कृषि मन्त्रीले के के गरे त ६ महिनामा ?

कृषि मन्त्रीले के के गरे त ६ महिनामा ?

काठमाडौं । चक्रपाणी खनाल ‘बलदेब’ कृषि तथा पशुपन्छी विकास मन्त्रालय सम्हालेको ६ महिना पुग्यो । यो ६ महिनामा उनले गरेको कामहरुबारे अाज मन्त्री खनाले सार्वजनिक गरेका छन् । मन्त्री खनालको ६ महिनाको उपलब्धिहरू यसप्रकार छन् ।

कृषि मन्त्रालयका ६ महिनाका मुख्य उपलब्धीहरु
माननीय राज्यमन्त्रीज्यू
सचिवज्यूहरु 
विभागिय प्रमुख, केन्द्रीय निकायका प्रमुख र आयोजना प्रमुखज्यूहरु 
पत्रकार मित्रहरु र 
अन्य उपस्थित महानुभावहरु

लामो समयको राजनीतिक संक्रमण पश्चात मुलुक अहिले संघीयताको पूर्ण कार्यान्वयनसंगै आर्थिक समृद्धिको मार्गमा प्रवेश गरेको छ । यस परिवेशमा नयाँ नेपाल निर्माणका लागि कृषि क्षेत्रको सर्वाङ्गीण विकास मार्फत आर्थिक सम्बृद्धीको आधार तयार गर्ने दृढ संकल्प सरकारले गरेको छ ।
नेपालको अर्थतन्त्रको करिब एक तिहाइ योगदान दिने र कुल जनसंख्याको दुई तिहाइभन्दा बढी हिस्सा प्रत्यक्ष रुपमा संलग्न रहेको कृषि क्षेत्रको गुणात्मक विकास अपरिहार्य छ । परम्परागत र निर्वाहमुखी कृषि उत्पादन तथा वितरण प्रणालीलाई आयमूलक, व्यवसायिक र निर्यातयोग्य बनाउन कृषि क्षेत्रको समग्र रुपान्तरण आवश्यक छ । विदेशियका युवा जनशक्ति तथा स्वदेशमै रहेका युवा तथा बौद्धिक जनशक्तिलाई भूमि र पँुजीको बैज्ञानिक व्यवस्थापन मार्फत स्वदेशमै कृषि क्षेत्रमा समाहित हुने वातावरण सृजना गर्न आवश्यक छ ।

कृषि क्षेत्रको बृहत्तर र अग्रगामी विकासका लागि विद्यमान भू–स्वामित्वलाई नयाँ दृष्टिकोणले वर्गिकृत र परिभाषित गर्नु आवश्यक छ । कृषियोग्य भूमिमा भईरहेको तीव्र खण्डीकरणलाई निरुत्साहित तथा बाँझो जमिनलाई व्यवस्थित र नियमन गर्दै कृषि उत्पादन र उत्पादकत्व बढाउने, कृषिमा विविधिकरण, आधुनिकीकरण, व्यवसायिकरण, यान्त्रिकीकरण र प्रविधिकरण गर्नु नेपालको सन्दर्भमा अपरिहार्य भईसकेको छ । यी विविध सवालको उचित सम्बोधन मार्फत समृद्द नेपाल र सुखी नेपालीको मूल लक्ष्यलाई साकार पार्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आफ्नो काम अघि बढाएको छ ।

मैले २०७४ साल चैत्र २ गते कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीकोे पदभार ग्रहण गरे । यसै अवधिमा २०७५ बैशाख २३ गते कृषि, पशुपन्छी, भूमि तथा सहकारी क्षेत्र विकासको रुपान्तरण सहित मैले ५८ बुँदे रुपान्तरणको मार्गचित्र सार्वजनिक गरे र उक्त मार्गनिर्देशक सिद्धान्त अनुरुप मन्त्रालयले आगामी दिनमा दृढतापूर्वक कार्यान्वयन प्रक्रियालाई तीब्र गतिमा अगाडि बढाइरहेको पनि छ । तत् पश्चात साविक रुपमा रहेको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय मिति २०७५ साउन १० गते मन्त्रिपरिषद्को निर्णयानुसार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको रुपमा पुर्नगठन भयो ।
यस अवधिमा कृषि, पशुपन्छी विकास तथा भूमि व्यवस्था र सहकारी क्षेत्रको विकासमा दूरगामी र महत्वपूर्ण कार्यहरु शुरुवात भएका छन् । भूमि र सहकारी समेत गरी कृषि तथा पशुपन्छी क्षेत्रमा ६ महिनामाासम्म भएका मुख्य–मुख्य उपलव्धीहरुलाई मैले यहाँ प्रस्तुत गर्दछु ।

क) कृषि तथा पशुपन्छी विकास तर्फ भएका मुख्य उपलव्धीहरू

१. रूपान्तरण मार्गचित्र सार्वजनिकः
२०७५ वैशाख २३ गते अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना सहितको ५८ बुँदे कृषि, पशुपन्छी,भूमि व्यवस्था र सहकारी क्षेत्रको रुपान्तरण मार्गचित्र, २०७५ जारी गरिएकोे छ ।

२. कानुन तथा कार्यविधि तर्जूमाः
खाद्य स्वच्छता नीति, अलैंची नीति, खाद्य तथा खाद्य सम्प्रभुता ऐन, जीवनाशक विषादी व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७४, कृषि जैविक विविधता संरक्षण तथा सदुपयोग सम्वन्धी कानुन, कृषि व्यवसाय प्रवद्र्धन विधेयक २०७५, भेटरीनरी ऐन, संक्रामक रोग नियन्त्रण ऐन लगायतका अन्य कानुनहरु केही नयाँ निर्माण, संशोधन र केहि तर्जुमा भइरहेका छन् ।

३. उत्पादन तथा बजार प्रवद्र्धन
३.१ देशको निर्यातजन्य उच्च मूल्य वस्तुमध्ये पश्मिनाको उत्पादन बृद्धिका लागि मूस्ताङको चराङ क्षेत्रमा च्याङग्रा फार्मको स्थापना गरी च्याङग्रा पालनमा कृषकलाई प्रोत्साहन गरिएकोे छ ।
३.२ मासु तथा दूधको उत्पादन बृद्धिका लागि विश्व विख्यात जातहरु बोयर बाख्रा र जर्सी गाईको पोखरा र जीतपुरमा न्यूकिलियस हर्डस्थापना गर्ने कार्य अगाडी बढाईएको छ ।
३.३ पाल्पा, चितवन, मकवानपुर, कास्की जिल्लामा तरकारी बालीका ४३ वटा आधुनिक नर्सरी, १६ वटा सेमी हाइटेक ग्रिनहाउस निर्माण कार्य सम्पन्न गरिएकोे छ ।
३.४ स्याङजा, सिन्धुली, सोलुखुम्बु र जुम्लामा सुन्तला र स्याउका ५ वटा हाइटेक फलफूल बिरुवा उत्पादन नर्सरी निर्माण कार्य सम्पन्न भएको छ ।
३.५ झापा र दाङ्गमा १५ वटा सौर्य सिंचाई आयोजना निर्माण भएको छ । त्यस्तै बाजुरामा ८५ हेक्टर जमिनमा आधुनिक जैतुन बगैंचा र सिन्धुलीमा जुनार प्रशोधन उद्योग स्थापना भएको छ ।
३.६ किसानको घर वा टोलमा नै गई माटो परिक्षण गर्ने कार्य प्रयोजनका लागि ४ वटा माटो परिक्षण मोबाइल प्रयोगशाला भ्यान खरिद गरी माटो व्यवस्थापन निर्देशनालयलाई हस्तान्तरण गरिएकोे छ ।
३.७ व्यवसायिक कृषिलाई प्रोत्साहन गर्न र उत्पादित कृषि उपजको वजारीकरणमा सहयोग पु¥याउन चोभारमा केन्द्रीय पुष्प तथा फलफूल थोक बजार त्यस्तै झापा, विराटनगर, जनकपुर र बुटवलमा ४ वटा प्रदेश स्तरीय कृषि तथा पशु थोक बजारहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
३.८ मन्त्रालयबाट सम्पादन हुने क्रियाकलापहरुलाई परिणाममुखी बनाउन ठूला कार्यक्रम तथा आयोजनाहरुसँग सम्बन्धित मौजुदा कार्यविधि तथा दस्तावेजहरुको पुनरावलोकन गर्न उच्च स्तरीय अध्ययन समिति गठन गरिएकोे छ ।
३.९ किसानको वैज्ञानिक परिभाषा तथा वर्गिकरण र योगदानमा आधारित किसान पेन्सनका लागि कानुनी मस्यौदा तयार गरिएकोे छ ।

४. अनुसन्धान, विकास र प्रसार
४.१ कृषि अनुसन्धानलाई किसानमैत्री तथा व्यवहारमुखी बनाउने अभियानको साथ हाल कृषि अनुसन्धान क्षेत्रमा सलंग्न नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई समयानुकुल परिभाषित र सांगठनिक सुदृढिकरण गर्न उच्चस्तरीय कार्यदल निर्माण गर्ने कार्य प्रारम्भ गरिएकोे छ ।
४.२ उन्नत बीउको आपुर्तिलाई सहज वनाई बीउ प्रतिस्थापन दरमा वृद्धि ल्याउने उद्धेश्यका साथ ६१ जिल्लामा ३६९ मे.टन मकैको बीउ, ५.३ मे.टन मुङ्गको बीउ र १ मे.टन सिमीको बीउ अनुदानमा वितरण गरिएकोे छ । त्यस्तै विभिन्न बालीका ४० वटा जातहरु सूचित भई कृषकस्तरमा थप नयाँ सूचित जातहरु उपलब्ध गराउन मन्त्रालयले विशेष पहल गरेको छ ।
४.३ दूधको वैज्ञानिक लागत मूल्यको एकिन गरी मूल्य खरिद तथा विक्री मूल्य एकिन गर्नका लागि झापा, सप्तरी, बारा, चितवन, काभ्रेपलान्चोक, तनहुँ, बाग्लुङ, रुपन्देही, दाङ, सुर्खेत, दैलेख, कैलाली, डडेलधुरा गरी १३ जिल्लामा दूधको उत्पादन लागतको अध्ययन सम्पन्न भएको छ ।

५. खाद्य स्वच्छता तथा जनजीविकाका सवाल
५.१ कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेको सिन्डिकेट तथा विचौलियाको प्रभाव हटाउन कालिमाटी वजारको अनुगमन गरी नियम विपरित संचालन गर्ने ९८ व्यवसायी उपर कारवाही प्रकृया बढाइएकोमा त्यसमध्ये भाद्र १९ गते ६ वटा र आज असोज २ गते थप ५१ वटा गरी कुल ५७ वटा पसललाई हटाइएको छ भने अन्यको हकमा पनि थप अध्ययन भइरहेको छ । त्यस्तै १३१ व्यवसायीलाई सचेत गराइएको र २०८ व्यवसायी उपर सम्झौताको पूर्ण परिपालना गर्न पत्राचार गरिएकोे छ ।
५.२ बजारमा गुणस्तरीय र स्वच्छ दूध उपभोग गर्न पाउने अवस्थालाई मध्यनजर गर्दै काठमाण्डौ उपत्यकाका विभिन्न दुग्ध उद्योगहरुमा अनुगमन कार्य भइरहेको र विभिन्न २५ वटा दुग्ध उद्योगहरुको अनुगमन र परीक्षणबाट प्राप्त नतिजाको आधारमा न्यूनतम मापदण्डभन्दा कम गुणस्तरको दूध प्रशोधन तथा बिक्री वितरण गर्ने उद्योगलाई कारवाहीको दायरामा ल्याउने प्रकृया सुरु गरिएकोे छ । गुणस्तरीय दूधको सुनिश्चतताको लागि आवश्यक पर्ने कानुनी तथा अन्य नीतिगत सुधार सम्बन्धी थप दस्तावेज निर्माण गरिएकोे छ ।
५.३ खाद्य उद्योग तथा बजारहरुको उत्पादन स्वच्छता सम्बन्धमा १,८९० पटक निरीक्षण अनुगमन गरी १,३४३ नमूना संकलन गरी खाद्य ऐन नियम अनुसार न्यून गुणस्तर, मिसावट एवं दुषित पाइएका नमूनाका आधारमा २०० व्यवसायिक फर्महरुमाथि खाद्य ऐन बमोजिम मुद्दा दायर गरिएकोे छ ।
५.४ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशाला नमुना विश्लेषण नतिजामा अन्तर्राष्ट्रिय विश्वसनीयता बढाउन यस अवधिमा केन्द्रीय खाद्य प्रयोगशालाले ८० वटा सूक्ष्म जैविक विश्लेषण र रासायनिक विश्लेषण पारामिटरहरुमा अन्तर्राष्ट्रिय मान्यता (एक्रीडीटेशन) प्राप्त गरेको छ ।
५.५ दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर सुधारको लागि गुणस्तरको अवस्था अध्ययन गरी “स्वच्छ तथा गुणस्तरीय दूध तथा दुग्ध पदार्थ उत्पादन निर्देशिका –२०७५ूतयार गरिएकोे छ । साथै विभिन्न ८ प्रकारका दूध तथा दुग्धजन्य पदार्थको गुणस्तर निर्धारण गरिएकोे र तयारी खाद्य पदार्थहरुमा प्लास्टिकजन्य पदार्थहरु प्रयोग गर्न रोक लगाइएको छ ।
५.६ प्रशोधित पानीको गुणस्तर सुधार गर्न “प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४’’ कार्यान्वयनमा ल्याइएको छ । मापदण्ड विपरित रहेको उद्योगहरु उपर कारवाही प्रक्रिया सुरु गरिएकोे छ । आगामी दिनमा खाद्य स्वच्छता सचेतना तथा अनुगमनको कामलाई तिब्र गतिमा विस्तार गरिने छ ।
५.७ देशका विभिन्न शहरी क्षेत्रमा यातना तथा पिडाजन्य तवरले पशुपन्छीको ढुवानी गर्ने कार्यलाई पूर्ण निरुत्साहित गर्न “पशु ढुवानी व्यवस्थाका लागि पशु ढुवानी मापदण्ड, २०६४“ को संशोधन मस्यौदा तयार गरिएकोे छ ।
५.८ जैविक विविधता संरक्षणलाई बढवा दिन र ग्रामिण क्षेत्रमा रहेका साना कृषकहरुको आम्दानीमा बृद्धि गरी ग्रामिण खाद्य सुरक्षालाई सहयोग पु¥याउन नुवाकोट र नवलपरासीमा २ वटा ग्रामिण कुखुरा ह्याचरी स्थापना गरिएकोे छ ।
५.९ उपभोक्ता स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकारलाई दृष्टिगत गरी भेटेरिनरी जनस्वास्थ्य कार्यालय त्रिपुरेश्वरबाट २७७ वटा मासु पसल अनुगमन गरिएकोे र अनुगमनकै क्रममा ३७ हजार ४ सय ६२ किलो मासु स्वास्थ्यका दृष्टिले उपभोगजन्य नभएकाले नष्ट गरिएकोे छ ।
५.१० मानव स्वास्थ्यका दृष्टिकोणले समयमा नै रोग परिक्षण भई रोगको नियन्त्रण गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत विभिन्न पशु प्रयोगशालाहरुबाट विभिन्न रोगका लागि कुल ११ हजार ५ सय ४७ नमुनाहरु केन्द्रीय र अन्य प्रयोगशालाबाट परिक्षण भएको छ ।
५.११ उपभोक्तामा स्वस्थ दूध र मासुको उपलब्धताको लागि मासु र दूधमा एन्टिवायोटिक रेजिड्यू परिक्षणका लागि उपत्यकाका विभिन्न ३२ स्थानबाट मासुका नमुना र १२० स्थानबाट दूधका नमुना लिई परिक्षण गरिएकोे छ । कानुन बमोजिम नभएका त्यस्ता व्यवसायीलाई पहिलो पटक सचेत गराईएको छ ।
५.१२ उपभोक्ताले स्वस्थ र गुणस्तरीय वस्तु उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गर्दै मुलुकभर उपभोग्य खाद्यान्नको स्वच्छता र गुणस्तर कायम गरी उपभोक्तालाई निर्वाध रूपमा उपभोग गर्न पाउने अवस्था कायम गर्न एक बर्षे “खाद्य स्वच्छता तथा गुणस्तर अभियान“ कार्यक्रमको घोषणा तयारी गरिएकोे छ । उक्त कार्यक्रम यथाशिघ्र घोषणा हुने छ ।
५.१३ कृषि धानबाली उत्पादनमा किसानलाइ प्रोत्साहन गर्न, किसानले उचित मूल्य प्राप्त गर्न र नेपालमै उत्पादित धानको बजारीकरणमा प्रत्यक्ष सहयोग पु¥याउन धानको न्युनतम समर्थन मुल्य निर्धारण गरिएको छ । जसमा मोटो धानको मूल्य प्रति क्वीन्टल २ हजार ३ सय ३१ रुपैया २२ पैसा रमसिनो धानको मूल्य प्रति क्वीन्टल २ हजार ४ सय ६० रुपैया ५७ पैसा तोकिएको छ ।
५.१४ मन्त्रालयबाट सम्पादित कार्यको गुनासो तथा किसानका समस्याहरू सिधै मन्त्रीले सुन्न र समाधान गर्ने अभिप्रायका साथ मन्त्रालयमा गुनासो व्यबस्थापन कक्ष सुचारु गरिएकोे छ । जसमा सबै नागरिकले पैसा नलाग्ने टोल फ्रि नं. ११६० मा फोन गरी समस्या राख्न सक्ने र ट्वीटर, फेसबुक, भाइवर तथा इमेल मार्फत समेत गुनासाहरू टिपाउन सक्ने संयन्त्र निर्माण गरिएकोे छ ।
५.१५ मन्त्रालय अन्तर्गतका निकायबाट कृषि तथा पशपन्छी क्षेत्रमा प्रवाह गरिने अनुदान बास्तविक किसान, लाभग्राहीसम्म पहुँच पुर्याउन र यसमा भइरहेको अपारदर्शी अनियमितता रोक्न नयाँ एकीकृत कानून÷कार्यविधि निर्माण गर्ने हेतुले मन्त्रालयका सहसचिवको नेतृत्वमा अनुदान अध्ययन तथा प्रतिवेदन समिति गठन गरिएकोे छ ।
५.१६ नेपालको पूर्वी क्षेत्रमा उत्पादित अदुवा, गोलभेडा, घ्युसिमी जस्ता कृषिउपजहरू भारतीय बजारमा निर्यात हुन नसकेको किसानको गुनासोलाई मध्यनजर गरी भारतीय पक्षसँग कुटनीतिक पहलको माध्ययमबाट भारतीय बजारमा सहज निर्यात हुने वातावरण मिलाईएको छ ।
५.१७ उखु किसानलाई अनुदान, स्वदेशी चिनी उद्योगको संरक्षण र बजारमा चिनीको मूल्य नियन्त्रण गर्न उखु किसानलाई दिने अनुदान बृद्धि गरी प्रति क्विन्टल ६० रुपैयाँबाट बढाएर ६५ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । नेपालमा मौज्दात चिनीको खपत बढाउने गरी २०७५ सालका लागि एक लाख मेट्रिक टन मात्र चिनी आयात गर्ने गरी कोटा निर्धारण गरिएको छ ।

६. पशुनश्ल सुधार, डेरी तथा चरण विकास
६.१ देशलाइ दूधमा आत्मनिर्भर बनाई आयात प्रतिस्थापन गर्नका लागि कृषकलाई उन्नत पशु उपलव्ध गराउन नश्ल सुधार कार्य संचालनका लागि विभिन्न प्रजातीका १ लाख ८४ हजार ५ सय १९ डोज फ्रोजन सिमेन उत्पादन गरिएको छ ।
६.२ कृषकको आयस्रोतमा बृद्धि गर्न पशु सेवा विभाग अन्तर्गत संचालित विभिन्न पशु फार्महरुबाट उच्च नश्लका गाईको बाच्छा बाच्छी २४, भैसीको पाडा पाडी ४, याकको बाच्छा बाच्छी ५२, बाख्राको पाठापाठी ८६ भेडाको पाठापाठी ३१, बंगुरको पाठा पाठी ३४७, कुखुराको चल्ला १ लाख १३ हजार ५ सय ४३ उत्पादन गरी कृषकहरुलाई वितरण गरिएकोे छ ।
६.३ मिल्क होलिडेको सम्भावित जोखिमलाई रोक्न विदेशवाट आयात हुने पाउडर दूधको आयात अनुमतीमा तत्कालका लागि रोक लगाइएको र स्वदेशमै उत्पादित र प्रशोधित दूधको उपभोग वढाउन हाल विराटनगर र चितवनमा संचालनमा रहेका धुलो दूध कारखानाको क्षमता बृद्धि गरी संचालन हुने व्यवस्था मिलाइएको छ ।
६.४ यस अवधिमा दुग्ध विकास संस्थानबाट २ करोड ८ लाख ८१ हजार लिटर स्थानीय कच्चा दूध संकलन गरिएकोेमा १ करोड ३८ लाख १० हजार लिटर प्रशोधन गरी बिक्रीबाट रु.१ अर्ब ८ करोड ५८ लाख १२ हजार रकम ग्रामिण भेगमा प्रवाह भएको छ ।

७. कृषि सामाग्री आपूर्ति, यान्त्रिकिकरण प्रवद्र्धन
७.१ बर्षेनी हँुदै आएको रासायनिक मलको अभावलाई समाधान गर्न मल आपूर्ति र वितरण प्रणालीको अध्ययन गरी प्रतिवेदन गर्न मन्त्रालयका सहसचिवको संयोजकत्वमा उच्चस्तरिय समिति गठन गरिएकोे छ ।
७.२ कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेसन मार्फत किसानलाई विगत ६ महिनादेखि हालसम्म २६ हजार ३ सय ३१ मे.टन यूरिया, १२ हजार १२ मे.टन डि.ए.पी. र ९ सय ९९ मे.टन पोटास गरी जम्मा ३९ हजार ३ सय ४२ मे.टन रासायनिक मल अनुदानमा बिक्री वितरण गरिएकोे छ ।
७.३ चालु आ. व. को यस महिना सम्म साल्ट ट्रेडिङ्ग मार्फत ४० हजार मे. टन रासायनिक मल खरिदका लागि बोलपत्र आव्हान भइ सम्झौता भएको र कृषि सामाग्री कं. लि. मार्फत युरिया २६ हजार ५ सय ७४ मे.टन डि.ए.पी., ९ हजार ५ सय ५१ मे.टन र पोटास ५ सय ४७ मे.टन गरी जम्मा ३६ हजार ६ सय ७३ मे.टन रासायनिक मल वितरण भएको छ ।
७.४ वित्तीय संस्थाको साझेदारीमा व्याज अनुदान उपलब्ध गराउने कार्यक्रम अनुरुप कैलाली जिल्लामा सामुदायिक पोष्ट हार्भेष्ट सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।
७.५ प्रदेश नं १ मा नेपाल कृषि मेशिनरी व्यवसायी संघको सहकार्यमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना गरिएकोे र जसबाट ५८ जिल्लाका कृषकले कृषिमा प्रयोग हुने यन्त्र, औजार तथा उपकरणको बारेमा जानकारी प्राप्त गरेका छन् ।
७.६ नेपालमा कृषिको आधुनिकिकरण र यान्त्रिकरणलाई प्रत्यक्ष सहयोग पुर्याउन बीरगंज स्थित कृषि औजार कारखाना लि.लाई पुनः संचालनमा ल्याउने विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय र उधोग, बाणिज्य र आपूर्ति मन्त्रालयबीच मन्त्रिस्तरीय छलफल प्रारम्भ भएको छ ।

८. पशुपन्छी स्वास्थ्य प्रवद्र्धन तथा नियमन
८.१ पशुपन्छीमा लाग्ने रेविज, रानीखेत, पि.पि.आर., एच.एस.एण्ड बि.क्यू., स्वाइन फिबर, एच.एस. जस्ता खतरनाक संक्रामक रोगहरुको सम्भावित संक्रमणबाट मानव स्वास्थ्यलाई प्रत्यक्ष असरका साथै कृषकलाई हुने ठूलो आर्थिक क्षतिबाट जोगाउन ती रोगहरु विरुद्ध १ करोड २५ लाख हजार डोज उत्पादन गरी ३७ लाख ५५ हजार डोज खोप विभिन्न जिल्लाका पशुपन्छीलाई लगाइएको छ ।
८.२ बर्ड फ्लूको सम्भावित जोखिमबाट पोल्ट्री व्यवसायमा हुन सक्ने ठूलो क्षति जोगाउन र जनस्वास्थ्यलाई समेत ध्यानमा राखी बर्डफ्लूको संक्रमण देखिएका चितवनमा ३ वटा, काठमाण्डौमा २ वटा र ललितपुरमा २ वटा आउट ब्रेक नियन्त्रणका क्रममा २२ हजार ८ सय ५९ पन्छी, १६ हजार ४ सय ८६ अण्डा, २ हजार ९ सय १६ दाना, मासु ११६ के.जी. नष्ट गरी कृषक र व्यवसायीलाइ आवश्यक रकम क्षतिपूर्ती उपलव्ध गरिएकोे छ ।
८.३ पशुपन्छीजन्य पदार्थको गुणस्तरीयता कायम गर्न क्वारेन्टाइन जाँच नगराई अवैध आयात भएका १५ हजार ७ सय ४२, चल्ला नष्ट गरिएकोे छ । साथै यस अवधिमा १५ हजार ७ सय ४२ क्वारेन्टाइन जाँच गरी क्वारेन्टाइन प्रमाण पत्र जारी गरिएकोे छ ।
८.४ नेपालमा बर्षेनी भइरहेको रासायनिक मलको अभावलाई समाधान गरी किसानहरूलाई समयमै मल उपलव्ध गराउनको लागि भारतसँग रासायनिक मलमा दुई सरकारवीच (जी टु जी) सम्झौताको प्रकृया शुरू गरिएकोे छ । यसका साथै नेपालमा मलको वफर स्टकको लागि प्रत्येक प्रदेशमा कम्तीमा ५ हजार मे.टनका ठूला रासायनिक मलखाद गोदाम घर निर्माण गर्न अध्ययन प्रकृया अगाडि बढाइएको छ ।

९. कृषि पर्यटन तथा रोजगार प्रवद्र्धन
९.१ सामूहिक कृषि खेती प्रणाली मार्फत पर्यटन प्रवर्द्धनको लागि सुनसरीको माछामारा, कैलालीको घोडाघोडी, सोलुको पातले, उदयपुरको रौतामाई र नुवाकोटको ककनी गरी पाँच स्थानमा ७५ घरधुरीको सहभागितामा सामूहिक कृषि, पर्यटन, अर्गानिक भिलेज स्थापनाको कार्य अन्तिम चरणमा पुगेको छ ।
९.२ पशुपालन व्यवसायलाई आधुनिकिकरण गर्दै लागत मूल्य घटाउन २० वटाभन्दा बढी दुहुना गाईभैंसी पाल्ने ३० जना व्यवसायिक कृषकहरुलाई ३० वटा मिल्किङ्ग मेशिन खरिदमा प्रति मेशिन अधितम रु. २ लाखसम्म अनुदान उपलब्ध गराइएको छ ।
९.३ पशु कल्याणको क्षेत्रमा कार्यरत ९ वटा संस्थाहरुलाई बेवारिसे गाई, बाच्छाबाच्छी व्यवस्थापन तथा उप–पदार्थजन्य उद्योग स्थापनामा प्रति संस्था रू. ५ लाखका दरले अनुदान उपलव्ध गराईएको छ । जसबाट बेबारिसे गाईको व्यवस्थापन भई वातावरणमा हुने प्रतिकुल असरका साथै सडक दुर्घटना रोक्न समेत सहयोग पुगेको छ ।
९.४ पशु सेवा तालिम मार्फत ९८ जनालाई अधिकृतस्तर तालिम, १८० जनालाई सहायकस्तर तालिम र ४०० जना कृषक, व्यवसायी र उद्यमीलाई ज्ञान, सीप र क्षमता विकास सम्वन्धी तालिम दिइएको छ ।
९.५ स्थानीय स्तरमा दूध तथा दुग्धजन्य पदार्थ उद्योग स्थापनामा सहयोग पुर्याउन २८ जना युवा कृषकलाई कैलालीको अत्तरीयामा “दुग्ध पदार्थ विविधिकरण र चिलिङ्ग भ्याट मर्मत तालिम“ र २८ जना युवा कृषकलाई “गुणस्तरीय चीज उत्पादन तालिम“ गरी ५६ जनालाई समयसापेक्ष क्षमता विकास तालिम उपलव्ध गरिएकोे छ ।

१०. अन्तर्राष्ट्रिय साझेदारी विकास
१०.१ ईजरायल सरकारसँग ईजरायली कृषि क्षेत्रको हाईटेक प्रविधि मार्फत नेपालका ७ वटै प्रदेशमा सेन्टर फर एक्सिलेन्सको रूपमा आधुनिक नमूना फार्म स्थापनाको लागि परियोजना अवधारणा पत्र तयार भएको छ । त्यसैगरी चीन, कतार, नेदरल्याण्ड र ब्राजिल सरकारसँग समेत नेपालको कृषि क्षेत्रको विकासमा प्राविधिक सहायताका लागि द्विपक्षीय छलफलको प्रकृया शुरू गरिएकोे छ ।
१०.२ नेपालको धान बालीको उत्पादन र उत्पादकत्व बृद्वीमा सघाउ हुने गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठानबीच ७ विषयगत क्षेत्र र १६ सम्भावित मुख्य परियोजनामा संयुक्त कार्यगर्ने उद्देश्यका साथ ५ बर्षे कार्ययोजना (२०१८–२०२३) सम्झौता भएको छ ।

यस वाहेक भूमि तथा सहकारी तर्फ मेरो कार्यावधिमा देहायका मुख्य उपलव्धीहरु भएको पनि जानकारी गराउन चाहन्छु ।

ख) भूमि व्यवस्था तथा सहकारी क्षेत्र तर्पm भएका मुख्य कार्यहरुः
१. भूमि ब्यबस्थापन क्षेत्रमा रहेका समस्या समाधानको लागि सरोकारवाला समूहसँग व्यापक छलफल, अन्तत्र्रिmया तथा परामर्श गरी भूमि नीतिको मस्यौदा तयार गरिएकोे ।
२. भूमिको बैज्ञानिक आधारमा कृषि योग्य, औद्योगिक, आवास, अनौपचारिक लगायतमा बर्गिकरण गरी सोहि वमोजिम उपयोग गर्ने कार्य सुनिश्चित गर्न भूमि नीति र भू–उपयोग ऐनको मस्यौदा तयार गरिएकोे छ, साथै गुठी जग्गाको वैज्ञानिक व्यवस्थापनको लागि नँया गुठी ऐन मस्यौदा तयार गरिएकोे ।
३. गुठी लगायत अन्य जग्गा प्रशासनसँग सम्बन्धित अभिलेख कम्प्युटर प्रबिधिमा राख्ने र पुर्जाको नक्कल कम्प्युटरबाटै उपलब्ध गराउने कार्य शुरु गरिएकोे ।
४. सामाजिक र आर्थिक रूपमा पिछडिएका मुक्त कमैया तथा हलिया पुनस्र्थापना कार्य १ बर्षभित्र सम्पन्न गर्ने गरी कार्यान्वयन शुरु गरिएकोे ।
५. मालपोत कार्यालयहरुबाट सम्पादन हुने सार्वजनिक सेवाको थप प्रभावकारिताको लागि सेवाग्राहीबाट मुल्याङ्कन गराउन सेवाग्राही सन्तुष्टि सर्वेक्षण फाराम प्रयोग शुरु गरिएकोे ।
६. जग्गा प्रशासनसँग सम्बन्धित विभिन्न प्रकारका लिखत तथा फारम जटिल रहेको जनगुनासोलाई सम्बोधन गर्न त्यस्ता अत्यावश्यक कागजातलाई ब्द्ध साइजमा विकास गरिएकोे ।
७. भूमि व्यवस्थासँग सम्बन्धित मालपोत, नापी कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवा सम्बन्धी सुचनाहरुमा सबैको सरल र सहज पहुँच सुनिश्चित गर्न भूमि सुशासन मोबाइल एपू कार्यान्वयनमा ल्याईएको ।
८. २०७५ भदौदेखि लागू भएको देवानी मुलुकी संहिता २०७४ मा उल्लेखित ब्यबस्था समेतलाई समेटी जग्गा प्रशासन निर्देशिकाको संशोधित मस्यौदा तयार गरिएकोे ।
९. कृषियोग्य जग्गाको जथाभावी कित्ताकाट र अनियन्त्रित खण्डिकरण गर्ने कार्यलाई निरुत्साहित गर्न र कानुन बमोजिम स्थापित करयोग्य कम्पनी मार्फत मात्र जग्गाको कारोबारलाइ प्रोत्साहित गर्न मालपोत नियमावलीमा आवश्यक संशोधन प्रस्ताव गरिएकोे ।
१०.अर्घाखाँची जिल्लामा भूमिको पुनः नापनक्सा गरी तयार गरिएकोे ८७० जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण गरिएकोे छ । साथै नवलपरासी जिल्लाको परासी नगरपालिका अन्तर्गत गाँउ ब्लक जग्गाको नाप नक्सा गरी ४३६ जग्गाधनी दर्ता पूर्जा वितरण गरिएकोे छ । त्यस्तै बर्दिया जिल्लाको राजापुर नगरपालिका क्षेत्रमा वर्षौदेखि सुकुम्वासीको रुपमा बस्दै आइरहेका गरीब भूमिहिन २०० परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएकोे ।
११. दशकौंदेखि कायम भूमिकोे द्वैध स्वामित्व एक बर्षभित्र समाधान गर्न मन्त्रालयमा मोहियानी समस्या समाधान एकाई स्थापना गरी कार्य शुरु गरिएकोे ।

धन्यवाद
कृषि तथा पशुपन्छी विकास मन्त्रालय

धौलागिरी हिमालमा पाँच रसियाली पर्वतारोहीको मृत्यु

पोखरा । म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रसियाली आरोही मृतावस्थामा भेटिएका छन् । गत आइतबार बिहान ११ बजेदेखि सम्पर्कविहीन उनीहरुको खोजीमा मङ्गलबार गएको हेलिकोप्टरबाट उनीहरुको मृत्यु भएको यकिन भएको आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक फुनुरु शर्पाले जानकारी दिनुभयो ।  पाँच पर्वतारोही सात हजार सात सय मिटरबाट खसेर सात हजार एक सय मिटरमा पुगेको उहाँले उल्लेख गर्नुभयो । “पाँच जनाको मृत्यु भएको यकिन भएको छ, एक जनालाई क्याम्प एकबाट उद्धार गरेका छौं," शेर्पाले भन्नुभयो ।  अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको मृत्यु भएको हो । हेली एभरेष्टको हेलिकोप्टरबाट भालेरी सामालोलाई उद्धार गरी काठमाडौं लगिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपकबहादुर केसीले जानकारी दिनुभयो । चौथो क्याम्पमा पुगेपछि माथि जान नसकेपछि भालेरी तल झर्नुभएको थियो । यो पर्वतारोहीको टोली तीन हप्ताअघि धौलागिरीतर्फ गएको थियो । अब मृतकका परिवारका सदस्य र रसियाली दूतावासलाई खबर गरी शवहरु ल्याउने व्यवस्था गरिने आइएम ट्रेकिङ एन्ड एक्सपिडिसिनका निर्देशक शेर्पाले जानकारी दिनुभयो । 

आगामी हिउँदमा बढी वर्षा र गर्मी हुने पूर्वानुमान

काठमाडौं । यस वर्षको हिउँद औसतभन्दा न्यानो हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हिउँद सरदरभन्दा बढी न्यानो हुने बताएको हो। विभागको ऋतुगत आकलनअनुसार यस वर्षको हिउँद याम (असोज १५देखि पुस १६गतेसम्मको अवधि) मा वर्षा पनि बढी हुने प्रक्षेपण गरेको छ। विभागले जनाएअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण—पूर्वी भू—भाग, लुम्बिनी प्रदेशका पूर्वी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएकोब छ। त्यस्तै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू—भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भू—भागमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपित छ।  बाँकी भू—भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको छ। अक्टोबरदेखि डिसेम्बरसम्म तीन महिनाको अवधिलाई पोस्ट मनसुन पनि भनिन्छ। यो अवधिमामा नेपालमा नेपालमा सरदर ७४.३ मिलिलिटर वर्षा हुने गर्छ।  गत वर्ष पनि पोस्ट मनसुनमा बढी पानी परेको थियो। गत वर्ष ७५.३ मिलिमिटर पानी परेको विभागले बताएको छ। यस वर्ष मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतसम्म रहेको प्रक्षेपण गरिएको थियो। जसअनुसार जेठ १८देखि असोज १४ गतेसम्मको अवधिमा १७ सय मिलिमिटरभन्दा बढी वर्षा भएको थियो। यो भनेको सरदरभन्दा १६ प्रतिशतले बढी हो। यस वर्ष पुस १६ गतेसम्म कोशी प्रदेशको उत्तरी भू—भाग, मधेस प्रदेशको पश्चिमी पश्चिमी भू—भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ। कोशी प्रदेशको दक्षिणी भू—भाग, मधेस प्रदेशको पश्चिमी भू—भाग, बागमती प्रदेशको उत्तर—पश्चिम भू—भाग र गण्डकी प्रदेशको दक्षिण—पूर्वी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू—भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भू—भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ र देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले बताएको छ। यस्तै बागमती प्रदेशको मध्य तथा दक्षिणी भू—भाग, मधेस प्रदेशको पश्चिमी भू—भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भू—भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भू—भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भू—भागमा सरदरभन्दा बढी अधिकतम तापक्रम हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ। कोशी प्रदेशका मध्य भू—भाग, मधेस प्रदेशका पूर्वी भू—भाग र बागमती प्रदेशका उत्तरी भू—भागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र बाँकी भू—भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ। न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना छ।  विभागका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका पश्चिमी भू–भाग र लुम्बिनी प्रदेशका पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ। त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका मध्य भू–भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भू–भाग, बागमती प्रदेशको अधिकांश भू–भाग, मधेश प्रदेशका पूर्वी भू–भाग र कोशी प्रदेशमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ भने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ।  

विपतको सामना गर्न छायाँ सरकारको अभ्यासमा माओवादी

काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाल काठमाडौँ उपत्यका र आसपासका जिल्लामा गत साता बाढी पीडित प्रभावित क्षेत्रमा पुगेर ‘छायाँ सरकार’ को अभ्यास गरे । माओवादीले औपचारिक रुपमा छायाँ सरकार नबनाए पनि प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले काठमाडौंको बल्खु, ललितपुरको नख्खु र काभ्रेको पनौतीलगायतका क्षेत्रमा पीडितलाई भेटेर आश्वासन समेत दिए । ‘सरकारले साथ नदिए पनि प्रमुख प्रतिपक्ष दल तपाईको दुःख पीडामा सँगै छ,’ दाहालको भनाइ थियो, ‘पीडितको उद्दार र राहतका लागि सरकारलाई दबाव दिएका छौँ । हामी आफ्नो तर्फबाट पनि सहयोग गर्छौं ।’ पूर्व प्रधानमन्त्रीका हैसियतमा होइन, छायाँ सरकारको प्रमुखको हैसियतले उनले पीडितसँग कुराकानी गरे । एमालेले २०५२, कांग्रेसले २०७६ मा औपचारिकरुपमै छायाँ सरकार बनाएका थिए । माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले पछिल्लो प्राकृतिक विपत्तिमा पीडित माझ पुगेर अनौपचारिक रुपमा पार्टीले छायाँ सरकारको भूमिका निभाएको बताए । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका गएको बेला आएको बाढीले ठूलो धनजनको क्षति पुर्‍याएपछि सरकारले सर्वदलीय बैठक बोलाउन ढिला गर्‍यो । तर प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले दाहालले असोज १३ मा सर्वदलीय बैठक बोलाए । प्रमुख प्रतिपक्षले बाढी, पहिरो पीडितका लागि उद्दार र राहतका लागि भन्दै सर्वदलीय बैठक बोलाएर छायाँ सरकारको अभ्यास गर्‍यो । त्यही दिन कार्यवाहाक प्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएपछि दाहालले आयोजना गरेको त्यो बैठक स्थगित गरे । त्यसअघि भदौ १२ मा दाहालले विज्ञप्ति जारी गरी प्रभावित परिवारको उद्दार र राहत दिन सरकारलाई दबाव दिएका थिए । सरकारले बाढीपीडितको उद्दारमा ढिलासुस्ती गरेपछि असोज १३ मा दाहालले सरकारको चर्को आलोचना समेत गरेका थिए । ‘तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई पुनर्स्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु,’ उनको भनाइ थियो, ‘राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ ।’ त्यही दिन बसेको पदाधिकारी बैठकले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने निर्णय गर्‍यो । साथै, बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आंकलन हुँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिँदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको थियो । असोज १३ मै ललितपुरको नख्खु खोलामा बग्दै गरेका दुई जनाको उद्दार गर्ने चणिलाल तामाङलाई आफ्नो निवास खुमलटार बोलाएर सम्मान गरे । असोज १४ मा उनले बाढी, पहिरो प्रभावित क्षेत्रमा उद्धारमा लाग्न जनवर्गीय संगठडन र मोर्चाहरुलाई संस्थागतरुपमा नै उद्धार, राहत र पुनर्स्थापनाका लागि स्वयंसेवक परिचालन गर्न निर्देशन दिएका थिए । असोज १५ मा दाहाल सहयोगीसहित बाढी प्रभावित क्षेत्र ललितपुरको बल्खु र ललितपुर नख्खु र भक्तपुरको हनुमन्तेमा क्षेत्रमा गइ पीडित उद्धारमा लाग्न सत्तापक्ष र प्रमुख प्रतिपक्ष संयुक्त रुपमा लाग्न आग्रह गरे । ‘यो संकटको बेलामा सत्ता पक्ष बिपक्ष नभनी आम जनतालाई हातेमालो गरेर राहत र पुनर्स्थापनामा जुट्न आग्रह गर्दछु,’ दाहालको भनाइ थियो, ‘प्रायः सबैतिर भौतिक पूर्वाधार निर्माणले गति नलिंदा नै क्षति भएको हो ।’ त्यही दिन उनले प्राकृतिक विपत्तिमा परेका नागरिकको लागि राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि माओवादी केन्द्रले सुरु गरेको स्वयंसेवक परिचालन अभियान सुरु गरे । सरकारले पूर्व तयारी नगर्दा ठूलो क्षति भएको उनले बताए । ‘मौसमको पूर्वानुमान हुँदाहुदै सरकार विपत व्यवस्थापनको तयारी र प्रतिकार्यको काम गर्न नसक्दा क्षति भयो’ दाहालको भनाइ थियो । बल्खु पीडितमाझ उनले संकटको सामना गर्न अभिभावकत्व गर्न तयार भएकाले प्रभावित क्षेत्रमा आएको बताए । सरकारबाट बाहिरिएपछि कमिज, टोपी र स्पोर्टस् जुत्तामा सर्वसाधारणबीच गइरहेका दाहाल असोज १६ मा पनि उस्तै पोसाकमा बाढी र पहिरोबाट बढी प्रभावित क्षेत्रमा गई पीडितको दुःखमा आफ्नो पार्टी भएको उल्लेख गर्दै सरकारले बाढी, पहिरो प्रभावितको दुःखमा ध्यान नदिएको आरोप लगाए । ‘पार्टीका नेता कार्यकर्तालाई पीडामा रहेका जनतालाई साथ दिनु पार्टीको प्रमुख अभिष्ट रहेकाले यसलाई सेवा गर्ने अवसरको रुपमा उपयोग गर्नुपर्छ’ उनको भनाइ थियो, ‘जनता पीडामा रहेको बेला उनीहरुलाई आशा र भरोसा दिंदै हरेक समस्या समाधानका लागि अगुवाई गर्नु साँचो अर्थमा राजनीतिक दलका नेता कार्यकर्ताको कर्तव्य भएकाले निरन्तर जनताको साथमा रहेर सहयोग गर्न र कम्तीमा पनि दशैंअघि पीडितलाई राहतको महसुस गर्ने वातावरण बनाउनुपर्छ ।’ दाहालले असोज १८ मा यातायात व्यवसायी र यातायात मजदुर संगठनका पदाधिधकारीलाई बोलाएर यातायातको क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए । जुन प्रतिबद्धता सरकारले गर्नुपर्ने भए पनि उनी आफैँ अघि सरेका हुन् । उनले दसैंको समयमा गाउँ फर्किने जनताको अवस्था, बाढी पहिरोका कारण अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुर लगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिंदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाएका थिए । त्यही उनले दिन माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै आफूले पहिलो पटक प्रधानमन्त्री भएदेखि व्यवस्थित बस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिंदै आएको बताए । बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्ने व्यवस्था मिलाए प्राकृतिक विपत्ति कम हुने दाबी गरे । उनले प्रमुख प्रतिपक्ष दलको हैसियतले विपद् प्रभावित क्षेत्रको अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझेका थिए । त्यस्तै, शनिबार दाहालले सरकारले जनताको काम नगरे आफ्नो दलले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको दाबी गरे । ‘जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ राख्दैन । अहिले सरकार कहाँ छ भनेर जनताले नभेटाइरहेको बेला बाढीपहिरोका कारण सिर्जना भएको संकट समाधानका लागि पार्टीले अग्रपंक्तिमा रहेर नेतृत्व गरिरहेको छ,’ उनको भनाइ थियो । आइतबार माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा विपद् व्यवस्थापनका लागि २० बुँदे ज्ञापनपत्र बुझायो । पछिल्लो प्राकृतिक विपत्तिमा सरकारले पहल कदमी लिन नसकेको माओवादीको आरोप थियो । ‘सरकारका तर्फबाट जे जस्तो भूमिका निर्वाह भएपनि हामी प्रतिपक्षी दलको हैसियतमा विपद् यवस्थापनका हरेक चरणमा सरकारसागै रहेका छौं,' ज्ञापनपत्रमा भनिएको छ, ‘सरकारका तर्फबाट विपदपूर्वको आवश्यक तयारी तथा प्रतिकार्यको तयारी हुनुपर्ने भए पनि पछिल्लो प्रकोपमा राज्यको उपस्थिति शून्य प्रायः हुन पुगेको घटना ज्यादै दुःखद् छ ।’ माओवादीले सरकारकै आधिकारिक निकाय जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असौज १० गते नै विशेष बुलेटिन प्रकाशित गर्दै भारी वर्षाको सम्भावनाबारे सचेत गराएको उल्लेख गरे पनि सरकारले बेवास्ता गरेको जनाएको कान्तिपुर दैनिकले लेखेको छ ।  ‘राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले समेत उच्च जोखिममा रहेका जिल्लाहरूमा रात्रीकालीन बस नचलाउन तथा प्रतिकार्यका लागि तयार रहन सुरक्षा निकाय तथा मातहतका निकायलाई निर्देशन दिएको अवस्थामा ४ घण्टासम्म जीवन रक्षाको गुहार गर्दै मृत्युवरण गर्नुपर्ने नियति जनताले भोग्नुपर्‍यो’ माओवादीको ज्ञापनपत्रमा लेखिएको छ, ‘काठमाडौं उपत्यकालगायत देशका विभिन्न भूभागमा अबिरल वर्षा, बाढी र पहिरोका कारण जनताले ठूलो त्रासदी भोगिरहादा राज्यको उपस्थिति कतै देखिएन ।’ सरकारकै निकायमा उचित समन्वय हुन नसक्दा ठूलो क्षति नभएको उल्लेख गर्दै माओवादीले सर्वदलीय पहल गर्न कांग्रेस-एमाले गठबन्धन सरकार चुकेको बताएको छ । ‘एकातिर सरकारी निकायहरुबीच समन्वय र सरकारका तर्फबाट सर्वपक्षीय एकीकृत पहलका लागि समन्वय हुन सके न भने अर्कोतिर विपद् प्रतिकार्यको समयमा सरकारको उच्च राजनीतिक नेतृत्वको सक्रियता काहिा कतै देखाएन,’ माओवादीको भनाइ छ, ‘जनतामाझ सरकार पुग्नुको साटो सिंहदरबारको पर्खालभित्र सीमित सरकारप्रति जनस्तरबाट भएको आलोचना र आक्रोसलाई सरकारको ने तृत्वले गम्भीरतापूर्वक लिन सकेन ।’ माओवादीले ‘राजधानीको मुटुमै समेत उद्धारका लागि गुहार लगाउँदा समेत भिजिबिलिटीको बहाना बनाएर उद्धार हुन नसकेको, प्रधानमन्त्री विदेश भ्रमणमा रहेको बेला मन्त्री, कर्मचारी नेतृत्व तथा विपतसँग सम्बन्धित अन्य पदाधिकारी समेत प्रभावित क्षेत्रमा नगएको’ आरोप लगाएको छ । ‘पूर्वानुमानका आधारमा रात्रि बस सञ्चालनमा रोक लगाउन सकिएन, प्रकोपपूर्व नै जोखिमजन्य स्थानहरूबाट जनतालाई सुरक्षित स्थानान्तरण जस्ता कार्य हुन सकेनन् । यी कमजोरी सरकारका तर्फबाट हुन पुग्दा यसले झन जनधनको क्षति निम्तियो’ माओवादीको आरोप छ, ‘हामीले वर्तमान सरकारबाट समेत यस्तै तदारुकता एवं उच्च समन्वयकारी भूमिका अपेक्षा गरेका थियौं। तर यस्तो गम्भीर परिस्थितिमा प्रभावित क्षेत्रमा उपस्थिति त परै जाओस् , मन्त्रिपरिषद्को आपतकालीन बैठक समेत बस्न सकेन ।’

हेवाखोलामा बेलिब्रिज मर्मत गरी यातायात सञ्चान गरेको प्रधानमन्त्रीको झुटो दाबी

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलिब्रिज मर्मत गरी यातायत सञ्चालन गरिएको झुटो दाबी गरेको हेवाखोलामा ह्युम पाइपहरू राखेर यातायात सञ्चालन गरिने भएको छ । एक सातादेखि अवरुद्ध मेची राजमार्गअन्तर्गत हेवाखोलामा ह्युम पाइपहरू राखेर डाइभर्सन निर्माण गरेर आजदेखि यातायात सञ्चालन गर्ने तयारी गरिएको भएपनि प्रधानमन्त्री ओलीले हिजै हेवाखोलामा बेलिब्रिज मर्मत गरी यातायात सञ्चानमा ल्याइएको बताएका थिए। सडक डिभिजन कार्यालय, इलामका इन्जिनियर सरोज सुवेदीका अनुसार यही असोज ११ र १२ गते आएको बाढीले यहाँको बेलीब्रिज बगाएर यातायात अवरुद्ध भएको थियो । अवरुद्ध यातायात खुलाउन डाइभर्सन निर्माणका लागि आवश्यक १६ वटा ह्युम पाइपहरू प्राप्त भइसकेपछि काम शुरु भइरहेको छ । आज बेलुकीसम्ममा डाइभर्सनको निर्माण पूरा गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको सुबेदीले बताउनुभयो । यातायात अवरुद्ध हुँदा चाडपर्वमा घर जाने आउने सर्वसाधारणलाई सास्ती भएको छ भने ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा आउने भक्तजनको संख्या घटेको छ। । यस्तै ढुवानी सेवासमेत ठप्प हुँदा थप समस्या भएको छ । पाँचथर, ताप्लेजुङका सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवाला संस्थाहरूले सुरुवातदेखि नै यातायात सञ्चालन गर्न सबै विकल्प सहित पहल गरिरहेका छन् । पाँचथरको फिदिम नगरपालिका र त्यहाँका सुरक्षा निकायले फड्के समेत निर्माण गरेर राहत पु¥याएका छन्। तत्कालको समस्या समाधानका लागि डाइभर्सनले काम गर्ने भन्दै बेलीब्रिज निर्माण गर्नसमेत आवश्यक पहल भइरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले बताउनुभयो ।

लोकप्रिय