चिनी घोटालाः मन्त्री यादवले पत्तै नपाई अर्बौंको खेल, नयाँ मूल्यबाट पनि करोडौं फाइदा

चिनी घोटालाः मन्त्री यादवले पत्तै नपाई अर्बौंको खेल, नयाँ मूल्यबाट पनि करोडौं फाइदा

काठमाडौं, संसददेखि सडकसम्म चिनीको आपूर्तिमा घोटाला भएको आरोपछि सरकारले चिनीको अधिकतम मूल्य तोकेको छ ।
सरकारले तोकेको नयाँ मूल्य अनुसार, खुद्रा बिक्रेताले प्रतिकिलो रु. ७० मा चिनी बेच्नु पर्नेछ ।

हाल बजारमा चिनी प्रतिकिलोको मूल्य ८० रुपैयाँभन्दा बढीय रहेको छ ।

नयाँ मूल्य तोक्दा पनि करोडौं फाइदा

अहिले सरकारले तोकेको चिनीको मूल्यमैं पनि प्रति किलो ५ रुपैयाँ व्यापारीले फाइदा लिएका छन् । यो भनेको दैनिकरुपमा नै करोडौको फाइदा हो । नेपालमा ५४ रुपैयाँमा बजारमा बेच्न सकिने बताइन्छ । यसमा १३ प्रतिशत कर जोड्दा बजार मूल्य ६२ हुन आउँछ ।

तर श्रोत भन्छ– यो कृत्तिमरुपमा सिर्जना गरिएको संकट थियो ।

यसका पछाडि थियो अर्बौं कमाउने चलखेल ।

नाफासहितको उत्पादन मूल्यमा १३ प्रतिशतले मूल्य अभिवृद्धि कर लगायत जोड्दा बजारमा ६५ रुपैयाँमा चिनी उपलब्ध हुनुपर्ने हो । तर व्यापारीले भने ६५ रुपैयाँमा चिनी बेच्न नसकिने अडान लिँदै आएका थिए ।

अहिले तोकिएको मूल्यमा उनीहरुले प्रतिकिलो ८ रुपैयाँ फाइदा पाउने छन् ।

अर्बौं घोटालाको कथा

सरकारले यसअघि चिनीको आयातमा दोब्बर प्रतिशतले भन्सार लगाएको थियो । झट्ट हेर्दा यसले स्वदेशी उत्पादनलाई लाभ पुग्ने देखिएपनि बजारमा भने चिनी १५ रुपैयाँ किलोले बढेको थियो ।

संसदको सार्वजनिक लेखा समितिको बैठकमा यसरी भन्सार बृद्धि गरेर स्वदेशमा चिनीको मूल्य आकाशिनु र बजारमा अभाव देखिनुका पछाडि अर्बोंको घोटाला भएको कुरा सांसदहरुले आरोप लगाए ।

एकातिर उखु उत्पादक किसानहरुले आफ्नो उत्पादनको पैसा नपाउनु र अर्कोतर्फ विदेशबाट आउने चिनीमा ठूलो भन्सार महसुल लगाइएपछि बजारमा एकाएक चिनी संकट देखिएको थियो ।

तर श्रोत भन्छ– यो कृत्तिमरुपमा सिर्जना गरिएको संकट थियो ।

यसका पछाडि थियो अर्बौं कमाउने चलखेल ।

संसदको समितिमा सांसद लेखराज भट्टले नेपालमा पाकिस्तानबाट सस्तोमा चिनी भित्रिएको र त्यसलाई नेपाली स्टिकर लगाएर बजारमा पठाइने बताए । उनले काठमाडौंका व्यापारीको गोदाममा कराडौं मेट्रिक टन चिनी थन्किएर रहेको समेत बताएका थिए ।

श्रोतका अनुसार, विदेशबाट सस्तोमा चिनी आयात गरिसकेपछि चिनीको आयातमा दोब्बर भन्सार बृद्धि भएको थियो । यसले गर्दा एकातिर विदेशबाट चिनीको आयात हुँदैनथ्यो भने अर्कोतर्फ त्यही झिकाइसकेको चिनी नेपालमा उच्च मूल्यमा बृद्धि हुन्थ्यो ।

नेपालमा चिनीको संकटसँगै फेरी ३० प्रतिशत भन्सार तिरेर चिनी नेपाल ल्याउँदा त्यसको आयात मूल्य नै ९० रुपैयाँ पुग्थ्यो । अनि यसअघि ६२ रुपैयाँमा बेच्न सकिने चिनी पनि नयाँ ९०, १०० रुपैयाँमा बेच्न सकिने हुन्थ्यो ।

यसले अरबौंको फाइदा हुन्थ्यो मुख्य डिलर र व्यापारीलाई ।

मारमा पर्थे उपभोक्ता ।

तर संसदीय समितिमा नेता लेखराज भट्टले यो कुराको पर्दाफास गरेपछि भने यो चलखेल पुरा हुने देखिँदैन ।

अहिले यही चलखेलमाथि छानबीनको माग उठेपछि सरकारले हत्त न पत्त अधिकतम मूल्य तोकेको हो ।

‘सरकारले चिनी आयातको भन्सार बढाएर ३० प्रतिशत पुर्यामउँदा पनि किसानले उखुको भुक्तानी पाएनन्। न त सरकारले अनुगमन नै गर्योर,’ पूर्वआपूर्तिमन्त्री समेत रहेका लेखराज भट्टले संसदीय समितिले भनेका थिए । आयात बन्देज लगाउँदा १ अर्ब ६९ करोड रुपैयाँको चलखेल भएको उनको दावी थियो ।

श्रोतका अनुसार, यो पौने दुई अर्बको कमिशनमा अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका उच्च पदस्थ पदाधिकारीको मिलेमतो देखिन्छ । सांसद भट्ट, बिरोध खतिवडा, ह््रदयेश त्रिपाठी समेतले वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा अर्थ मन्त्रालयको मिलेमतोमा यो घोटाला भएको दावी गरेका थिए ।

तर श्रोतका अनुसार, आपूर्ति मन्त्री मातृका यादवलाई भने यसबारेमा छलफल गरिएको थिएन । “भन्सार दरको सम्बन्ध अर्थ मन्त्रालयसँग हुन्छ ।” वाणिज्य तथा आपूर्ति मन्त्रालय श्रोतले भन्यो, “हाम्रो मन्त्रालयले नेपाली चिनी उद्योगीहरुको माग अनुसार भन्सार दर बढाउने कुरामा सहमति दिने कुरा स्वभाविकै थियो । तर यसका पछाडि विदेशबाट चिनी ल्याइसकेपछि दर बढाउने खेल रहेछ । त्यसको हामीलाई जानकारी भएन ।”

श्रोतका अनुसार, मन्त्री मातृका यादले समेत भन्सार दर बढाइएको विषयलाई सामान्यरुपमा नै लिएका थिए । नेपाली उद्योगीहरुले लाभ लिन सक्छन भन्ने सोझो सैद्धान्तिक बुझाई मन्त्रीको रहेको उनले बताए । तर सरकारले दर बढाउने नै हो भने किन त्यसको लाभ नलिने भनेर लागेका केही माफियाहरुले पहिलो नै चिनी झिकाइसकेर नेपालमा प्याकेजिङ गरी नेपाली उत्पादन देखाएको र त्यसवापत अरबौं कमाउन खोजेको विषयमा भने संसदीय समितिमा कुरा उठेको अघिल्लो दिन मात्रै यादवले थाहा पाएका थिए ।

संसदीय समितिमा यो कुरा उठछ भन्ने अघिल्लो दिन मात्रै थाहा भएको हो । गलत भएको छ भने त्यो कुरा उठ्नुपर्छ भनेर मन्त्री आफैले भनेका हुन ।” श्रोतले भन्यो, “यसमा मन्त्रीको संलग्नता छैन ।

अर्थमन्त्रालय र प्रधानमन्त्री कार्यालयले भने यो घोटाला भएको विषयमा केही कुरा सार्वजनिक गरेको छैन । यता संसदीय समितिले भने छानबीनको माग गरेको छ ।

पाकिस्तानबाट चिनी ल्याइएको हो, नेपालमा ठूलो मात्रामा स्टक भएको हो र यसका पछाडि अर्बौको चलखेल हो भने जति लुकाएपनि यो विषय सार्वजनिक हुने अर्थ मन्त्रालयका उच्च कर्मचारीले बताए ।

विषय गम्भीर ढंगले सार्वजनिक भइसकेपछि अर्थ मन्त्रालय पनि चुप लागेर बस्न मिल्दैन । दोषीलाई कार्वाही गर्नुपर्ने उनले बताए ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं ।आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कुन विदेशी मुद्राको विनिमय दर कति छ, हेर्नुहोस्

काठमाडौं । आज २०८० साल पुस २९ गते आइतबार तदनुसार सन् २०२४ जनवरी १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर  

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय