देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । 

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ ।
 

आज बाला चतुर्दशी पर्व, देशभरका शिवालयमा शतबीज छर्नेको घुइँचो

काठमाडौं । आज बाला चतुर्दशी पशुपतिनाथसहित मुलुक भरका शिवालयमा शतबीज छर्नेको घुइँचो लागेको छ। विशेषगरी पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको हो। शतबीज छर्नुअघि हिजो साँझ उनीहरुले पितृको सम्झनामा दीप तथा महादीप बालेर रातभर जाग्राम बसेका थिए। रातभर जाग्राम बस्ने र भोलिपल्ट ब्रम्हामुर्हतमा बागमतीमा बत्ती बगाउने परम्परा छ। यसपछि स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्ने गरिन्छ। शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल समावेश गरिएको हुन्छ। मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने तथा जन्ममृत्युको चक्रबाट मुक्त हुने धार्मिक मान्यता छ।पशुपतिनाथमा आउन नसक्नेहरुले नजिकैका शिवालयमा बत्ती बालेर त्यहीँ शतबीज छर्ने गरेका छन्। पञ्चांगका अनुसार शनिबार बिहान  १० बजेर १ मिनेटसम्म मात्र चतुर्दशी तिथि छ। त्यसपछि औँसी तिथि लाग्छ। 

रुकुमपूर्वमा महिलाले बाटोमै जन्माइन् बच्चा

रुकुमपूर्व । रूकुम पूर्वकाे सिस्ने गाउँपालिका १ कि एक महिला बाटाेमै सुत्केरी भएकी छिन । सुत्केरी ब्यथाले च्यापेपछि पैदल हिडेर सिस्ने स्वास्थ्य चाैकी आउँदै गर्दा सिस्ने १ लाम्माखाकी २४ वर्षिया माया बुढाले बिच बाटाेमै पाखापानी भन्ने ठाउँमा छाेरीलाई जन्म दिएकाे वडा सचिव चन्द्रदेव खड्काले जानकारी दिनुभयाे । उहाँकाे याे दाेस्राे सन्तान हाे । सिस्ने स्वास्थ्य चाैकीबाट गएका स्वास्थ्यकर्मीले बाटाेमै सुत्केरी बनाएका हुन । बाटाेमै सुत्केरी व्यथाले च्यापेकाे खबर पाएपछि सिस्ने स्वास्थ्य चाैकीका इन्चार्ज काशीराम ओली स्ट्रेचर लिएर जानुभएकाे थियाे । बाटाेमै सुत्केरी भएपश्चात् स्वास्थ्यकर्मी सहितकाे टाेलीले आमा र शिशुलाई बाेकेर स्वास्थ्य चाैकी पुर्याएकाे सचिव खड्काले बताउनुभयाे । उहाँका अनुसार आमा र शिशुकाे अवस्था सामान्य रहेकाे छ । २४ घण्टाकाे निगरानी पश्चात् आमा र शिशुलाई डिस्चार्ज गरिएकाे उहाँले बताउनुभयाे । सिस्ने गाउँपालिका वडा नम्बर १ सडक सञ्जालमा जाेडिन सकेकाे छैन । एउटा मात्र स्वास्थ्य संस्था रहेकाे यस वडामा स्वास्थ्य संस्था पुग्न घण्टाैं पैदल हिड्नुपर्ने बाध्यता रहेकाे छ । जिल्ला अस्पताल रूकुमकाेट पुग्न १ देखि २ दिनसम्म पनि पैदल हिड्नुपर्ने बाध्यता छ । 

एमालेका पूर्वमन्त्रीलाई मुद्दा एमालेका पूर्वमन्त्रीलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च रिट दायर

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई मुद्दा नचलाउने निर्णय बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले मुद्दा नचल्ने निर्णय बदर हुनुपर्ने र उनीमाथि फेरि अनुसन्धान गरी मुद्दा दायर गर्न निर्देशन दिनुपर्ने माग राखी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् । उनलाई मुद्दा नचल्ने भनी गरेको निर्णय बदनियतपूर्ण भएकाले तत्काल बदर हुनुपर्ने उनको माग छ । पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि १० मंसिरमा हिरासतमुक्त गरिएको थियो । मन्त्री अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो । डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।

रामेछाप दुर्घटनाः वडा अध्यक्षको पनि मृत्यु

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का अध्यक्षको मृत्यु भएको छ । शुक्रबार दिउँसो सोही गाउँपालिकाको वडा नम्बर ६ स्थित सिमलडाँडा भिरमा फोर्स गाडी दुर्घटना हुँदा वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको हो ।  उनी गत स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।  उक्त दुर्घटनामा अन्य ४ जनाको पनि मृत्यु भएको छ । 

लोकप्रिय