त्यही कामका लागि पनि दीर्घ रोगी बाबुलाई साँझबिहान र बिदाको समय सिलाइमा सघाएर बचेको समय स्कुलका लागि हुन्थ्यो । जति नै दःख परे पनि लेटाङ मोरङका सुजितकुमार दर्नालको पढाइको भोक घटेन । बरु बढ्यो । त्यही भोकले विपन्न दलित परिवारमा जन्मिएका उनी डाक्टर बने ।
नेपालमै सबैभन्दा महँगो विषय चिकित्सा शिक्षा पढ्ने र सफलता पाउने कुरा निम्नवर्गीय परिवारमा जन्मिएका व्यक्तिका लागि कल्पनाभन्दा बाहिरको विषय हो । ‘डाक्टर बन्ने त सोचेकै थिइनँ, मेहनत मात्रै गरेँ’, सुजितले भने, ‘समयले बाटो देखायो र डाक्टर बनायो ।’ नागरिक दैनिकमा खबर छ ।