तीन दलकाे बैठकमा “संशाेधन प्रस्तावमा के काे अापत्ती ?” भन्दै ओलीसँग कड्किए देउबा

तीन दलकाे बैठकमा “संशाेधन प्रस्तावमा के काे अापत्ती ?” भन्दै ओलीसँग कड्किए देउबा

काठमाडौं, पौष १३ । “तपाईलाई संशोधन प्रस्तावमा के को आपत्ती हो ?” देउबा कड्किएपछि एकछिन बैठकको माहौल तात्यो ।

“तपाईले नै ल्याएको प्रस्ताव हैन ?” देउबा अझै जंगिए, “दुई चार जिल्ला यता उता पर्दा के फरक पर्छ ? के को आपत्ती हो ?”

आफैले हस्ताक्षर गरेको सीमांकनको प्रस्ताव अहिलेको सरकारले ल्याउँदा एमालेले जनाएको आपत्ती अर्थहीन भन्दै देउबाले सदन अवरोध गर्नुको कारण सोधे ओलीसँग ।
प्रधानमन्त्री प्रचण्डले सदनको गतिरोध अन्त्य गर्न सहमति जुटाउने उद्देश्यले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक डाकेका थिए । बैठकमा एमाले अध्यक्ष ओलीमाथि देउबा खनिएपछि बैठकको वातावरण तातेको हो ।

आज बिहान ११ बजे सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसदको गतिरोध अन्त्य गर्न संविधान कार्यान्वयनसँग जोडिएका विषयहरुमा सहमति खोज्न आग्रह गरेका थिए । प्रधानमन्त्रीका पे्रस संयोजक गोविन्द आचार्यका अनुसार, प्रधानमन्त्रीले संशोधन प्रस्ताव, निर्वाचन विधेयक, राज्य पुनसंरचना र लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगलगायतका विषयमा प्याकेजमा सहमति गरेर देशलाई निकास दिन प्रस्ताव गरेका थिए ।

तर प्रधानमन्त्रीको प्रस्तावमाथि छलफल हुन नपाउँदै एमालेका तर्फबाट भने संशोधन प्रस्ताव फिर्ता लिएमात्रै अन्य विषयमा सहमति गर्न सकिने पूर्व अडान दोहोरिएपछि नेपाली कांग्रैसका सभापति शेर बहादुर देउबा कड्किएका थिए ।

देउबाले सदन अवरोध राखेर संविधान कार्यान्वयन हुन नदिएको भन्दै एमालेलाई जिम्मेवारी प्रतिपक्षको भूमिको निर्वाह गर्न आग्रह गरेका थिए ।

“तपाईहरु आफुले त्यतिबेला प्रस्ताव गर्ने, अहिले संविधान कार्यान्वयनलाई नै असफल पार्न खोज्ने ?” उनको आशय थियो । सदनमा छलफलका क्रममा आफ्ना फरक मत राख्न र आवश्यक परे प्रस्ताव फेल गर्न सक्ने हुँदाहुँदै पनि सदन अवरोध गर्नु लोकतान्त्रिक चरित्र नभएको भन्दै देउबाले ओलीसँग चर्को असन्तुष्टि पोखे ।

एमाले अध्यक्ष ओलीले भने सरकारले एमालेलाई ‘बाइपास’ गरेर जान खोजेको संकेत गरे । “न्यायपरिषददेखि कतिपय नियुक्तिमा एमालेलाई उपेक्षा गरियो । सरकारी संरचनामा हामीलाई सिध्याउने काम भयो अनि हामीसँग सहमतिको कुरा गर्ने ?” ओलीले यही आशयको कुरा बैठकमा राखेको एक सहभागीले जानकारी दिए ।

“ओलीजीको आशय सत्तारुढ गठबन्धनले प्रतिपक्षलाई पेल्न खोजेको र उसको अस्तित्व नै मान्न नखोजेको भन्ने थियो ।” उनले भने ।

बैठकमा चर्काचर्की परेपनि निर्वाचनमा जाने विषयमा भने दलहरु सहमतिमा पुगेका छन् । राज्य पुनःसंरचनाबारेमा आयोगको प्रतिवेदनमा छलफल गर्ने विषयमा समेत उनीहरुबीच कुरा मिलेको छ ।

एमालेले संशोधन प्रस्ताव मान्दै नमान्ने र त्यसलाई छलफलमा समेत लैजान नदिने अडान कायमै राखेपछि अबको राजनीतिक अभ्यास कसरी अगाडि बढाउने भन्ने विषयमा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले नयाँ रणनीति बनाउने देखिन्छ ।

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

लोकप्रिय