आज यी प्रदेशमा हुने छ हल्का वर्षा

आज यी प्रदेशमा हुने छ हल्का वर्षा

काठमाडौं । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेश, बाग्मती र गण्डकी प्रदेशमा आंशिक प्रभाव छ । साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेकाले आज यी स्थानमा बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसमी बुलेटिनका अनुसार हाल कोशी, बाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारण बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा हल्कादेखि मध्यम बदली रहनेछ ।

आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार पनि कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली साथै बाग्मती प्रदेशक  र गण्डकी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

आज र भोलि रिङरोडमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं । बडादसैँको अवसरमा यात्रुहरूको सहजताको लागि सशस्त्र प्रहरी बलले शुक्रबार र शनिबारका लागि काठमाडौँको रिङरोडमा नि:शुल्क बस सेवा सञ्चालन गरेको छ ।  आज बिहान ६ बजेबाट सुरु भएको नि:शुल्क बस सेवा अन्तर्गत एउटा बस प्रधान कार्यालयबाट कलङ्की, सातदोबाटो, कोटेश्वर, गौशाला , महाराजगन्ज, बालाजु रुटमा सञ्चालन गरिएको छ । अर्को बस प्रधान कार्यालयबाट बालाजु, महाराजगन्ज, गौशाला, कोटेश्वर, सातदोबाटो, कलङ्की रुटमा सञ्चालन गरिएको छ । चाडपर्वको समयमा सार्वजनिक गाडी कम गुड्ने भएकोले सर्वसाधारणको सुविधाको लागि बस सञ्चालन गरिएको सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । बडादसैँको अवसरमा यस अघिका वर्षमा पनि काठमाडौँमा सशस्त्र प्रहरी बलले  निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।  यसै गरि विगत वर्षहरू जस्तै यस वर्ष पनि सर्वसाधारणका लागि सशस्त्र प्रहरी बलले देश भरी स्थानीय निकायसँगको समन्वय समेतमा १ सय ९७ वटा लिङ्गे पिङ राखेको छ । विगत करिब १४ वर्षदेखि पिङ राख्ने कार्यलाई यो वर्ष पनि निरन्तरता दिइएको हो । 

एक सातामा तेह्र लाखले छाडे काठमाडौं उपत्यका

काठमाडौं । एक सातामा काठमाडौँ उपत्यकाबाट १३ लाख मानिस बाहिरिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार उक्त सङ्ख्या शुक्रबारसम्मको हो।  अठार लाख मानिस दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिने अपेक्षा गरिएकामा बाढीपहिरोका कारण १३ लाखको हाराहारीमा मानिस बाहिरिएका महासङ्घका अध्यक्ष विजय स्वारले जानकारी दिए।  ‘हामीले यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरेका थियौँ’ , उनले भने,  ‘तर मुलुकका विभिन्न स्थानमा बाढीपहिरोका कारण सडक अवरुद्ध भएकाले जोखिम मोलेर पनि १३ लाख बाहिरिएका छन्।’   अघिल्लो वर्षको दसैँमा १८ लाख मानिस काठमाडौँबाट बाहिरिएका थिए। 

काठमाडौं उपत्यकाबाट ८ लाख यात्रु बाहिरिए

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार अहिलेसम्म ८ लाख यात्रु दसैं मान्न काठमाडौं उपत्यकाबाट बाहिरिएका छन् । महासंघका अनुसार यस वर्ष १० लाखको हाराहारीमा यात्रु बाहिरिने अनुमान गरिएको छ । महासंघका अध्यक्ष विजय स्वारले यस वर्षको दसैंमा १५ देखि १८ लाख यात्रु उपत्यका बाहिरिने अनुमान गरिए पनि बाढी पहिरोका कारण सडक सञ्चालनमा अवरोध भएपछि अनुमानभन्दा कम बाहिरिएको बताए । 'सडक राम्रो छैन, सर्वसाधारणले कठिन यात्रा गरिरहेका छन्,' उनले भने, 'उपत्यका बाहिर घर हुनेले पनि यस वर्ष काठमाडौमै दसैं मान्ने योजनामा छन्, कयौँ त हवाईयात्राबाट पनि गएका छन् ।' स्वारका अनुसार शुक्रबारसम्म दसैंका लागि उपत्यका छोड्ने क्रम जारी रहने भएकाले समग्रमा कति यात्रु उपत्यकाबाट बाहिरिने हुन् भन्ने तथ्यांक आउन बाँकी छ । 'आज कति यात्रु बाहिरिनुभएको छ, साँझसम्म यो क्रम जारी रहन्छ, शुक्रबार पनि बाहिरिन्छन्,' उनले भने । काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रवक्ता विश्वराज खड्काले दसैंमा आवतजावत बढ्ने हुँदा सडक दुर्घटना न्यूनिकरण गर्न सजगताका साथ राजमार्गहरूमा ‘चेक’ भइरहेको जानकारी दिए ।

मेलम्चीको पानी आज बेलुकादेखि काठमाडौंमा वितरण हुने

काठमाडौं । मेलम्चीको पानी मंगलबार बेलुकासम्म काठमाडौंमा वितरण सुरु हुने भएको छ । मेलम्ची खानेपानी विकास समितिका अनुसार अहिले सिन्धुपाल्चोकको हेलम्बुबाट पानी सुरुङमा पठाउन प्राविधिकहरूले मेसिनको सहायताले काम गरिरहेका छन् । खानेपानी सुरुङको मुखमा पठाउने काम भइरहेको छ । मेलम्ची खोलालाई सुरुङको मुखबाट पानी भित्र पठाउन ढुंगा र बालुवा पन्छाउने काम भइरहेको प्राविधिकहरूले जानकारी दिउका छन् । खानेपानीमन्त्री प्रदीप यादवले सोमबार राति बाढीप्रभावित हेलम्बुवासीको समस्या हल गर्ने सहमति गरेपछि सुरुङमा पानी प्रवेश गराउन लागिएको हो । स्थानीयसँग राति अबेरसम्म पानी पठाउने सहमति गरेर मन्त्री यादव मंगलबार बिहान काठमाडौं फर्किएका छन् । २०७८ को बाढीपछि मेलम्चीको पानी निरन्तर वितरण हुन सकेको छैन । बाढीबाट मुहान र सुरुङ बचाउन हरेक बर्सातमा पानी बन्द गरिँदै आएको छ । गत असारमा बन्द भएको पानी अहिले पुनः सुरुङमा प्रवेश गराउन लागिएको हो । समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार अहिले काठमाडौंमा वितरण गरिएको बागमती मुहानको पानी बागमती खोलामा पठाएर मेलम्चीको पानी जोड्ने तयारी गरिएको छ । मेलम्चीको पानी बन्द भएपनि गत असारदेखि वितरण प्रणालीमा बागमतीको पानी पठाइएको थियो । गत असारमा बन्द गरेको २६ किलोमिटर सुरुङमा बर्सातका बेला पनि पानी भरिएरै बसेको थियो । त्यसैले कारण मुहानबाट पठाउने बितिक्कै सुन्दरीजल प्रशोधन केन्द्रबाट पानी काठमाडौंको थोक प्रणालीमा पठाउने लामिछानेले जानकारी दिए । सुरुङ खाली भएको अवस्थामा भने पूर्ण रुपमा भरिन १२ दिन लाग्ने प्राविधिकले जानकारी दिए । २०७८ सालको बाढीबाट क्षतिग्रस्त मेलम्ची मुहान क्षेत्रकाबासिन्दाले पुनर्स्थापना, पुनर्निर्माण र पानीको लेबी सम्बन्धी माग राखेर आन्दोलन गर्दै आएका थिए । उनीहरूले माग सम्बोधनको सुनिश्चत नभई पानी लैजान नदिने अडान राखेको कारण समस्या भएको थियो । मन्त्री यादव आफै मुहानका बासिन्दासँग वार्ता गर्न हेलम्बु गएका थिए ।

लोकप्रिय