किम जोङ उनको नक्कली पासपोर्ट ?

किम जोङ उनको नक्कली पासपोर्ट ?

काठमाडौं, फागुन २१ । उत्तर कोरियाली शासक किम जोङ उन र उनका पिता किम जोङ इलले १९९० मा ब्राजिलको नक्कली पासपोर्ट हासिल गरेका थिए भन्ने प्रमाण भेटिएको छ ।

समाचार एजेन्सी रोयटर्सलाई ती दस्ताबेजको फोटोकपी प्राप्त भएको छ, जसमा जोङ उनलाई जोसेफ पाग देखाइएको छ ।, यो खबर आजकोनयाँ पत्रिकामा छापिएको छ ।

जब कि पिताको नाम रिकार्डो र आमाको नाम मार्सेला लेखिएको छ । किम जोकिम जोङ उनका पिता किम जोङ इलको पासपोर्टमा उनको नाम आइजोङ तकोई बताइएको छ ।

ब्राजिलको एक सुरक्षा एजेन्सीले रोयटर्सलाई बताएको छ— चेक रिपब्लिकको राजधानी प्रागस्थित ब्राजिलको दूतावासबाट जारी गरिएका यी दस्ताबेज हेर्दा बिल्कुलै सक्कली देखिन्छन् ।

सुरक्षा एजेन्सीको अर्को एउटा सूत्रले बताएअनुसार यी दस्ताबेज पश्चिमी देशको भिसा हासिल गर्न गरिएको थियो ।

तर, भिसा जारी गरियो अर्थात् यी दस्ताबेज उपयोग गरिएका थिए भन्नेचाहिँ पुष्टि गर्न सकिन्न । तर, उत्तर कोरियाली सत्तारुढ परिवारलाई नक्कली दस्ताबेजको आवश्यकता किन प-यो ?

के साँच्चै यस्तै भएको थियो ?
ब्राजिलको पासपोर्टसित किम जोङ उनको परिवारको नाम जोडिएको यो नै पहिलोपटक होइन । २०११ मा अधिकारीहरूलाई उद्धृत गर्दै जापानी मिडियाले किम जोङ उन आफ्ना भाइ जोङ चुलका साथ ब्राजिलको दस्ताबेजका आधारमा टेकियोस्थित डिज्नेल्यान्ड गएको उल्लेख गरेका थिए ।

जोङ उनका सौतेनी दाइ जोङ नम २००१ मा डोमिनिकनको नक्कली पासपोर्टमा जापान प्रवेश गर्दै गर्दा पक्राउ परेका थिए ।

किमका लागि यसरी नक्कली पासपोर्ट प्राप्त गर्नु खासै ठूलो विषय होइन, तर उनीहरूलाई यस्ता पासपोर्टको आवश्यकता किन प-यो होला ? ९० को दशकमा उत्तर कोरियालाई संरक्षण दिइरहेको सोभियत संघको विघटन भइसकेको थियो ।

देशमा आन्तरिक रूपमा अनिकाल र शासकीय कठोरताका कारण बेहाल थियो । अर्बौं डलरको विदेशी ऋणमा डुबेको यो देश त्यतिखेर अन्तर्राष्ट्रियस्तरमा एक्लिँदै गइरहेको थियो ।

पूरै विश्वमा शीतयुद्धपछिको कूटनीतिमा उत्तर कोरियाका मित्रको संख्यामा लगातार कमी आइरहेको थियो । यसबाट पनि यहाँका पासपोर्टको सीमित उपयोग थियो ।

यी सबका बाबजुद बेलायती सुरक्षा टिंक ट्यांक च्याथम हाउसका उत्तर कोरिया विशेषज्ञ डा. जोन निल्सन राइटलाई आफ्नो शासनको दोस्रो वर्षमै किम जोङ इल नक्कली पासपोर्टमा विदेश गएको विषयमा अचम्म लाग्छ ।

किमका लागि नक्कली पासपोर्ट प्राप्त गर्नु खासै ठूलो विषय होइन, तर उनीहरूलाई यस्ता पासपोर्टको आवश्यकता किन प-यो होला ?

डा. राइटले बिबिसीको एक कार्यक्रममा भने– उनले यस्तो किन गर्न चाहेका होलान् र ? किम जोङ इल जोखिम उठाउन पटक्कै चाहँदैनथे । हामी सबैलाई थाहै छ कि उनले कैयौँ अवसरमा मस्को र बेइजिङको भ्रमण गरेका थिए ।

तर, त्यसका लागि उनलाई पासपोर्ट आवश्यक नपरेको हुन सक्ने निकै सम्भावना छ । यसबाट त यही लाग्छ कि यो उनी र उनका छोराको उत्तर कोरियाबाट सम्भावित रूपमा जोगिएर निस्किने बाटो बनाउने प्रयास पनि हुन सक्छ ।

ब्राजिल नै किन ?
ब्राजिलका एक अधिकारीले २०११ मा अल जजिराका एक पत्रकारलाई बताएका थिए— ब्राजिलको असमान जनसंख्याका कारण आमधारणा यस्तो छ कि यस धर्तीमा कसैले पनि उचित रूपमा ब्राजिलियन भएको दाबी गर्न सक्छ र यही कारण हो, यहाँको पासपोर्टको माग अधिक छ । यो दाबी आज पनि सही नै छ । तर, यसको पुष्टिका लागि त्यति धेरै तथ्यांक उपलब्ध छैन ।

ब्राजिलको सरकार स्वयं यो स्विकार्छ कि २००६ मा व्यापक रूपमा सुरक्षा व्यवस्था अपनाउनुअघि ब्राजिलको नक्कली पासपोर्ट बनाउन निकै सजिलो थियो । किम सजिलै यसलाई प्राप्त गर्न सफल पनि भएका होलान् । किनकि, ब्राजिलमा ठूलो संख्यामा पूर्वी एसियाली मूलका मानिस बस्छन् ।

१९५०—५३ को विनाशकारी कोरियाली युद्धपछि उत्तर कोरियामा तीव्र विकास र पुनर्निर्माणको क्रममा कोरिया र चेकोस्लोभाकियाबीच आर्थिक र सहकारी सम्बन्ध विकसित भएको थियो ।

इजरायली आक्रमणमा मारिएका हिजबुल्लाहका प्रमुखको शव फेला

काठमाडौं । यही सेप्टेम्बर २७ मा इजरायलको हवाई आक्रमणमा मारिएका हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको शव फेला परेको छ। इजरायलले लेबनानको राजधानी बेरुतमा रहेको हिजबुल्लाहको मुख्यालयमा आक्रमण गर्दा उनी मारिएका थिए।  यसैबीच इजरायलले लेबनानसँगको सीमामा ट्यांकहरू तैनाथ गरेको छ। लेबनानका प्रधानमन्त्री नजिब मिकातीका अनुसार इजरायली आक्रमणका कारण झन्डै १० लाख मानिस घरबारविहीन भएका छन्।  न्युयोर्क टाइम्सका अनुसार इजरायललाई नसरल्लाह लुकेको ठाउँ केही महिना पहिले नै थाहा थियो। उनी केही दिनमा अर्को ठाउँमा सर्ने डर इजरायललाई थियो। त्यसकारण यही सेप्टेम्बर २७ मा इजरायलले ८ लडाकु विमान लेबनानको राजधानी बेरुत पठायो र हिजबुल्लाहको मुख्यालयमा २ हजार पाउन्ड वजनका १५ वटा बम खसाल्यो। जहाँ नसरल्लाह थिए र मारिए। यो अपरेसनलाई ‘न्यु अर्डर’ नाम दिइएको छ। 

श्रीलङ्कामा आम निर्वाचनका लागि संसद विघटन

काठमाडौं । श्रीलङ्काको नयाँ राष्ट्रपतिले आकस्मिक आमनिर्वाचनको मार्ग प्रशस्त गर्न संसद विघटन गर्नुभएको छ ।  अनुरा कुमारा दिसानायकेले आफ्नो वामपन्थी राष्ट्रिय जनशक्तिगठबन्धनको संसदमा तीन सीट मात्रै रहेको २२५ सदस्यीय संसद विघटन गर्नुभएको हो ।  सरकारी गजेटमा प्रकाशित सूचनाका अनुसार निर्वाचन १४ नोभेम्बरमा हुने छ, जुन तालिकाअघि नै लगभग एक वर्षअघि हुनेछ। राष्ट्रपतिले आफ्नो सहयोगी हरिणी अमारासुरियालाई प्रधानमन्त्री चयन नियुक्त गर्नुभएको छ, जसले देशको इतिहासमा तेस्रो पटक एक महिलालाई प्रधानमन्त्री बनाइएको छ।  निर्वाचित भएलगत्तै संसद् विघटन गर्ने संकेत दिएका दिसानायके आफ्नो नीति कार्यान्वयनका लागि नयाँ जनादेशमा जान थाल्नुभएको हो ।  श्रीलङ्कामा सांसदहरू पाँच वर्षका लागि निर्वाचित हुने अन्तिम आम निर्वाचन अगस्ट २०२० मा भएको थियो। 

चीनमा कथावाचन साझेदारी यात्राको आकर्षण

चीनको ग्वाङ्डोङ प्रान्तले चीन कथावाचन साझेदारी यात्रा कार्यक्रम आयोजना गरेको छ। बिभिन्न दशवटाच देशका मिडिया संवाददाताहरू र इन्टरनेट प्रभावशाली व्यक्तिहरूको उपस्थितमा यही सेप्टेम्बर २२ देखि झांझियाङमा सहरमा कार्यक्रम सुरु भएको हो । चाइना डेली वेबसाइट र झांझियाङ नगरपालिका सरकारको सूचना कार्यालयद्वारा "म्याङ्ग्रोभहरूको सहर" भनेर चिनिने सुन्दर झांझियाङ सहरमा संयुक्तरूपमा आयोजित कार्यक्रम सेप्टेम्बर २६ मा समापन हुनेछ । चाइनाडेलीले जनाए अनुसार कार्यक्रममा संयुक्त राज्य अमेरिका, क्यानडा, डेनमार्क, स्विडेन, रूस र टर्कीबाट १० जना सहभागी रहेका छन् । चीन कथाकार साझेदारीका सदस्यहरूका रूपमा उनीहरुले झांझियाङको समुद्री सौन्दर्य र सांस्कृतिक धरोहरको अन्वेषण यात्रा सुरु गरेको डेलिले जनाएको छ।  वैश्विक दर्शकहरूलाई झांझियाङको विशिष्ट आकर्षण प्रस्तुत गर्ने मञ्चको रूपमा  यस कार्यक्रममा विदेशी मिडिया सहभागीहरूले आफ्नो शब्द र लेन्स मार्फत सहरको सारलाई समात्ने अवसर पाएका छन्। आधुनिक कथावाचनलाई व्यक्तिगत, अन्तर्राष्ट्रिय स्पर्शसँग सम्मिश्रण गर्दै यो कार्यक्रमले झांझियाङको उच्च गुणस्तरीय विकास र चीनको समग्र आधुनिकीकरण प्रयासहरूमा यसको भूमिकालाई उजागर गर्ने लक्ष्य राखेको थियो।  चिनियाँ मुख्य भूमिको सबैभन्दा दक्षिणी भागमा अवस्थित झांझियाङ, ग्वाङ्डोङ-हङकङ-मकाओ ग्रेटर बे एरिया, हेनान स्वतन्त्र व्यापार बन्दरगाह र ग्वाङ्शी बेइबु खाडी आर्थिक क्षेत्रलाई जोड्ने रणनीतिक केन्द्रको रूपमा चिनिन्छ। www.chinadaily..cn  बाट साभार

इजरायली आक्रमणका कारण हजारौंले लेबनान छाडे

काठमाडौं । बेइरूततर्फको सडकमा ठूलो जाम छ । सहरको नजिकै बम्परदेखि बम्परसम्मको ट्राफिक, मोटरवेमा लामो दूरीसम्म फैलिएको छ। धेरै मानिसहरू अझै दक्षिणबाट भागिरहेका छन्, जहाँ इस्रायली बमबारी रातभरि जारी छ।  सामान्य एक घण्टामा पुगिने सडकमा हजारौं गाडी सत्र घण्टादेखि जाममा छन् । एउटै मोटरसाइकलमा चार जनासम्म चढेर भागिरहेका छन् । इजरायले मुख्य सडकका ठाउँहरूमा बमबारी गरेका कारण यात्रा पनि असुरक्षित बन्दै गएको छ । केही व्यवसाय खुलेका छन्, तर अरू बन्द छन्, भने विद्यालयहरू बमबारीबाट भाग्ने मानिसहरूलाई आश्रय दिने केन्द्रको रूपमा प्रयोग गरिएको छ। केही बासिन्दाहरूले इजरायली सेनाबाट आफूहरूलाई इरानद्वारा समर्थित समूहको स्थानहरू नजिक रहेका क्षेत्रहरू छोड्न एसएमएस र भ्वाइस मेसेजहरू पठाइरहेका छन् ।  टायरको दक्षिणी सहरमा मानिसहरू समुद्रकिनारमा हिँडिरहेका छन् भने आन्तरिक गाउँहरूमा हवाई आक्रमणबाट धुवाँ उठिरहेको छ । 

लोकप्रिय