एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा (एमाले)ले को केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।

बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, भर्खरै सकिएको स्थानीय तह उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

रवि लामिछानेमाथि सरकारको व्यवहार लज्जास्पद  : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौँ  । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई रातारात एक ठाउँबाट अर्को ठाउँमा सारिनु मानवअधिकारको उल्लंघन भएको बताउनुभएको छ । लामिछानेमाथि सरकारले गरेको व्यवहार लज्जाजनक भएको भन्दै उनले क्षोभ व्यक्त गरिन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । हिरासतमा राखेका लामिछानेलाई २(२ दिनमा अदालत बदल्दै हिँडाउनु र राति सुतिरहेको वेला उठाएर हिँडाउनु पनि मानवीयता नभएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘एउटा मान्छेलाई २(२ दिनमा अदालत परिवर्तन गराइरहेको छ। हाजिर गराइरहेको छ एउटै मान्छेलाई। त्यो मान्छेको मानवअधिकार कहाँ गयोरु प्रत्येक दिन कहिले राति उठाएर निद्रामै कुदाएको छ कहिले चाहिँ सुतिरहेको मान्छेलाई उठाएर हिँडाएको छ‚ कुदाएको छ। यो अड्डामा हाजिर गराको छ‚ त्यो अड्डामा हाजिर गरा छ।’ सरकारले लामिछानेको मानवअधिकार हनन हुने गरी काम गरिरहेको पनि स्पष्ट बताउनुभयो।अदालतमा मुद्दा नआइपुग्दासम्म अदालतले केही गर्न नमिल्ने पनि उहाँको  तर्क थियो। न्यायालयले उचित न्याय दिने  उनको कथन छ। अपवादमा कोही न्यायाधीशलाई छोडेर सबै न्यायाधीशले न्याय दिने उहाँले बताउनुभयो ।   उहाँले भन्नुभयो‚ ‘तर सरकारले के गर्‍या छ ? एउटा मान्छे कतिवटा अदालतमा कुदिसक्यो‚ कति महिना कुदिरा छ। त्यो त अति भयो। हेर्दाखेरी हामीलाई पनि लाज शरम आउन थाल्यो। यो त हदै भयो।’ अहिलेको संविधान खराब भन्नु जनतालाई गालि गर्नु भएको बताउँदै उहाँले आफु संविधान संसोधनको विरोधि नभएको बताउनुभयो । तर अहिले सरकारमा बसेका मान्छेहरु आफ्ना अर्कमन्यता लुकाउनको लागि संविधान संसोधनको नाटक गरिएको उहाँले बताउनुभयो ।

अध्यक्ष प्रचण्ड कपिलवस्तुमा

कपिलवस्तु। प्रमुख प्रतिपक्षि दल नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कपिलबस्तु आउनुभएको छ ।    हिजो अपरान्ह कपिलवस्तु आउँनुभएका उहाँले आज रुपन्देहीको तिलोत्तमाको डाइबर टोलमा ११ बजे हुने एक कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव राम परियारसहित जनमुक्ति पार्टीका नेताकार्यकर्ता साथै विभिन्न पार्टीका नेता कार्यकर्तालाई पार्टीमा प्रवेस गराउने कार्यक्रम रहेको छ । त्यसअघि अध्यक्ष प्रचण्डले बुद्धको जन्म स्थल लुम्बिनिमा मोर्निङ वल्क गर्नुभएको थियो ।

युवालाई खेलप्रति आकर्षित गर्न आवश्यक : सभामुख घिमिरे

काठमाडौं । संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल भएको छ ।मंगलबार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो । १८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गर्नुभएको छ भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गर्नुभएको छ । फुटसल खेलका क्रममा बोल्नुहुँदै सभामुख घिमिरेले युवापुस्तालाई खेलप्रति आकर्षण गर्न फुटसलको आयोजना गरेको बताउनुभयो । उहाँले संसद सेवा दिवसमा संसदका सांसदहरू, सचिवालयका सदस्यहरू, सभामुख, उपसभामुखहरूले विभिन्न कार्यक्रम गरि मनाइरहेकोमा आज फुटसलको आयोजना गरिएको बताउनुभयो । उहाँले प्रतियोगिताले संसद समेत खेलप्रेमि र खेलकुद क्षेत्रका विकासमा सधैं तत्पर रहने सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय सभा अध्यक्ष दाहालले युवाहरुलाई खेलकुद क्षेत्रप्रति आकर्षित गर्दै खेल क्षेत्रको समग्र विकासका लागि यस प्रतियोगिताले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले युवाहरुलाई खेलप्रति धेरै भन्दा धेरै आकर्षण गर्न जरुरी रहेको बताउनुभयो । फुटसल प्रतियोगितामा संघीय संसदका दुवै सदनका सांसद एवं कर्मचारीहरु सहभागि हुनुहुन्छ ।

दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत दिउँसो सवा २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरुसँग छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा संविधान अनुसार बन्न बाँकी कानूनहरूको अध्ययन उपसमितिको प्रतिवेदनमाथि छलफल हुनेछ ।

लोकप्रिय