गृहमन्त्रीको मुद्दामा दुई न्यायाधीशको राय बाझियो, पूर्ण इजलासमा जाने

गृहमन्त्रीको मुद्दामा दुई न्यायाधीशको राय बाझियो, पूर्ण इजलासमा जाने

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सर्वोच्च अदालतका दुई न्यायधीशको राय बाझिएको छ ।

न्यायाधीसद्वय सपना मल्ल प्रधान र सारंगा सुवेदीको राय बाझिएको हो । दुई न्यायाधीशबीच मतान्तर भएपछि यो मुद्दाको छिनोफानो हुन सकेन।

बिहीबार न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा दुवै पक्षको बहस सकिएसँगै आदेश दिने क्रममा राय बाझिएको थियो।

सुवेदीले सहकारी प्रकरणमा मुछिएर अनुसन्धान अघि बढेको अवस्थामा संवैधानिक नैतिकताको ख्याल गर्दै मार्ग प्रशस्त गर्नु पर्ने राय दिँदा अर्की न्यायाधीश प्रधानले भने राजीनामा दिनुपर्ने कानुनी बाध्यता नरहेको तर्क गरेकी छन् ।

मुद्दा अब पूर्ण इजलासमा जानेछ ।

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

काठमाडौं । प्रतिनिधिसभाको बैठक नयाँ वानेश्वरस्थित संसद भवनमा जारी छ । संसद्मा सांसदहरुले धारणा राखिरहेका छन् ।

बाढी पहिरोको सम्भावित क्षति र जोखिम न्यूनिकरणमा हातेमालो गर्न अपिल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्च वर्षा हुने प्रक्षेपण भइरहेकाले बाढी पहिरोबाट हुनसक्ने सम्भावित क्षति र जोखिम न्यूनिकरण गर्न व्यवस्थित सरकारले विपद् व्यवस्थापन तथा जोखिम न्यूनिकरण समितिको बैठक राखेर आवश्यक पूर्वतयारीको काम गरिरहेकोले सम्भावित क्षति र जोखिम न्यूनिकरणमा हातेमालो गर्न अपिल गरेका छन् । उनले सामाजिक संञ्जाल फेस्बुक मार्फत बाढी पहिरोका कारण देशका विभिन्न भूभागमा भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै सरकारको प्रयासमा सार्थक हातेमालोका निम्ति सम्पूर्ण राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिल गरेका हुन् । साथै, प्रधानमन्त्री प्रचण्डले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्दार र राहतमा सक्रिय हुन सरकारका सम्पूर्ण निकायलाई निर्देशन समेत दिएका छन् ।

भारतको सिलोङमा नेपालीसहित चार जनाको हत्या

काठमाडौं ।भारतको सिलोङमा एक नेपालीसहित  चारजना हत्या गरिएको छ।  मेघालय राज्य अन्तर्गत सुत्ंगा, जयन्तिया हिल्समा उनीहरूकाे बीभत्स हत्या भएको हो । पहिला बाँधेर त्यसपछि धारिलो हतियार प्रयोग गरेर हत्या गरेको देखिएको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । घटना भएको स्थान मेघालयको राजधानी शिलोङबाट १३० किलोमिटर टाढा भएको बताइएको छ। मारिने ४ जना ईलाम, धरान र भोजपुरका नेपाली भएको प्रारम्भिक सूचना छ। ती मध्ये एक जना ईलामका रवि राई रहेकाे समाचारमा उल्लेख छ। ४ जना नै स्थानीय कोइला खानीमा काम गर्दै आएका बताइएको छ। यो घटनाबारे दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी पुगेको छ।

सप्तकोशीमा जलसतह बढ्यो, ४१ ढोका खोलिए

धरान । सप्तकोशी नदीको जलसतह बढेको छ। आज बिहान ६ गरिएको मापन अनुसार कोशी ब्यारेजमा पानीको बहाव तीन लाख १६ हजार आठ सय क्युसेक पुगेको छ। सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढे पछि कोशी ब्यारेजका ५६ मध्ये ४१ वटा ढोका खोलिएका छन्। सप्तकोशी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोशी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ । कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति खतराको संकेत रातो बत्ती बाल्ने गरिन्छ। पानीको बहाव एक लाख ५० हजार कट्दा पश्चिमतर्फ  र दुई लाख कट्दा पूर्वतर्फ रातो बत्ती बाल्ने गरिन्छ। पानीको बहाव तीन लाख काट्नासाथ मध्य भागमा पनि रातो बत्ती बाल्ने गरिएको छ।

लोकप्रिय