामा विभाजित रहेको पंक्ति, गण्डकी धौलागिरी क्रान्तिकारी दल माले, नेपालको कम्युनिस्ट संगठन (मालेमा), मजदुर किसान पार्टी, सर्वहारा श्रमिक संगठन लगायतका विभिन्न समुहमा काम गरेका वामपन्थी तथा कम्युनिस्टहरुको उपस्थिती रहेको थियो।

पारित प्रस्तावहरु
१. गण्डकी प्रदेशका जेष्ठ वामपन्थीहरूको यस ऐतिहासिक भेला देशको आमूल परिवर्तन र समाजवाद स्थापनाको ध्येयबाट अभिप्रेरित भएर विगतका विभिन्न शान्तीपूर्ण तथा सशस्त्र आन्दोलनका क्रममा सहादत प्राप्त गर्नु भएका सम्पूर्ण ज्ञात अज्ञात शहिदहरू, घाइतेहरू र वेपत्ता योद्धाहरूको बलिदानी भावनाको उच्च कदर गर्दछ र तीनिहरुप्रति उच्च सम्मान व्यक्त गर्दछ।

२. यो भेला सहभागी हुन इच्छुक तर स्वास्थ्य र विभिन्न कनिाइका काठिनाइका कारण भेलामा सहभागी हुन नसक्नु भएका अनेकौँ कष्ट, हण्डर, जेल, नेलको सामना गर्दै जीवनको आफ्नो अमूल्य समय कम्युनिस्ट आन्दोलनको वीजारोपण र यसको सम्वर्द्धनमा लगाउनु भएका जेष्ठ कम्युनिस्ट मित्रहरूको सुस्वास्थ्य र आरोग्यताको कामना गर्दछ।

३. गण्डकी प्रदेशका जेष्ठ वामपन्थीहरूको यो भेला वाम एकतातर्फको सकारात्मक कदम हो। यहाँ हामी स्वतन्त्र एवं सबै दलका पक्षधर वामपन्थी क्रान्तिकारीहरू बडो सौहार्दका साथ छलफल र अन्तक्र्रियामा सहभागि भयौं। यस्तो सद्भावपूर्ण कार्यबाट शिक्षा लिँदै हामी देशका सम्पूर्ण वाम दलहरूलाई आपसी कटूता र वैमनस्यता त्यागी कम्युनिस्ट एकताको पक्षमा दह्रो गरी उभिन र त्यसका लागि आ–आफ्नो स्थानबाट प्रयत्न गर्न हार्दिक अनुरोध गर्दछौँ। अल्पकालिन राजनीतिक हितहरुलाई भन्दा समजावादतिरको यात्रालाई सुनिस्चित गर्ने विचारधारात्मक एकताका आधारमा अघि बढ्न र मुख्य मुद्धाहरुमा एकतावद्ध भइ अघि बढ्न पनि हामी कम्युनिस्ट पार्टीहरुलाई अपिल गर्दछौं।

४. यो भेला देशका गण्डकीमा सक्रिय रहेका सम्पूर्ण वाम दलहरूसमक्ष कम्युनिस्ट क्रान्तिकारीहरू र योद्धाहरूको व्यक्तिगत अभिलेख तयार गरी प्रदेशस्तरीय कम्युनिस्ट आन्दोलनको इतिहास तयार गर्ने दिशामा कदम चाल्न अपील गर्दछ।

५. वर्तमान अवस्थामा जनताको हित गर्ने उद्देश्यसाथ मुलुकको विभिन्न स्थानमा खोलिएका केही सहकारी संस्थाहरूमा हुन गएको भ्रष्टाचार र रकम अपचलनले गर्दा सहकारी आन्दोलन नै प्रश्नको कठघरामा उभिन पुगेको छ। जनताले दुःखसाथ बचत गरेको रकम हिनामिना भएको छ। सम्बन्धित दोषीमाथि अविलम्ब कारवाही गर्न र सहकारी पीडित जनताको रकम फिर्ता गर्ने कार्यमा पहल गर्न यो भेला सरकारको ध्यान आकृष्ट गर्दछ।

६. देशमा वर्तमान समयमा लागु भइरहेको निजीकरण र उदारीकरणको नीतिले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगजस्ता क्षेत्रहरूलाई सङ्कटमा पार्नुका साथै रोजगारी र जनजीविकामा नकारात्मक प्रभाव पर्नुका साथै देशको अर्थतन्त्र धराशायी बनाउँदै लगेको छ भन्ने हाम्रो ठहर छ। रोजगारीको अभावमा लाखौ युवा विदेशिने र ग्रामीण क्षेत्रहरू उजाड बन्ने क्रम बढ्दो छ। यो भेला सम्पूर्ण लोकतन्त्र र समाजवादका पक्षधर दलहरूसमक्ष दलाल पुँजीवादको संरक्षण गर्ने निजीकरणको आर्थिक नीति अन्त्य गर्दै स्वतन्त्र राष्ट्रिय अर्थतन्त्र निर्माणको दिशा अवलम्बन गर्न आह्वान गर्दछ।

७. यो भेला नेपालको कालापानी लगायतको सिमा क्षेत्रमा जारी भारतीय हस्तक्षेप र अतिक्रमणको जोडदार विरोध गर्दछ तथा कुटनीतिक वार्ता र संभव प्रयत्नको माध्यमबाट सीमा विवाद र अतिक्रमणको अन्त्यका लागि प्रयास थाल्न सरकारसमक्ष जोडदार माग गर्दछ।

८. नेपालको जटिल भूराजनीतिक अवस्थिति र शक्ति राष्ट्रहरुको बढ्दो चलखेलका कारण हाम्रो सर्वभौम अधिकारमा चुनौती थपिएका छन्। हामी नेपालको राजनीतिक निर्णय प्रक्रियामा पछिल्लो समय बढ्दै गएको अमेरिका लगायतका शक्तिकेन्द्रको हस्तक्षेपको विरोध गर्छौं र सरकारलाई नेपालको भूमि कुनैपनि मित्रराष्ट्रका विरुद्ध प्रयोग हुन नदिने नीतिलाई निरन्तरता दिन माग गर्दछौं।

९. यो भेला देशको अखण्डता र सार्वभौमिकतामा आँच आउने खालका विदेशी राष्ट्रहरूसँगका विगतमा भएका असमान सन्धी संझौताहरूलाई खारेज गर्न जोडदार माग गर्दछौँ।

१०. यो भेला रुस र युक्रेनबीचको युद्धको शान्तिपूर्ण समाधान चाहन्छ।

११. यो भेला प्यालेष्टाइनी जनतामाथि भएको बर्वर इजरायली हमलाको सशक्त विरोध गर्दछ र संयुक्त राष्ट्रसङ्घसमक्ष इजरायली ज्यादती रोकी प्यालेष्टाइनी जनताको हकअधिकारको संरक्षण गर्न र मध्यपूर्व समस्याको स्थायी समाधान गर्नका लागि उचित कदम चाल्न अनुरोध गर्दछ।

बालेनप्रति भट्टराईको टिप्पणीः उनी नेपालका लागि खतरनाक हुनसक्छन्

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबारे सन्देहपूर्ण धारणा राखेका छन् । बालेनले आगामी २०८४ सालको निर्वाचन अगाडि पार्टी खोल्न सक्ने टीकाटिप्पणी हुने गरे पनि बालेनको लोकप्रियताका बिच आफूले उनको वास्तविकता बुझ्न नसकेको भट्टराईको धारणा छ ।  ‘बालेन के हुन् भन्ने मैले बुझेको छैन । एकखालको रहस्यमय पात्र जस्तो देखिन्छ’ प्रमुख सञ्चारमाध्यमका सम्पादकका साथै पत्रकारहरूसँगको छलफलमा भट्टराईले भने, ‘उनी हेर्दा पलपुर पनि देखिन्छन् । ट्रकहरूमा पनि बालेनको फोटो  देखिन्छ । सामाजिक सञ्जाल हेर्दा पनि लोकप्रियता देखिन्छ । तर, उनको वास्तविकता स्पष्ट नभएको यस्तो पृष्ठभूमिमा हाम्रो जस्तो जटिल भूराजनीतिक संरचनामा बढो खतरनाक हुन सक्छन् ।’ यद्यपि देशका लागि अग्रगामी सोचसहितको वैकल्पिक शक्तिचाहिँ चाहिने उनको भनाइ छ । अग्रगामी सोच राख्ने शक्तिहरूसँग विगतदेखि नै आफू सकारात्मक रहेको उल्लेख गर्दै भट्टराईले आफ्नो चाहना अबको चुनावमा त्यस्ता शक्तिहरूसँग तालमेल वा मोर्चाबन्दी गर्ने रहेको बताए ।   एमाले र कांग्रेसको शक्ति घट्ने विश्लेषण भट्टराईले ०८४ पछि  एमाले र कांग्रेसको निर्णायक बन्ने हैसियत घट्ने पनि विश्लेषण गरे । उनीहरूलाई चुनौती वैकल्पिक शक्तिले नै दिने उनको जिकिर थियो ।  तर, वैकल्पिक शक्ति अहिले नै यो हुनसक्छ भनेर भन्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै भट्टराईले भने, ‘यो स्पेस अहिले खाली नै छ । ‘अन्नोन’ कुनै पात्र आउन पनि सक्छ ।’ प्रचण्ड धेरै पर पुगिसके उनले आगामी दिनमा माओवादीसँग एकता हुन कठिन रहेको समेत बताए। ‘प्रचण्ड धेरै पर पुगिसक्नु भयो’, उनको भनाइ थियो, ‘मुद्दामा मिलेर जान सकिएला ।’ यस्तै भट्टराईले भ्रष्टाचार अहिलेको प्रमुख चुनौती रहेको उल्लेख गर्दै यसको नियन्त्रणका लागि लोकपाल वा बलियो अरू कुनै आयोग निर्माण गर्नुपर्ने बताए । तर, त्यस्ता आयोगमा भ्रष्ट प्रवृत्तिकै मान्छे आएमा समस्याको समाधान नहुने उनको भनाइ थियो ।  यस्तै भट्टराईले अहिलेको प्रणालीबाट कसैको पनि बहुमत आउन नसक्ने उल्लेख गर्दै प्रत्यक्ष कार्यकारीको पक्षमा समेत वकालत गरे ।   

ज्ञानेन्द्र शाहलाई भेटेको भन्ने हल्लाको प्रचण्डद्वारा खण्डन

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको खण्डन गर्नुभएको छ । माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै पूर्व राजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताउनुभयो । ‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनी बीच बाटोबाट फर्केको सुनेको छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भनेको भन्नु सही होला ?’

आज सत्तारुढ दलहरुको बैठक बस्दै

काठमाडौं । सत्तारूढ दलको बैठक शुक्रबार दिउँसो तीन बजे बस्दैछ। बालुवाटारमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। देशको पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्य सम्पादन लगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलहरूको बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) का बीचमा सात बुँदे सहमति भएर केपी शर्मा ओली प्रधानमन्त्री बनेका हुन्। सरकारमा कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी सहभागी छन्। जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति, जनमत पार्टीले सरकारलाई समर्थन गरेका छन्।

दाङमा सर्वपक्षीय अन्तर्क्रिया गर्दै विप्लव

दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ले दाङमा सर्वपक्षीय अन्तर्क्रिया गर्न थाल्नुभएको छ । उहाँले प्रदेश राजधानी देउखुरीस्थित राप्ती गाउँपालिकाको सभाहलमा ‘संकटग्रस्त नेपालले खोजिरहेको निकास, नयाँ नीति र नेतृत्व’ विषयक सर्वपक्षीय भेटघाट तथा अन्तरक्रिया गरिरहनुभएको छ। नेपाल कम्युनिस्ट पार्टी दाङले कार्यक्रमको आयोजना गरेको हो ।

लोकप्रिय