बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

बागमतीको मुख्यमन्त्रीमा कांग्रेसका लामा नियुक्त

बागमती । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले आजै प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। 


मुख्यमन्त्री शालिकराम जम्कट्टेलको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आज साँझ ५ बजेसम्मको समय तोकेर दाबी पेस गर्न आह्वान गरेका थिए ।

नवनियुक्त मुख्यमन्त्री लामाको सपथग्रहण कार्यक्रम भोलि बिहान ११ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। भोलि नै मुख्यमन्त्री लामाले कांग्रेसबाट सात र एमालेका छ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् ।

कीर्तिपुरमा आजै मतगणना गर्ने आयोगको तयारी

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख र दुई वडाध्यक्षका लागि भइरहेको उपनिर्वाचनको मतगणना आजै शुरू हुने भएको छ । मतदानको समय सकिएपछि मतपेटिका संकलन गरेर आजै रातिबाट मतगणना गर्ने काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।  कीर्तिपुरमा ३१ हजार ११२ मतदाता रहेका छन् । बिहान ७ बजेदेखि शुरू भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ । १२ बजेसम्म कीर्तिपुरमा ३५ प्रतिशत मत खसेको छ ।  कीर्तिपुर नगरपालिका प्रमुख, यसका १ र ४ वडाका वडाध्यक्षका लागि अहिले मतदान भइरहेको छ । १० वटा वडा रहेको कीर्तिपुरमा २० मतदानस्थल र ३८ वटा मतदान केन्द्र छन् ।  मेयर र वडाध्यक्षको मतगणना कीर्तिपुर नगरपालिका कार्यालयको सभाहलमा आजै रातिदेखि हुने भट्टराईले जानकारी दिए । काठमाडौं-१६ को मतगणना पनि आजै हुने जानकारी उनले दिए । यी तीनवटै वडाको परिणाम रातभरमा आइसक्ने छ ।  उपनिर्वाचनमा कीर्तिपुरको मेयरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दल र स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर, माओवादीबाट शिवशरण महर्जन प्रतिस्पर्धामा छन् । परम्परागत दललाई स्वतन्त्रका राजमान महर्जनले टक्कर दिने सक्ने आकलन गरिएको छ ।

यी हुन् उपनिर्वाचन भइरहेका ४१ स्थान, कहाँ कसले जितेका थिए ? सूचिसहित

काठमाडौं । स्थानीय तहको उपनिर्वाचन आइतबार बिहान ७ बजेदेखि सुरु भएको छ । ४१ पदका लागि हुन लागेको  निर्वाचनमा ३७६ जना उम्मेदवार मैदानमा छन् ।  जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट कात्तिक २ मा मनोनयनपत्र दर्ता भएको थियो । जसमा तीन पदमा निर्विरोध निर्वाचित भएसँगै आइतबार ४१ पदमा मात्रै निर्वाचन सुरु भएको हो । उपनिर्वाचन हुने पदहरु– काठमाडौं : कीर्तिपुर नगरपालिका प्रमुख (०७९ मा कांग्रेसले जितेको ) जाजरकोट : नलगाढ नगरपालिका उपप्रमुख (०७९ मा कांग्रेसले जितेको ) दैलेख : महाबु गाउँपालिका अध्यक्ष (०७९ मा कांग्रेसले जितेको ) बाजुरा : स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष (०७९ मा कांग्रेसले जितेको ) मोरङ : ग्रामथान गाउँपालिका अध्यक्ष (०७९ मा कांग्रेसले जितेको ) दोलखा : गौरीशंकर गाउँपालिका उपाध्यक्ष (०७९ मा कांग्रेसले जितेको ) रुकुमपूर्व : पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष (०७९ मा माओवादीले जितेको ) हुम्ला : सुर्केगाढ गाउँपालिका उपाध्यक्ष (०७९ मा माओवादीले जितेको ) वडाध्यक्षहरु ताप्लेजुङ : सिरिजंगा गाउँपालिका वडा नम्बर ३ (०७९ मा कांग्रेसले जितेको ) झापा : कन्काई नगरपालिका वडा नं ६ (०७९ मा एमालेले जितेको ) तेह्रथुम : लालीगुराँस नगरपालिका वडा नं ८ (०७९ मा कांग्रेसले जितेको ) सुनसरी : गढी गाउँपालिका वडा नम्बर ६ (०७९ मा एमालेले जितेको ) ओखलढुंगा : मोलुङ गाउँपालिका वडा नम्बर ५ (०७९ मा एमालेले जितेको ) उदयपुर : त्रियुगा नगरपालिका वडा नम्बर १२ (०७९ मा कांग्रेसले जितेको ) उदयपुर : बेलका नगरपालिका पालिका वडा नम्बर ९ (०७९ मा कांग्रेसले जितेको ) सप्तरी : डाक्नेश्वरी नगरपालिका पालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको ) सप्तरी : डाक्नेश्वरी नगरपालिका पालिका वडा नम्बर ४ (०७९ मा कांग्रेसले जितेको ) धनुषा : धनुषाधाम नगरपालिका पालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको ) महोत्तरी : रामगोपालपुर नगरपालिका वडा नम्बर २ (०७९ मा माओवादीले जितेको ) रौतहट : ईशनाथ नगरपालिका वडा नम्बर ७ (०७९ मा एमालेले जितेको ) रौतहट : गढीमाई नगरपालिका वडा नम्बर ८ (०७९ मा जसपाले जितेको ) रौतहट : राजपुर नगरपालिका वडानम्बर ६ (०७९ मा कांग्रेसले जितेको ) नुवाकोट : ककनी गाउँपालिका वडा नम्बर २ (०७९ मा कांग्रेसले जितेको ) काठमाडौं : काठमाडौं महानगरपालिका वडा नम्बर १६ (०७९ मा कांग्रेसले जितेको ) काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको ) काठमाडौं : कीर्तिपुर नगरपालिका वडा नम्बर ४ (०७९ मा स्वतन्त्रले जितेको ) मकवानपुर : हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ (०७९ मा माओवादीले जितेको ) गोरखा : गोरखा नगरपालिका वडा नम्बर १२ (०७९ मा एमालेले जितेको ) गुल्मी : मुसीकोट नगरपालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको ) कपिलवस्तु : शुद्धोधन गाउँ पालिका वडा नम्बर १ (०७९ मा कांग्रेसले जितेको ) रुकुमपूर्व : पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ (माओवादीको निर्विरोध जीत) रुकुम पश्चिम : सानीभेरी गाउँपालिका वडा नम्बर ५ (०७९ मा कांग्रेसले जितेको ) रोल्पा : रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ (०७९ मा कांग्रेसले जितेको ) बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ (०७९ मा कांग्रेसले जितेको ) जाजरकोट : कुसे गाउँपालिका वडा नम्बर ७ (०७९ मा माओवादीले जितेको ) दैलेख : दुल्लु नगरपालिका वडा नम्बत्रर १३ (०७९ मा एमालेले जितेको ) बझाङ : सूर्मा गाउँपालिका वडा नम्बर ४ (०७९ मा एमालेले जितेको ) डोटी : पूर्वीचोकी गाउँपालिका वडा नम्बर ६ (०७९ मा कांग्रेसले जितेको ) कालीकोट : तिलागुफा नगरपालिका वडा नम्बर ४ (०७९ मा माओवादीले जितेको ) डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ (०७९ मा एमालेले जितेको ) दार्चुला : दुहु गाउँपालिका वडा नम्बर ५ (०७९ मा माओवादीले जितेको ) कञ्चनपुर : भीमदत्त नगरपालिका वडा नम्बर ६ (०७९ मा कांग्रेसले जितेको )

उपनिर्वाचनमा ३७६ उम्मेदवार, दुई लाख २६ हजार मतदाता

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत ४१ पदका लागि मतदान सुरू भएको छ । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेदेखि साँझ ५ मतदान हुनेछ ।  निर्वाचन आयोगका अनुसार नगरपालिकाका मेयर र उपमेयर एक–एक, गाउँपालिका अध्यक्ष दुई, गाउँपालिका उपाध्यक्ष चार र ३३ वडाध्यक्षका लागि मतदान हुँदैछ । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन् । उपनिर्वाचनका लागि दुई लाख २६ हजार ७९९ मतदाता ९१ लाख ११ हजार ८९६ महिला र १एक लाख १४ हजार ९०० पुरुष र तीन अन्य० छन् । दल र स्वतन्त्रका गरी ३७६ उम्मेदवार मैदानमा छन् । आयोगले मतदाता परिचयपत्र, नागरिकता, राहदानी, सवारीचालक अनुमतिपत्र तथा स्थायी लेखा नम्बर परिचयपत्रका आधारमा मतदान गर्न पाउने व्यवस्था गरेको छ । ज्येष्ठ नागरिक, गर्भवती, फरक क्षमता भएका व्यक्ति, बिरामी, किरियापुत्री र अन्य लिंगीलाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । आयोग प्रवक्ता नीता पोखरेल अर्यालले सम्बन्धित निर्वाचन क्षेत्रमा बिदाको व्यवस्थासहित आवश्यक निर्देशन दिइएको बताइन् ।  मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रङका निर्वाचन चिह्न छन् । उम्मेदवारका आधारमा प्रत्येक पदका लागि छुट्टाछुट्टै मतपत्रे डिजाइन गरिएको छ ।

दुई दिन भित्रै उपनिर्वाचनको परिणाम सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको मत परिणाम दुई दिनभित्र आइसक्ने बताएको छ। आइतबार बिहानदेखि शुरू भएको मतदानको अन्तिम नतिजा सोमबार अबेरसम्ममा आइसक्ने आयोगले जनाएको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर १७ गतेभित्रै मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरिएको बताए। स्थानी राजनीतिक दलका प्रतिनिधिले सहयोग गरे सोमबार अबेरसम्ममा परिणाम सार्वजनिक गर्ने आयोगको भनाइ छ।  आयोगले एउटा मात्रै केन्द्र रहेको वडामा मतदानलगत्तै मतगणना गर्ने योजना बनाएको छ। वडामा एकभन्दा बढी मतदान केन्द्र भएका स्थानमा भने मतपेटिका एकै ठाउँमा ल्याउनुपर्ने भएकाले मतगणना केही ढिलो हुनसक्ने छ।  ४१ पदका लागि मतदान जारी छ। उपनिर्वाचनले नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ जनालाई निर्वाचित गर्ने छन्।  रिक्त ४४ पदमध्ये तीन पदमा भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। निर्वाचनको मतपरिणाम आयोगको वेबसाइटबाट हेर्न सकिने आयोगले जनाएको छ ।

लोकप्रिय