एमाले सुर्खेतको अधिवेशन आजदेखि

सुर्खेत । नेकपा (एमाले) सुर्खेतको नवौं जिल्ला अधिवेशन आज देखि सुरू हुँदैछ। बिहीबार बिहान ११ बजे वीरेन्द्रनगरमा जिल्ला अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने एमालेका नेता मोहन बडुवालले जानकारी दिए।
बुधवार बसेको जिल्ला कमिटी बैठकले नवौं अधिवेशनमा पेश गर्ने राजनीतिक तथा आर्थिक प्रतिवेदन पास गरेको छ ।
अधिवेशनको सबै तयारी पूरा भएको र अधिवेशनमा ४९५ जना प्रतिनिधिहरु सहभागी हुने बडुवालले जानकारी दिए ।
अधिवेशनअन्तर्गत् बिहिबार नै राजनीतिक तथा आर्थिक प्रतिवेदन पेश गर्ने तालिका रहेको छ। यस्तै बिहीबार रातिदेखि नै बन्दसत्र सुरू हुनेछ । शुक्रबार बिहानदेखि निर्वाचन प्रक्रियामा जाने र सहमति नभए निर्वाचनबाटै आइतबारसम्म जिल्लाको नयाँ कमिटी घोषणा गरिसक्ने तयारी छ ।
माओवादीको पदाधिकारी बैठकका यस्ता छन् निर्णय
काठमाडौं ।नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने अघिल्लो अडान यथावत राख्ने निर्णय गरेको छ। शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको बैठकले भिजिट भिसा प्रकरणमा लेखकरूपी जवाफ अस्वीकार्य भएको ठहर गर्दै राजीनामा माग निरन्तरता दिने बताइएको छ। पार्टी प्रवक्ता अग्नी सापकोटाका अनुसार, “ संविधान मै उल्लेख भए अनुसार संसदमा बजेट प्रस्तुतिका लागि सहयोग गरिएको हो, तर गृहमन्त्रीको राजीनामा माग्ने अघिल्लो निर्णय यथावत छ।” साथै बैठकले माओवादी केन्द्रको मध्यपहाडी राजमार्ग केन्द्रित अभियान पुनः जेठ २१ गते बिहीबारदेखि लमजुङबाट सुरु गर्ने निर्णय पनि गरेको छ। अभियान यसअघि पोखरासम्म पुगेर स्थगित भएको थियो। बैठकमा माओवादीसँग एकीकृत भएका नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगानारायण श्रेष्ठसहितका नेताहरू र नेपाः राष्ट्रिय पार्टीका नेताहरूको जिम्मेवारीबारे छलफल गरिएको थियो। पार्टीका विभिन्न मोर्चा र जनवर्गीय संगठनहरूलाई सक्रिय बनाउने विषयमा समेत विस्तृत छलफल भएको सापकोटाले जानकारी दिए।
गणतन्त्रको रक्षा र समृद्धिको मार्गमा सशक्त ढंगले अघि बढ्न अध्यक्ष प्रचण्डको आह्वान
काठमाडौं । गणतन्त्र दिवस २०८२ को अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई शुभकामना दिँदै, नेपाली जनताको बलिदानी संघर्षबाट स्थापित गणतन्त्रको रक्षा र समृद्धिको मार्गमा अझ सशक्त ढंगले अघि बढ्न आह्वान गरेका छन्। उनले महान् जनयुद्ध र जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता तथा घाइते योद्धाहरूको योगदानलाई उच्च सम्मान व्यक्त गरेका छन्। प्रधानमन्त्री दाहालले गणतन्त्रले पितृसत्तात्मक र जहानियाँ राजतन्त्रको अन्त्य गरी समानुपातिक प्रतिनिधित्वसहित समावेशी लोकतन्त्रको आधार तयार पारेको उल्लेख गर्दै अझै आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको कार्यभार पूरा हुन बाँकी रहेको बताएका छन्। उनले सरकारमा देखिएका बेथिति र प्रतिगामी शक्तिहरूका गतिविधिहरूप्रति चेतावनी दिँदै, सबै गणतान्त्रिक शक्तिहरूबीच बलियो एकता र सहकार्य आवश्यक रहेको बताएका छन्। गणतन्त्र दिवसले सबै नेपालीमा गणतान्त्रिक सोच, शैली र आचरणको विकास गरी अग्रगामी परिवर्तनको अभियानमा केन्द्रित हुन प्रेरणा देओस् भन्ने शुभकामना पनि उनले व्यक्त गरेका छन्।
अध्यागमन सेटिङ छानबिन सहज बनाउन राजीनामा दिन गृहमन्त्रीलाई माओवादीको सुझाब
काठमाडौं । अध्यागमन सेटिङ विवादमा मुछिएका गृहमन्त्री रमेश लेखकलाई राजीनामा दिन नेकपा (माओवादी केन्द्रंले सुझाव दिएको छ। सोमबार बसेको पार्टी पदाधिकारी बैठकले नैतिकताको आधारमा राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
माओवादी केन्द्र र नेपाः राष्ट्रिय पार्टीबीच एकता हुँदै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)र नेपाः राष्ट्रिय पार्टीबीच आज औपचारिक पार्टी एकता हुने भएको छ। एकता कार्यक्रम नेपाः ब्यङ्क्वेट, नयाँबजारमा दिउँसो २ बजे हुने माओवादी केन्द्रले जनाएको छ । एकतापछि नेपाः राष्ट्रिय पार्टीका अध्यक्ष डा. विजयप्रकाश सैंजू लगायत सबै तहका नेताहरूलाई नेकपा (माओवादी केन्द्र)मा सम्मानजनक रूपमा समायोजन गरिने जनाइएको छ।