अफगानिस्तानविरुद्ध नेपालको जित

अफगानिस्तानविरुद्ध नेपालको जित

काठमाडौं । यू-१९ विश्वकपमा नेपालले अफगानिस्तानलाई १ विकेटले हराएको छ ।

बलिङमा आकाश चन्द र ब्याटिङमा देव खनाल कप्तानी इनिङ खेलेपछि अफगानिस्तानविरुद्ध एक विकेटको रोमाञ्चक जित निकाल्दै नेपाल आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको हो ।

 अफगानिस्तानविरुद्ध ब्याटिङमा कप्तान देव खनाल
EAST LONDON, SOUTH AFRICA – JANUARY 26: Aakash Tripathi of Nepal bats during the ICC U19 Men’s Cricket World Cup South Africa 2024 match between Afghanistan and Nepal at Buffalo Park on January 26, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

अफगानिस्तानलाई हराउँदै दुई अंक जोडेपछि नेपालले समूह ‘डी’ को तेस्रो स्थानमा पक्का गर्दै सुपर सिक्स यात्रा तय गरेको हो ।

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण सुरु

चितवन । दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता आज (शुक्रबार)देखि सुरु भएको छ । प्रतियोगिताको एक कार्यक्रमका बीच भरतपुर महागनरपालिका प्रमुख रेनु दाहाल र नेपाल क्रिकेट संघ –क्यान) का सचिव पारस खड्काले संयुक्त रुपमा गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव खड्काले नेपाल प्रिमियर लिग –एनपिएल) को अर्को संस्करण चितवनको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना गर्न सकिने उल्लेख गर्नुभयो । यसका लागि रंगशालाको निर्माण कार्यलाई पूर्णता दिन सबै जना अघि बढ्नुपर्ने धारणा राख्नुभयो । नेपाली क्रिकेटलाई नजिकबाट माया गरिदिनु भएकोमा भरतपुर महानगर प्रमुख रेनु दाहाललाई विषेश धन्यवाद व्यक्त गर्नुभयो । विद्यालयस्तर क्रिकेट लिगमा ४७ वटा टिमले सहभागिता जनाउनु निकै सकारात्मक भएको उहाँको भनाई थियो । नेपाली क्रिकेटको भाग्य भविष्य यस्तै घरेलु ग्रासहुड प्रतियोगिताले निर्धारण गर्ने भएकाले भरतपुर मेयर्स कप क्रिकेट लिगले खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने सचिव खड्काले बताउनुभयो । महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई स्पोर्टस् सिटीको रुपमा विकास गर्न मेर्यस कप फटबल, उपमेयर कप भलिबल लगायत विभिन्न खेलहरु महानगरले आयोजना गर्दै आइरहेको स्मरण गर्नुभयो । महानगरपालिकाले यस्ता खेल गतिविधिलाई निरन्तर रुपमा अघि बढाउने उहाँको भनाई थियो । प्रमुख दाहालले अलपत्र रहेको रंगशाला सबैको साथ र सहयोगका कारण निर्माण कार्य तीब्र रुपमा अघि बढ्नु खुसीको विषय भएको उल्लेख गर्नुभयो । उहाँले यही नमुना खेल मैदानमा खेल खेली, छनोट भई जनवरी १८ देखि हुने यू¬ १९ महिला विश्वकप क्रिकेट छनोट भएका टोलीलाई प्रति खेलाडी रु ५० हाजर दिने घोषणा समेत गर्नुभयो । भरतपुर महानगरको आयोजनामा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा लिग प्रतियोगिता हुनेछ । प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी ४७ विद्यालयबीच प्रतिस्पर्धा हुँदैछ । फागुन दोस्रो सातासम्म चल्ने प्रतियोगितामा कुल ६१ खेल हुनेछ । पहिलो चरणमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयबीच छुट्टाछुट्टै छनोट खेल हुनेछ । त्यसबाट छनोट भएका टिमहरुबीच रातो बल अर्थात् दुई दिवसीय प्रतियोगिता हुनेछ । पहिलो चरणको लागि गरिएको ड्र बाट लिटिल फ्लवार स्कुल सिधै दोस्रो चरणमा प्रवेश गरिसकेको छ । यस्तै पहिलो संस्करणको सेमीफाइनलमा पुगेका चार टिम पनि सिधै दोस्रो चरणमा प्रतिस्पर्धा गर्नेछन् ।

एनपीएल विजेताहरुलाई अध्यक्ष प्रचण्डको बधाई

काठमाडौं । नेकपा (माओवादी केन्द्रका) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत विजेता जनकपुर बोल्ट्सका साथै उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्नुभएको छ । यो खेलले नेपाली खेलाडीको क्षमता विकासमा सहयोग पुगेको उहाँले बताउनुभयो । ‘एनपीएल पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई हार्दिक बधाई । प्रतियोगिताको उपविजेता सुदूरपश्चिम रोयल्सलाई पनि बधाई ज्ञापन गर्दछु । नेपाली क्रिकेटको महापर्व एनपीएल भव्य र सभ्य रूपमा सम्पन्न भएको छ । यसले नेपाली खेलाडीको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान गरेको छ । प्रतियोगितामा सहभागी सबै समूह, आयोजक, व्यवस्थापक, खेलप्रेमी दिदीबहिनी तथा दाजुभाइमा हार्दिक धन्यवाद व्यक्त गर्दछु’– अध्यक्ष प्रचण्डले भन्नुभएको छ ।

जनकपुरले उचाल्यो एनपीएलको उपाधि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को यस संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ ।  फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन जोडेको हो ।  सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गर्ने क्रममा जनकपुरका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गरे । उनले ४९ बलमा ९ चौका ४ छक्काको सहयोगमा ८७ रन जोडे । उनलाई सुदूरपश्चिमका स्कट कुग्गेलिजनको बलमा आउट भएका हुन् । अर्का ओपनर आशिफ शेख १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे । एनपीएल सकिएसँगै विभिन्न विधामा अवार्डहरू पनि वितरण गरिएको छ । त्रिवि क्रिकेट मैदानमा आयोजित समापन समारोहमा पूर्वप्रधानमन्त्रीद्वय  पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाले अवार्ड वितरण गर्नुभएको हो ।

जनकपुरले निकाल्यो चौथो जित, लुम्बिनी लगातार चौथोपटक पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहान भएको खेलमा लुम्बिनी लायन्सलाई १ रनले पराजित गर्दै जनकपुर बोल्ट्सले जित निकालेको छ । यो जनकपुरको लगातार चौथो जित हो । उता लुम्बिनी भने लगातार चौथो खेलमा पनि पराजित भएको छ । टस जितेर सुरुवाती फिल्डिङ गरेको लुम्बिनीले जनकपुरलाई १३६ रनमा रोकेको थियो । निर्धारित २० ओभरमा जनकपुरले ९ विकेटको क्षतिमा १३६ रनमा समेटिएपछि लुम्बिनीले १३७ रनको लक्ष्य पाएको थियो । तर, निर्धारित २० ओभरमा लुम्बिनी ८ विकेट गुमाउँदै १३५ रनमा समेटिएपछि जनकपुर १ विकेटले विजयी भएको हो । योसँगै जारी लिगमा अपराजित जनकपुरले लगातार चौथो जित निकालेको हो । जनकपुरले विराटनगर किङ्स र कर्णाली याक्सलाई ८/८ विकेटले पराजित गरेको थियो । त्यस्तै पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको जनकपुरले लुम्बिनीविरुद्ध १ रनको जित निकालेको हो । उता यसअघि विराटनगर, पोखरा र सुदूरपश्चिमसँग पराजित भएको लुम्बिनीको यो चौथो हार हो । जनकपुरका लागि अनिल साहले ४५ रन बनाउँदा आशिफ शेखले १६ रन जोडे । त्यस्तै लाहिरु मिलान्थाले २४ रन जोड्दा हर्स ठाकेर र जेम्स नसिम १/१ रनमा आउट भए । मोहम्मद मोसिन ३ र हेमन्त धामी ९ रनमा आउट हुँदा ललित राजवंशी शून्य रनमा पेभेलियन फर्किए । शुभ कंशाकार २२ रनमा नटआउट रहे । लुम्बिनीका लागि  अविशेष गौतमले ३ विकेट लिँदा साद विन जाफर र रोहित पौडेलले २/२ विकेट लिए । त्यस्तै सन्दीप जोराले १ विकेट लिए ।

लोकप्रिय