रारा तालमा ढुङ्गा चढेर घुम्न पाइने !

रारा तालमा ढुङ्गा चढेर  घुम्न पाइने !

काठमाडौँ, मङ्सिर १९ । ‘मनको माया हजुरको कहिले पाउने हो । हुम्ला, जुम्ला गढीमा कहिले जाने हो, डुङ्गा चढी रारा ताल कहिले घुम्ने हो ।’

कुन्ती मोक्तानले गाएको उक्त गीतको परिणाम ढिलै भएपनि आन्तरिक तथा बाह्य पर्यटकले अन्ततः तालमा डुङ्गा चढ्न पाउने भएका छन् । नेपाल सरकार कृषि विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घले मुगु जिल्लालाई ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ मा आबद्ध गरेपछि सर्वसाधारणलाई शुल्क लिएर रारा तालमा डुङ्गा चढ्न अनुमति दिइएको छ।

जिल्लालाई पर्यटकीय गन्तव्य स्थानका रुपमा विकास गर्ने योजना अनुरुप पहिलोपटक सर्वसाधारणका लागि शुल्क लिएर डुङ्गा सञ्चालन गरिएको कार्यक्रम संयोजक दिलसुन्दर श्रेष्ठले बताएमका छन् । ओभीओपी कार्यक्रम मुगु जिल्लामा पाँच वर्षसम्म लागू हुन्छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ र मुगुस्थित नेपाल उद्योग वाणिज्य सङ्घ, जिल्ला विकास समितिको कार्यालय र जिल्ला कृषि विकास कार्यालयको सहकार्यमा गत महिनादेखि तालमा डुङ्गा सञ्चालन गर्ने अनुमति प्रदान गरिएको हो ।

यसअघि तालमा शुल्क लिएर डुङ्गा चलाउन पाइँदैनथ्यो । अहिले तीनवटा डुङ्गा सञ्चालनमा आएका छन् । डुङ्गाबाट रारा ताल घुम्दा प्रतिडुङ्गा रु ७०० शुल्क तिर्नुपर्छ भने डुङ्गामा पाँचदेखि सात व्यक्ति बस्न सक्छन् ।

नेपाल सरकार कृषि विकास मन्त्रालय तथा नेउवा महासङ्घ÷कृषि उद्यम केन्द्रको सहकार्यमा आव २०६३÷६४ देखि सार्वजनिक निजी साझेदारी अवधारण अन्तर्गत एक गाउँ एक उत्पादन कार्यक्रम लागू भएको छ ।

हाल कर्णाली अञ्चलको मुगु जिल्ला सहित ३३ र ४३ नगरपालिकामा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ । मुगु जिल्लालाई एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत पर्यटकीय जिल्लाका रुपमा विकास गर्ने उद्देश्य अनुरुप ताल्चा गाविसको कार्की वडा राराको मुर्मा, तिनाको झ्यारीमा होमस्टे सञ्चालनको अन्तिम तयारी भइरहेको छ ।

ओभिओपी कार्यक्रमले आन्तरिक तथा बाह्य पर्यटकलाई मनोरञ्जन र बसोबासमा सुविधा दिने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याउन लागिएको कृषि उद्यम केन्द्रका संयोजक श्रेष्ठले बताएको छ। रारा ताल कर्णाली अञ्चलको मुगु जिल्लामा् अवस्थित छ ।

उक्त ताल नेपालको सबैभन्दा ठूलो हो । समुद्र सतहदेखि दुई हजार ९७२ मिटर उचाइमा छ । १०.८ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको उक्त तालको लम्बाइ पाँच किलोमिटर र चौडाइ ३.२ किलोमिटर तथा गहिराइ १६७ मिटर छ ।

रारा राष्ट्रिय निकुञ्जमा कस्तुरी, रतुवा आदि वन्यजन्तु पाइन्छ । नेपालको राष्ट्रिय पक्षी डाँफे र अन्य चराचुरुङ्गी पनि पाइन्छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । राराताल आसपास क्षेत्रमा जेठदेखि असोज महिनामा विभिन्न फूलले ढाकिएको पाइन्छ ।

जसले रारा तालको दृश्यावलोकनलाई लोभ्याउँछ । राराको अर्को थप विशेषता विश्वको अन्यत्र नपाउने असला (हिमाली) माछा तालमा पाइन्छ । तालको पानीमा सैपाल हिमालको साथै सिस्ने र कन्जिरोवा हिमालको छायाँ देखिन्छ ।

सुर्खेत–जुम्ला मोटर बाटो खुलेपछि स्थल मार्गबाट रारा जान दुई दिन लाग्छ । हवाई मार्ग नेपालगन्जबाट ४५ मिनेटमा र तालचा विमानस्थलबाट दुई घन्टाको पैदल हिँडेर रारा ताल पुगिन्छ । अहिले दैनिक झन्डै एक सय आन्तरिक तथा बाह्रय पर्यटकले सो क्षेत्रको भ्रमण गर्ने गरेको मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष कमलबहादुर बुढाले बताएको छ ।

ओभिओपी कार्यक्रम लागू भएपश्चात् होमस्टे सञ्चालनमा गृहिणीको व्यस्तता, युवाले ट्रेकिङ, हाइकिङ तथा ओइटरको काम र स्थानीयस्तरमा पाइने खाद्यान्नको बिक्री वितरणबाट मुगुका किसानको जीवनस्तरमा सुधार आउने अपेक्षा गरिएको छ ।

कालीकोटको रातो मार्सीधान, जुम्ला, हुम्ला, डोल्पामा पाइने सिमी, आलु फापर र कोदो यहाँका किसानको मुख्य उत्पादन हो ।

सरकारले जुम्लादेखि रारासम्म जाने बाटोलाई कालोपत्रे गर्ने हो भन्ने पर्यटकको आगमनमा वृद्धि हुन्छ भने रोजगारीका लागि भारतको काला पहाडतर्फ जाने युवाको पलायन समेत रोकिन्छ, नेपाल उद्योग वाणिज्य महासङ्घ अञ्चल प्रतिनिधि नरवीर रावतले भनेका छन् ।

कोसी, वाग्मती र गण्डकीमा धेरै भारी वर्षाको सम्भावना

  काठमाडौं । आज देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहँदा वर्षाको गतिविधि बढ्ने देखिएको विभागले जनाएको हो। विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। विशेषगरी कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यसबाहेक कोसी र वाग्मती प्रदेशका पहाडी भूभागमा एकदुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। यस क्षेत्रका उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम वर्षा र हिमपातको समेत सम्भावना रहेको बताइएको छ। रातिको पूर्वानुमानअनुसार, देशभर साधारणतया बदली रहनेछ भने कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै स्थानमा वर्षा हुने सम्भावना छ। यी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने देखिएको छ। विभागले संभावित भारी वर्षाको कारण पहिरो, बाढी र जलस्रोतको बहाव बढ्न सक्ने भन्दै सतर्क रहन सबैलाई अनुरोध गरेको छ। विशेषगरी हिमाली र उच्च पहाडी क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन सुझाव दिइएको छ।

मौसम पूर्वानुमानः भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभरको मौसम आगामी २४ घण्टासम्म सामान्यतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेशका केही स्थानहरूमा पनि वर्षा हुन सक्ने विभागले पूर्वानुमान गरेको छ। यससँगै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको बताइएको छ। बिभागले पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी भू–क्षय, बाढी तथा पहिरोको जोखिम हुने स्थानहरूमा सतर्क रहन नागरिकहरूलाई अनुरोध गरिएको छ।

हामी राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धिको अभियानमा छौं  : अध्यक्ष प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय पूँजी प्रवर्द्धन, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल मन्त्र भएको स्पष्ट पार्नुभएको छ। नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारमा रहँदा देशको समग्र आर्थिक रूपान्तरणका लागि उत्पादनशील राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र दलाल पूँजीलाई नियन्त्रण गर्ने योजनाबद्ध प्रयास गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले सरकारको नेतृत्व गर्दा राष्ट्रिय पूँजी प्रवर्द्धन कसरी गर्ने भन्नेमा ध्यान केन्द्रित गरेका थियौं। हाम्रो नीति र कार्यक्रमहरू हेर्ने हो भने, त्यसको मूल मर्म दलाल पूँजीपतिलाई नियन्त्रण गर्दै राष्ट्रिय पूँजीलाई प्रवर्द्धन गर्ने र सुशासन कायम गर्ने मा नै केन्दृत थियो। तर, दुर्भाग्यवश, यो कुरा ९ तपाईंहरू० राष्ट्रिय पूँजीपतिले भन्दा दलाल पूँजीपतिले पहिले बुझे। उनीहरूलाई लाग्यो—यदि माओवादी सत्तामा बस्यो भने, उनीहरूको स्वार्थमा आँच आउँछ। त्यसैले सरकार को नेतृत्व आफूले नेतृत्व गर्न सक्ने अवस्था त भएन । सोहि कारण उनीहरूले कांग्रेस र एमालेलाई खरिद गरेर सत्ता समीकरण बनाए। यो कुरा म विगतदेखि भन्दै आएको छु।” अध्यक्ष प्रचण्डले जनजीविकासँग प्रत्यक्ष जोडिएका ठूला पूर्वाधार परियोजनाहरू अघि बढाइएको स्मरण गर्दै भन्नुभयो, “सरकारको नेतृत्व गर्दै गर्दा हामीले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोरजस्ता परियोजनाहरूको अवधारणा ल्यायौं। ती योजनाहरूले जनताको जीवनस्तरमा ठूला परिवर्तन ल्याएका छन्। रुकुम र बागलुङका जनताले मध्यपहाडी लोकमार्गले ल्याएको क्रान्तिकारी परिवर्तन अनुभव गरिसकेका छन्। पछिल्लो सरकार सञ्चालनका क्रममा हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय पनि गर्‍यौं, जसले एकतर्फी व्यापार निर्भरता कम गर्न सहयोग पुर्याएको छ।” उहाँले माओवादी नेतृत्वको सरकारले विद्युत् लोडसेडिङ अन्त्य, किसानको ऋण मिनाह, र सामाजिक न्यायको कार्यान्वयन जस्ता जनपक्षीय कामहरू गरेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि जनताको पक्षमा उभिने नीतिहरू लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा महासंघका प्रतिनिधिहरूले वर्तमान आर्थिक संकट, लगानीको वातावरण, र नीति स्थायित्वका विषयमा आफ्ना जिज्ञासा र सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन र महासंघका फ्याक्सन इञ्चार्ज गंगा कार्कीले पनि सम्बोधन गर्नुभएको थियो।

आज देशभर मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायतका पहाडी क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। राति कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ भने कोसी, वाग्मती र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। विभागले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ।

लोकप्रिय