निमित्त मुख्य सचिवको जिम्मेवारी गड्तौलालाई

निमित्त मुख्य सचिवको जिम्मेवारी गड्तौलालाई

काठमाडौँ। सरकारले निलम्बित मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा सारेर निमित्त मुख्य सचिवको जिम्मेवारी सचिव लीलादेवी गड्तौलालाई दिएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गरेसँगै स्वतः निलम्बन भएका मुख्य सचिव डा। अर्याललार्य राष्ट्रिय योजना आयोगमा विशेष पद (जगेडा) सिर्जना गरेर सारेको हो ।

अर्को मुख्य सचिव नियुक्त नभएसम्म गड्तौलाले मुख्य सचिवको जिम्मेवारी सम्हाल्ने छिन् ।

चिकित्सा शिक्षा आयोगको निर्देशकमा चार जना सिफारिस

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशक पद नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले चार जनाको नाम सिफारिस गरेको छ। समितिले सर्ट लिस्टमा परेका १२ जना मध्येबाट प्रा.डा. गुरुप्रसाद खनाल, प्रा।डा। सुजनबाबु मरहट्टा, प्रा.डा. सुदीप आचार्य र डा. सरला श्रेष्ठलाई सिफारिस गरेको हो । प्रारम्भिक छनोटमा परेका १२ जनामध्येबाट खनाल, मरहट्टा, आचार्य र श्रेष्ठलाई नियुक्तिका लागि सिफारिस गरिएको छ । मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्त हुनेछन् । चिकित्सा शिक्षा आयोगमा निर्देशकका ४ पद रिक्त छन् । चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०८० कात्तिक २३ गते राष्ट्रिय योजना आयोगका वरिष्ठ सदस्य डा. रामकुमार फुयाँलको संयोजकत्वमा ३ सदस्यीय निर्देशक नाम सिफारिस समिति गठन गरेका थिए। समितिले ०८० मंसिरमा माग गरेको विज्ञापनमा २० जनाले आवेदन दिएका थिए । त्यसमध्ये १२ जनाको नाम सर्ट लिस्टमा परेको थियो।

नेपाल प्रहरीका २२९ हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस (नामावलीसहित)

काठमाडौं । नेपाल प्रहरीका २२९ जना प्रहरी हवल्दारहरु वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस भएका छन् । बिहीबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकको निर्णय अनुसार उनीहरू वरिष्ठ हवल्दार पदमा बढुवाको लागि सिफारिस गरिएको हो। नामावली

तीन सहसचिव सचिवमा बढुवा

काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाका तीन जना सहसचिवहरूलाई सचिवमा बढुवा गरेको छ।आयोगको आइतबार बसेको बैठकले एक सरकारी वकिल र दुईजना न्याय प्रशासनका कर्मचारीहरूलाई सचिवमा बढुवा गरेको हो। कामु नायव महान्यायाधिवक्ता खेमराज ज्ञवाली महान्यायाधिवक्ता कार्यालयको सचिव सरहको पद नायव महान्यायाधिवक्ता बढुवा भएका हुन् । उनी सरकारी वकिल समूहका हुन् । आयोगले सर्वोच्च अदालतका सह–रजिष्ट्रार यमबहादुर बुढामगरलाई न्याय परिषद्को सचिवमा बढुवा गरेको छ। अनि न्यायपरिषदका कामु सचिव भद्रकाली पोखरेललाई सर्वोच्च अदालतको रजिष्ट्रारमा बढुवा गरेको हो।

राष्ट्रिय अनुसन्धान विभागले माग्यो २५२ जना कर्मचारी

काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदका लागि २५२ जना कर्मचारी मागेको छ ।विभागले आज एक सूचना जारी गर्दै विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो। विभागले सहायक सूचक पदमा २३४ जना, १६ जना सुरक्षागार्ड र २ जना परिचर मागेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि एक महिनाभित्र दरखास्त दिन सकिने छ ।सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने छ। त्यसैगरी सुरक्षागार्ड र परिचरका लागि तोकिएकै स्थानमा पुगेर आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

लोकप्रिय