यस्ता छन् पछिल्ला दुईवटा मन्त्रिपरिषद बैठकका २० निर्णय

काठमाडौं । नेपाल सरकारको पछिल्ला दुईवटा मन्त्रिपरिषद्को बैठकले गरेका २० वटा निर्णयहरू सार्वजनिक भएको छ।
सोमबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले निर्णयहरू सार्वजनिक गरेका हुन्।
मंसिर २७ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
१.महान्यायाधिवक्ताको कार्यालयको रणनीतिक योजना कार्यक्रमको लागि आ.व.२०८१/८२ मा सूचना प्रविधि अधिकृत एक अस्थायी दरबन्दी स्वीकृत गर्ने,
२.मिति २०८१ पुस २ र ३ गते थाइल्याण्डको बैंककमा आयोजना हुने एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तीय सहयोगसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा सहभागिताको लागि उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेल नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने,
३.काठमाडौं उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना (दोस्रो)को लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर सहुलीयतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान एवं जापान प्राप्त हुने ३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने,
४.सिँचाइ आधुनिकीकरण अभिवृद्धि आयोजना कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट नेपाल सरकारलाई प्राप्त हुने ८५ मिलियन अमेरिकी डलर (करिब र११ अर्ब ५५ करोड) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने,
सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव आलोकचन्द्र श्रेष्ठलाई नेपाल कानून आयोगको सचिव पदमा र नेपाल कानून आयोगका सचिव पाराश्चर ढुङ्गानालाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा सरुवा गर्ने
६.नेपाल न्याय सेवा, न्याय समूहका सात जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूलाई सरूवा गर्ने
मंसिर २८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
१.एसियाली विकास बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रमका लागि १०० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने,
२.नेपाल सरकारको नाममा दर्ता रहेको सर्लाही जिल्ला साविक लक्ष्मीपुर गा. वि.स.को ०–५–२–८ बिघा सरकारी प्रकृतिको जग्गा स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि हरिपुर नगरपालिका, सर्लाहीलाई उपयोग गर्न स्वीकृति दिने,
३.निर्माणाधीन नागढुंगा सुरुङ मार्ग आयोजनाअन्तर्गत क्षतिपूर्ति तथा समस्या समाधानको लागि सैद्धान्तिक सहमति दिने,
४.अन्तर्राष्ट्रियस्तरको फुटबल, कराँते र बिच भलिबल प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा ३५ जनालाई पुरस्कार तथा सम्मान गर्नका लागि स्वीकृति दिने,
५.देवराज ढुंगाना, मोरङलाई सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने,
६.शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा डा। राजेन्द्र प्रसाद बराल, कास्की र दीपक राज सापकोटा, भोजपुरलाई मनोनयन गर्ने,
७.संयुक्त राष्ट्र संघीइ सन्धीजनित निकायहरूमा पेश गरिने प्रतिवेदनहरूको अभिन्न अंगको रूपमा रहने आधारभूत साझा दस्तावेज स्वीकृत गर्ने,
८.आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अभिसन्धिको समितिसमक्ष नेपालले पेश गर्नुपर्ने चौथो आवधिक प्रतिवेदन स्वीकृत गर्ने,
९.नेपाल सरकार र गणतन्त्र भारत सरकारबीच हस्ताक्षर हुने सरसफाई र स्वच्छता क्षेत्रको विकाससम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने,
१०.विद्युतीय सुशासन आयोग (गठन तथा सञ्चालन) (पहिलो संशोधन) आदेश, २०८१ स्वीकृत गर्ने,
११.सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१ स्वीकृत गर्ने,
१२.लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति, २०८१ स्वीकृत गर्ने,
१३.औद्योगिक तथा लगानी प्रवर्द्धन कोष सञ्चालन कार्यविधि, २०८१ स्वीकृत गर्ने,
१४.राष्ट्रिय शहरी नीति, २०८१ स्वीकृत गर्ने।
अध्यक्ष प्रचण्डद्वारा विश्व वातावरण दिवसको शुभकामना व्यक्त
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रधानमन्त्री कार्यकालको स्मरण गर्दै वातावरणीय एजेन्डालाई नीति निर्माणको केन्द्रमा राखेको बताएका छन्। विश्व वातावरण दिवस–२०८२ को अवसरमा जारी शुभकामना सन्देशमा उनले जलवायु परिवर्तनका मुद्दाहरूलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी ढंगले उठाएको उल्लेख गरेका छन्। “मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने क्रममा वातावरणीय विषयवस्तुहरूलाई नीति निर्माणको मूल एजेन्डा बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको क्षतिको क्षतिपूर्तिको सवाल दृढतापूर्वक उठाएको छु,” उनले भने। पूर्वप्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमणलाई जलवायु न्याय र वातावरणीय मुद्दाको सन्दर्भमा ऐतिहासिक मानिएको बताए। गुटेरसको भ्रमणको क्रममा उठाइएका जलवायु सम्बन्धी सवालहरू विशेष महत्वका रहेको उनको भनाइ थियो। उनले जलवायु अनुकूलन रणनीति, हरित ऊर्जा, र वातावरणमैत्री नीतिहरूलाई प्राथमिकतामा राख्दै नेपाललाई हरित विकासतर्फ डोर्याउने प्रयास गरिएको पनि स्मरण गरे।
भिजिट भिसा प्रकरण : गृहमन्त्रीको राजीनामामा सहमति नजुट्दा संसद बैठक स्थगित
काठमाडौं । गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिन र राजीनामाको माग भइरहँदा सहमति नजुटेपछि प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ। सभामुखको पहलमा सत्ता र विपक्षी दलबीच छलफल भए पनि दुवै पक्ष आ–आफ्नै अडानमा अडिग रहे। सत्तापक्ष गृहमन्त्रीलाई सदनमा बोल्न दिनुपर्नेमा अडिएको छ भने विपक्षीले छानबिन आयोगको टीओआरसहित सरकार आउनुपर्ने माग राखेको छ।
चल्न थाले सार्वजनिक सवारी, सहज बन्दै आवागमन
काठमाडौं । यातायात व्यवसायीको आन्दोलन फिर्ता भएसँगै आजदेखि सार्वजनिक सवारीसाधन निर्वाधरूपमा सञ्चालनमा आएका छन्। यातायात व्यवसायी र केन्द्र सरकारबीच केन्द्रमा भएको सहमति अनुसार गण्डकी सरकारले राइड सेयरिङलाई वैधता दिने नियमावली एक महिनाका लागि स्थगित गरेपछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन्। दुई दिनको हडतालले जनजीवन प्रभावित भएको थियो।
राजावादीविरुद्ध सशक्त प्रतिकार गर्न अध्यक्षा प्रचण्डको निर्देशन
काठमाडौं — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी शक्तिहरूको गतिविधिविरुद्ध सशक्त र संगठित प्रतिकार गर्न पार्टीका नेता, कार्यकर्ता तथा युवाहरूलाई निर्देशन दिएका छन्। काठमाडौं उपत्यकामा सुरु गरिएको नेवा–तामसालिङ जागरण अभियानको थानकोटमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै उनले राजावादी प्रवृत्तिले देशमा पुनः अस्थिरता सिर्जना गर्न खोजिरहेको भन्दै त्यसविरुद्ध जनस्तरमा व्यापक प्रतिवाद गर्नुपर्ने बताए। उनले भने, “हामी अहिले शान्तिपूर्ण सङ्घर्षमा छौं। तर राजावादीहरूको वितण्डा जसरी देखिएको छ, त्यसको जवाफ दिनुपर्छ। यदि उनीहरूले हामीमाथि प्रहार गर्छन् भने इँटको जवाफ पत्थरले दिनुपर्छ।” उनले गाउँ-गाउँ, टोल-टोलमा युवाहरूलाई सक्रिय भई राजावादी प्रवृत्तिको पर्दाफास गर्न अपिल गरे। प्रचण्डले भिजिट भिसा प्रकरणप्रति पनि गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार, यस प्रकरणमा देखिएको गम्भीरता हेर्दा छानबिन अपरिहार्य छ र त्यसलाई निष्कर्षमा पुर्याउन माओवादी केन्द्र प्रतिपक्षसँग समन्वयमा लागिपरेको छ। “सरकारले जबरजस्ती अघि बढ्न खोजेपछि सदन स्थगित भयो,” उनले भने, “तर हाम्रो लडाइँ अझै जारी छ।” कार्यक्रममा उनले पार्टीभित्रका नेताहरुलाई पनि जनमुखी शैली अपनाउन सुझाव दिए। भाषण धेरै गरेर जनतालाई वाक्क बनाउने होइन, छोटो र प्रभावकारी कार्यक्रम मार्फत जनसंवादलाई प्राथमिकता दिनुपर्ने उनले बताए। “मलाई लाग्यो आज भाषण अलि धेरै भयो। भाषण गरेर होइन, सांस्कृतिक कार्यक्रम, जनसंवाद, र प्रत्यक्ष सम्पर्कबाट मात्रै यस्तो अभियान सफल हुन्छ,” उनले भने। माओवादी केन्द्रले यसअघि हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग क्षेत्रमा जागरण अभियान सम्पन्न गरिसकेपछि काठमाडौं उपत्यकामा विशेषतः नेवार र तामाङ समुदायलाई लक्षित गरेर यो नयाँ अभियान सुरु गरेको हो। यस अभियानमार्फत समुदायमा जागरण, संगठन विस्तार, र पार्टी विचारको पुनः स्थापनामा ध्यान दिइने पार्टीले जनाएको छ। कार्यक्रममा प्रचण्डले जनताको कुरा बढी सुन्ने र आफ्ना कुरा कम बोल्ने बानी बसाल्न नेताहरूलाई आग्रह गरे। उनका अनुसार, जनताको सहभागिताबिना कुनै पनि अभियान सफल हुन सक्दैन। पार्टीले सञ्चालन गर्ने सबै कार्यक्रमहरू जनअपेक्षा र वास्तविकतालाई सम्बोधन गर्ने खालका हुनुपर्ने उनले उल्लेख गरे।