आश्राङमा पहिलोपटक स्वास्थ्य शिविर, ४१६ जनाले गरे परीक्षण

आश्राङमा पहिलोपटक स्वास्थ्य शिविर, ४१६ जनाले गरे परीक्षण

आश्राङ, मंसिर २५ । ललितपुर जिल्लाको आश्राङ गाविसमा बृहत स्वास्थ्य शिविर भएको छ । दक्षिण ललितपुरको मकवानपुरसँग सीमाना जोडिएको उक्त गाविसमा भएको शिविरमा हाड जोर्नी, छाला स्त्री रोग र दाँत सम्बन्धी ४१६ जनाले उपचार गराएको आश्राङ हेल्थ पोष्ट व्यबस्थापन समितिका अध्यक्ष टीका बल्लभ बजगाँइले एभरेष्टदैनिक डटकमलाई जानकारी दिए ।

पहिलो पटक उक्त गाउँमा भएको स्वास्थ्य शिविरबाट गम्भीर प्रकृतिका ९ जनालाई काठमाडौं रेफर गरिएको अहेव राजु गौतमले बताए । हाड जोर्नी १४१ जना, साधारण छाला सम्बनधी १९२ जना र स्त्रीरोगमा ५२ जनाले परीक्षण गराएका थिए । गौतमका अनुसार गाउँमा रहेको हेलथपोष्टमा डेढ वर्षदेखि एमविविएस डाक्टर नहुँदा सामान्य घाउ चोट लागेक विरामी पनि काठमाडौं पुग्नुपर्ने बाध्यता थियो ‘हामीले स्थानीयको आग्रहमा आनन्द बन लेप्रोसी मिसन अस्पतालको आयोजनामा बृहत स्वास्थ्य शिविर राख्ने तयारी गरेका थियौं । लेप्रोसी मिसन अस्पतालले सहयोग गरेपछि त्यो सम्भव भयो ।’

asharang

लेप्रोसी मिसन अस्पतालका प्रमुख इन्द्र नापित आफै शिविरमा पुगेका थिए ।  गाउँमा भएको सवास्थ्य शिविरमा विरामीहरुको चाप देखेर ललितपुर जिल्लाका जनस्वास्थ्य प्रमुख झलक शर्मा पाैडेलले त्यहाँ तत्काल डाक्टर पठाइने बताए । उनले अहेव र कर्मचारीहरुलाई दश बजेदेखि चार बजेसम्म सेवा दिन निर्देशन पनि दिए । जिल्लाका प्यूटार, आश्राङ, गिम्दी र मकवानपुर जिल्लाका मन्थली, ठिङ्गन बेतिनी गाविसका विरामीहरु शिविरमा जाँच गराउँन आएका थिए ।
गाउँमा सामान्य रोग लागेका विरामी देखि हाड जोर्नीका विरामीहरु बढीमात्रामा आएका अहेव गौतमले जानकारी दिए । जिल्लाको चापागाँउबाट गाडीमा चार घण्टामा पुगिने आश्राङमा पहिलोपटक शिविर राखिएको हो ।

आज देशभरको मौसम सफा रहने

काठमाडौं । हाल देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको बताएको छ ।  विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसमसफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने भएकाले ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

कोशीमा एमालेका मन्त्री अधिकारीले दिए राजिनामा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजिनामा दिएका छन् । मन्त्रिपरिषद्‌बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषय विवादमा परेपछि राजीनामा दिएका हुन् ।  विवाद परेपछि मोरङ २ को प्रदेशसभा २ बाट नेकपा एमालेको सांसद रहेका अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा बुझाएको जानकारी दिए ।

सुनको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ३०० रुपैयाँ बढेर तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको हो ।  यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार १५ रुपैयाँ घटेर २ हजार १५ कायम भएको महासंघले जनाएको छ । 

अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सुनसहित तीन जना पक्राउ

काठमाडौं । काठमाडौँ, कात्तिक २१ गते ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५ दशमलव ७ किलोग्राम  सुनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विमानस्थलबाट मंगलबारसाँझ करिब ५ किलो  ७ सय ग्राम सुनसहित तीन जनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो ।  उनीहरूलाई भन्सार ब्यागेज क्षेत्रमा रिचेक (पुनः जाँच) गर्ने क्रममा लगेज भित्र राखेको १२ थान स्पीकरमा करिब  ५ के.जी. ७ सय ग्राम सुन फेला परेपछि सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार सुरक्षा बेसको संयुक्त टोलीले निमन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा राखिएको छ ।

लोकप्रिय