चिनी विक्री नहुँदा गोदाममा थन्कियो

चिनी विक्री नहुँदा गोदाममा थन्कियो

विराटनगर, पुस १६ । नेपाल सरकारले बाहिरी मुलुकबाट आयात हुने चिनीमा कडाइ गर्न नसक्दा स्वदेशका उद्योगमा उत्पादन हुने चिनी नबिकेर थन्किएको छ।

सुनसरीको बर्जु गाउँपालिका–५ स्थित प्रदेश नं १ को एक मात्र इस्टर्न सुगर मिलबाट गएको वर्षमा उत्पादन भएको चिनीमध्ये ३४ हजार मेट्रिकटन चिनी गोदाममा थुप्रिएको छ । मिलमा एक लाख सात हजार मेट्रिकटन चिनी उत्पादन भएको थियो ।

नेपालमा एक वर्षमा सरदर दुई लाख ३५ हजार मेट्रिकटन चिनी आवश्यक पर्नेमा बाहिरी मुलकबाट दुई लाख ५० हजार मेट्रिकटन चिनी आयात भएका कारण मिलमा उत्पादन भएको चिनी विक्री हुन नसकी बिग्रिने अवस्थामा पुगेको र यसबाट स्वदेशी उद्योग र कृषकलाई समस्या परेको मिलका वित्त प्रबन्धक विएम गुुप्ताले जानकारी दिए ।

“गोदाममा नबिकेर थन्केका चिनी समयमै विक्री नहुने हो भने यसको गुणस्तरमा कमी आउने, चिनीको रङमा परिवर्तन आउने र पग्लिने समस्याले मिल घाटामा जाने निश्चित छ”, उनले भने ।

प्रत्येक वर्ष मिल सञ्चालन हुनुभन्दा अघि नै उखु कृषक, उद्योगी, व्यापारीको सहमतिमा उखुको समर्थन मूल्य सरकारले तोक्नुपर्ने भएपनि यसवर्ष अहिलेसम्म उखुको मूल्य सरकारले निर्धारण नगरेको उखु उत्पादक सङ्घका पूर्व अध्यक्ष शैलेन्द्रराज पाण्डेले बताउनुभयो । किसानले अहिले उखुको मूल्य प्रति क्विण्टल रु ५४२ माग गरेका छन् । गएको वर्ष उखुको मूल्य सरकारले प्रति क्विन्टल रु ५३१ निर्धारण गरेको थियो ।

चिनी मिल पुसको पहिलो सातादेखि दोस्रो सातासम्म चलिसक्नुपर्ने भए पनि यसवर्ष मूल्यकै कारण सञ्चालन हुनसकेका छैनन् । किसानले पनि खेतमा उखु काट्न शुरु गरेका छैनन् ।

सुनसरी र मोरङमा अहिले दुई हजार २०० कृषकले पाँच हजार बिघा जग्गामा उखु लगाएका छन् । प्रति बिघा ३०० देखि ४०० क्विण्टल उखु उत्पादन हुने भनिए पनि गएको वर्ष प्रति बिघा २५८ क्विण्टल मात्र उखु उत्पादन भएको पाण्डेले जानकारी दिए ।

इस्टर्न सुगर मिलका प्रबन्धक सुरेश मेहताले स्वदेशमा उत्पादन हुने चिनी र कृषकलाई बढावा दिन सरकाले बाहिरबाट चिनी आयातमा रोक लगाउनुपर्नेमा जोड दिए ।

उनले सरकाले बाहिरबाट आउने सिमेण्टमा रोक लगाएकै कारण स्वदेशमा सिमेण्ट कारखाना फस्टाएकोले चिनी कारखानालाई पनि बढावा दिन सरकारले गम्भीर हुनुपर्छ भने । सुनसरी अमाही बेलहाका उखु कृषक इस्राइल अन्सारीले दुःख र मेहनत गरेर उत्पादन गरेको उखुको उचित मूल्य नपाउँदा समस्या परेको र यसबाट कृषक पलायन हुने निश्चित रहेको बताए । रासस

यस्तो छ आजको विनिमय दर

काठमाडौं ।आज २०८० साल माघ १७ गते बुधबार तदनुसार सन् २०२४ जनवरी ३१ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६८ पैसा र बिक्री दर १३३ रुपैयाँ २८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ८७ पैसा र बिक्री दर १४४ रुपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। हेर्नुहोस् विनिमय दर

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल माघ १० गते बुधबार तदनुसार सन् २०२४ जनवरी २४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा र बिक्री दर १३३ रुपैयाँ ३५ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ २१ पैसा र बिक्री दर १४४ रुपैयाँ ८६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६५ पैसा र बिक्री दर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४१ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

कुन विदेशी मुद्राको विनिमय दर कति छ, हेर्नुहोस्

काठमाडौं । आज २०८० साल पुस २९ गते आइतबार तदनुसार सन् २०२४ जनवरी १४ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर  

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८० साल पुस २८ गते शनिबार तदनुसार सन् २०२४ जनवरी १३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ०१ पैसा र बिक्री दर १४५ रुपैयाँ ६७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ६९ पैसा र बिक्री दर १६९ रुपैयाँ ४५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २९ पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

लोकप्रिय