एफपीओ निकाल्न स्टान्डर्ड चार्टर्ड बैंकले पायो अनुमति
काठमाडौँ, फागुन ३ । नेपाल धितोपत्र बोर्डले स्टाण्डर्ड चार्टर्ड बैंकलाई थप नयाँ सेयर (एफपीओ) निष्काशनका लागि स्वीकृति दिएको छ । बोर्डले बैंकलाई सोमबार २५ लाख ५८ हजार १४० कित्ता एफपीओ निष्काशनको स्वीकृति दिएको हो ।
प्रतिकित्ता एक सय रुपैंयामा ११९० रुपैंया प्रिमियम थप गरी बैंकले १२९० रुपैंयाको दरले एफपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो । बैकले ३ अर्ब ३० करोड रुपैयाँ बराबरको एफपीओ निष्काशनको स्वीकृति पाएको हो । जसमध्ये बैंकको चुक्ता पूँजीमा २५ करोड रुपैयाँ थपिनेछ भने बाँकी तीन अर्ब पाँच करोड रुपैंया जगेडा कोषमा सञ्चित हुनेछ ।
दुई अर्ब ८१ करोड रुपैयाँ चुक्तापुँजी भएको बैंकले गत आर्थिक वर्षको नाफाबाट ३३ प्रतिशत बोनस वितरण गरी चुक्ता पूँजी तीन अर्ब ७५ करोड रुपैंया पु¥याएको छ । नयाँ सेयर निष्काशन पश्चात बैंकको चुक्ता पूँजी चार अर्ब मात्र पुग्नेछ भने जगेडा कोषमा सञ्चित हुने प्रिमियमबाट चालु आर्थिक वर्षमा बोनस बितरणबाट उसले पूँजी आठ अर्ब पुर्याउनुपर्ने हुन्छ ।
अहिले बैंकको जगेडा कोषमा पाँच अर्ब ११ करोड पाँच लाख रूपैयाँ सञ्चित रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ९४ लाख खुद नाफा कमाएर बैंकले प्रतिसेयर आम्दानी ४९ रूपैयाँ ७० पैसा बनाएको छ ।
नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।
नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो । दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ । २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ ।
सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो
काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ। योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ। सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ। लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ।
नेप्सेमा सामान्य गिरावट
काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ । आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ । यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।