छान्यो माओवादी केन्द्रले ललितपुरका नगर र गाउँपालिकाको उम्मेदवार

छान्यो माओवादी केन्द्रले ललितपुरका नगर र गाउँपालिकाको उम्मेदवार

काठमाडौँ, वैशाख १६ । आगामी वैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले जिल्लाको महालक्ष्मी नगरपालिका, बागमती गाउँपालिका, कोन्ज्योसोम गाउँपालिका र महाँकाल गाउँपालिकाको उम्मेदवारको टुंगो लगाइएको माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हरि दाहालले जानकारी दिएका छन् ।

उनका अनुसार बाँकी रहेका एक महानगर र १ नगरपालिकाको टुंगो भोलीसम्म लगाइसक्ने जानकारी दिएका छन ।

नेकपा (माओवादी केन्द्र) ललितपुर स्थानीय तह निर्वाचन २०७४ का लागी उम्मेदवारहरुको विवरण-

महालक्ष्मी नगरपालिका

मेयर: शिव प्रसाद कट्टेल

उपमेयर:  लक्ष्मी सिंह महर्जन

वडा नं. १ अभिसेक केसी

वडा नं. २ सुरेश महर्जन

वडा नं. ३ सुमन केसी

वडा नं. ४. कृष्ण बहादुर थापा

वडा नं. ५. सरथ राना मगर

वडा नं. ६. महेन्द्र श्रेष्ठ

वडा नं. ७. अर्जुन थापा

वडा नं. ८. कान्छा श्रेष्ठ

वडा नं. ९. मोहन तण्डुकार

वडा नं. १०. बलराम लामा

बागमती गाउँपालिका

अध्यक्ष : राजु आले मगर

उपाध्यक्ष: कमला थापा मगर

वडा नं. १ ज्ञानबहादुर लामा

वडा नं. २ रिना चन्द्र भोलान

वडा नं. ३ दीपक घिमिरे

वडा नं. ४. जुवार लाल लामा

वडा नं. ५. ओम प्रसाद तिमल्सिना

वडा नं. ६. रामशरण घिमिरे

वडा नं. ७. कृष्ण बहादुर बल

महाँकाल गाउँपालिका

अध्यक्ष: बुद्ध बहादुर नंगी

उपाध्यक्ष:  बिमला आचार्य

वडा नं. १ खुम प्रसाद गौतम

वडा नं. २ संजय तामाङ

वडा नं. ३ राजेन्द्र न्यासुर

वडा नं. ४. माधव दुलाल

वडा नं. ५. तुलसी बजगाई

वडा नं. ६. माधव बन्जरा

कोन्जोसोम गाउँपालिका

अध्यक्ष: गोपीलाल सिंस्ताङ

उपाध्यक्ष: मिन्मा लामा

वडा नं. १ सन्तलाल तामाङ

वडा नं. २ ध्रुव घिमिरे

वडा नं. ३ उद्धव घिमिरे

वडा नं. ४. कपिल लामा

वडा नं. ५. सुबिन्द्र बल

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय