सरकारको गति बढाउन नयाँ समिकरण बनाएका हौँ : प्रधानमन्त्री

सरकारको गति बढाउन नयाँ समिकरण बनाएका हौँ  : प्रधानमन्त्री

पोखरा। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समिकरण बनाइएको स्पष्ट पारेका छन् ।आइतबार बिहान पोखरामा पार्टीका अगुवा नेता कार्यकर्तालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

null

प्रधानमन्त्रीले भने, -'कांग्रेसबाट पटकपटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन। सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं।'

प्रधानमन्त्री प्रचण्डले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइने बताए।उनले भने, -'राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। पूर्वदेखि पश्चिमसम्मको तराई(मधेशलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई-मधेशलाई जोडेर उत्तर-दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ।'

गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उनले बताए ।प्रधानमन्त्रीले भने, 'गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौँ।'

केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले बताए।उनले भने, 'कम्युनिस्ट आन्दोलन विभाजित हुँदा राष्ट्रिय राजनीतिमा प्रतिगामी धारा बलियो हुँदै जान्छ। त्यसले व्यवस्थामाथि नै सङ्कट ल्याउँथ्यो। त्यो चुनौती पार गरिएको छ। देशका राजनीति सही बाटोमा आएको छ।'

भरतपुरको सडक अब ब्रुमरबाट चिटिक्क

चितवन । चितवनको भरतपुर महानगरपालिकाको सडक अब बु्रमरबाट सफा गर्न थालिएको छ ।  महानगरपालिकाले अब ब्रुमर प्रयोग गरेर सडक सफा गर्न सुरु गरेको हो ।  भरतपुर महानगरकी मेयर रेनु दाहालले ब्रुमरमार्फत् सडक सफा गर्दा भरतपुरलाई स्वच्छ र सफा राख्न सहयोग पुग्ने बताएकी छन्।  सडक बडार्दै गरेको ब्रुमरको तस्बिर शुक्रबार बिहान सामाजिक सञ्जालमा राख्दै उनले लेखेकी छन्, ‘निर्माण सम्पन्न भएका सडकहरूमा महानगरले अब यसरी नै सडकको सरसफाइलाई ध्यान दिनेछ। भरतपुरलाई हामी स्वच्छ, सफा र हराभरा महानगर बनाउनेछौँ ।’ महानगरले एक महिनाअघि मात्रै ८४ लाख रुपैयाँ खर्च गरेर ब्रुमर भित्र्याएको थियो । महानगरको आन्तरिक ब्यबस्थापन तथा खरिद शाखा प्रमुख झलककुमार श्रेष्ठले ८४ लाख रुपैयाँ खर्चेर महानगरले काठमाडौँबाट खरिद ब्रुमर ल्याएको जानकारी दिए ।

अमेरिकाले हतियार रोक्ने चेतावनी दिएपछि इजरायलको जवाफ– 'आवश्यक परे नङले लड्छौं'

काठमाडौं । अमेरिकाले हतियार रोक्ने चेतावनी दिएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफूहरू एक्लै उभिन सक्ने बताएका छन् ।इजरायलले गाजाको रफाहमा पूर्ण मात्रामा आक्रमण गर्न आदेश दिए हतियारको ढुवानी रोक्ने चेतावनी अमेरिकाले दिएको थियो। तर, जवाफमा इजरायलका प्रधानमन्त्री नेतान्याहुले आफूहरूले आवश्यक परे नङले लड्ने बताएका छन् ।'आवश्यक परे हामी एक्लै उभिनेछौँ । आवश्यक परे नङले लड्छौँ,' उनले भनेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले रफाहमा आक्रमण भए केही हतियारहरू रोक्ने बताएका छन् ।उता नेतान्याहुले १९४८ को युद्धलाई स्मरण गरेका छन् । ७६ वर्षअघिको स्वतन्त्रता संग्राममा आफूहरू धेरै देशविरुद्ध एक्लै लडेको बताएका छन् । 'त्यतिबेला हामीसँग हतियार थिएन । इजरायलमा हतियार प्रतिबन्ध थियो । तर ठूलो शक्ति, वीरता र एकताका साथ हामी विजयी भयौँ,' उनले भने ।

संघीय संसद्को बजेट अधिवेशन आजदेखि

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरूप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो। नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज अपराह्न २ बजेका लागि आह्वान भएको अधिवेशनमा उपस्थितिका लागि सबै सांसद सदस्यलाई सङ्घीय संसद् सचिवालयले यसअघि नै सार्वजनिक सूचना जारी गरेर अनुरोध गरिसकेको छ। आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ। त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।नीति तथा कार्यक्रम जेठ १ गते सार्वजनिक गर्ने तयारी सरकारको छ । अधिवेशनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिसकेका छन्।

नेपाल टेलिकमले नयाँ लाइसेन्सका लागि तिर्‍यो २० अर्ब

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवाप्रदायक कम्पनी नेपाल टेलिकमले सरकारलाई लाइसेन्स नवीकरणबापतको करिब २० अर्ब रुपैयाँ रकम तिरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणको खातामा १९ अर्ब ८१ करोड १० लाख रुपैयाँ जम्मा गरिसकेको छ। योसँगै नेपाल टेलिकमले जीएसएम सेलुलर मोबाइल सेवा सञ्चालनका निम्ति नयाँ लाइसेन्स पाउने संकेत देखिएको छ। ०५६ वैशाख २९ गते टेलिकमले २५ वर्षे अवधिका लागि लाइसेन्स पाएको थियो । त्यसको म्याद वैशाख २८ गते (भोलि) सकिँदै छ । भोलि नै नियामक निकाय प्राधिकरणले नयाँ लाइसेन्स दिने बताइएको छ । यो विषयमा आजै मन्त्रिपरिषद्को बैठकबाट निर्णय हुन सक्ने स्रोतले जनाएको छ । कति शुल्क तोकेर, कति वर्षको अवधिका निम्ति नयाँ लाइसेन्स दिइन्छ भन्ने त्यसपछि नै थाहा हुनेछ ।

लोकप्रिय