चाँगुनारायण मन्दिरको जीर्णोद्धार सुरु

चाँगुनारायण मन्दिरको जीर्णोद्धार सुरु

भक्तपुर, माघ १५ । विश्व सम्पदा सूचीमा रहेको भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरको जीर्णोद्धारको कार्य सुरु भएको छ ।

वि‍‍.सं २०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भएपछि चारैतिर टेको लगाएर अड्याइएको उक्त मन्दिरको जीर्णोद्धार कार्य सुरु भएको पुरातत्व विभाग भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

मन्दिरमा क्षमापूजा सकिएपछि गत बुधबारदेखि मूल मन्दिरका रहेका बहुमूूल्य र पुरातात्विक सामग्रीको अभिलेखीकरण सुरु भएको जानकारी दिँदै उहाँले मन्दिरको तल्लो भाग र छानोलाई एकै पटक जीर्णोद्धार गर्ने बताउनुभयो । भूकम्पले चाँगुनारायणको मूल मन्दिर नढले पनि नराम्ररी क्षति पुर्याएपछि टेकोमा अड्याइएको छ ।

चाँगुनारायण मन्दिर परिसरकै भत्किएको किलेश्वर मन्दिर यसअघि नै एक गैरसरकारी संस्थाले पुनःनिर्माण गरिसकेको छ । मन्दिर परिसरमै रहेको अन्य मन्दिर र चौघेरा सत्तल तथा अमात्य सत्तल भने पुनःनर्माण नै गर्नुपर्ने भएकाले केही समय अझै लाग्ने भएको छ ।

मन्दिरको जमिन तला र माथिल्लो तलामा परापूर्वकालदेखि रहेका पुरातात्विक वस्तुको जिल्ला प्रशासन कार्यालय, पुरातत्व विभाग, गुठी संस्थान, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चाँगुनारायण नगरपालिका, पुजारी, भडेल र सरोकारवालासहितको टोलीले लगत उतार्ने काम सुरु गरेका छन् ।

लगत राखिएका सामान गुठी संस्थान भद्रकालीले वर्षांै पहिलो राखेको लगतसँग मेल खाए÷नखाएको रुजु गरी दुरुस्त भए त्यसको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली नै खटाएर मन्दिर परिसरमै सुरक्षाको व्यवस्थासहित राखिने भएको छ । मन्दिर जीर्णोद्धारका लागि वरिष्ठ इन्जिनियर ओम धरानन्द राजोपाध्याय र स्ट्रक्चर इन्जिनियर छविराज घिमिरेले बुझाएको प्रतिवेदन अनुसार मन्दिरको जीर्णोद्धार गरिने भएको हो ।

श्रेष्ठले भन्नुभयो – “चाँगुनारायण मन्दिरको माथिल्लो तलाको छानो निकाल्ने र नयाँ निर्माण गर्ने तथा मन्दिरको तल्लो भागबाटै गाह्रोलाई बलियो बनाउँदै लगेर जीर्णोद्धार गरिने छ ।”

जीर्णोद्धार कार्य २०७४ साल असार मसान्तभित्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । जीर्णोद्धारका लागि कुल रु ९४ लाख ६५ हजार ८४८ मा ठेक्का प्रदान गरिएको छ । भूकम्पले भत्काएको चाँगुनारायण मन्दिर परिसरमै रहेको किलेश्वर मन्दिर भने यसअघि नै कल्चर हेरिटेज एन्ड इन्भारोमेन्ट फाउन्डेसनले पुनःनिर्माण गरिसकेको छ ।

मन्दिर परिसरको चौघेरा सत्तल, अमात्य सत्तल, पुजारी घर, शिव मन्दिर, लक्ष्मीनारायण मन्दिर पनि सोही फाउन्डेसनले निर्माण गरिदिने सहमति भए पनि ढिलाइ गरेपछि अब विभागले अब फाउन्डेसनलाई नपर्खने भएको छ । “विश्वसम्पदा सूचीमा रहेको सम्पदा निर्माणमा ढिलाइ गर्न नहुने अवस्थामा फाउन्डेसनलाई विभागले कुरेर बस्दैन, विभाग आफैँले यी मन्दिर एवम् सत्तलको पुनःनिर्माण सुरु गर्छ”– इन्जिनियर श्रेष्ठले भन्नुभयो ।

पुनःनिर्माण तथा जीर्णोद्धारमा काम लाग्ने इँटा तथा काठ पुरानै प्रयोग गर्ने जानकारी दिँदै उहाँले ७५ प्रतिशत सामग्री भने नयाँ प्रयोग गरिने बताउनुभयो ।

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिष्टद्वारा राजीनामा

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासङ्घको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन ‘विधान अनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि  सङ्गठनहरूले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन सङ्घर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । सङ्गठनहरूको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासङ्घको गम्भिर झुल भएको  स्वीकार गर्नु पर्दछ ।’ विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट  भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै  कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासङ्घमा विवाद चर्किएपछि महासङ्घको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

लोकप्रिय