जापानको जमिनमा घर बनाउने पहिलो गुल्मेली खरेल खोलामा मृत फेला

जापानको जमिनमा घर बनाउने पहिलो गुल्मेली खरेल खोलामा मृत फेला

प्रेम सुनार

गुल्मी, साउन ४ ।  जापानमा ४ वटा रेस्टुरेण्टका सञ्चालक तथा जापनको जमिन नै किनेर घर बनाउने पहिलो गुल्मेली ५५ वर्षिय भिमलाल खरेल जापानकै एक खोला किनारमा मृत फेला परेका छन् ।

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्वर ७ , साविककाे रुपाकोट–९ दम्कुवा घर भएका हिजो विहान जापानको एक खोलामा मृत फेला जापानको प्रहरी श्रोतले जनाएको छ ।

जापानको टोकियास्थित मिनामीसेन्जु भन्ने शहरमा फुलवारी रेष्टुरेण्टका चार वटा ब्राञ्च सञ्चालन गर्दै आएका खरेल अँस्ती साँझ जापनीज समय साढे आठ वजेतिर घर नजिकैको फुलवारी रेष्टुरेण्टबाट अर्को रेष्टुरेण्ट तर्फ जाँदै जाँदै गरेको उनका दाजु शेषकान्त खरेलले बताए । मृतककी श्रीमति हरिकला संग फोनबाट जानकारी ल्याए अनुसार त्यस साँझ साढे ९ वजेतिर उनको फोन बन्द भई सकेको थियो ।

राती अवेर सम्म नभेटिए पछि विहान प्रहरीलाई सुचित गर्दै त्यहाँको एक खोला किनारमा शव फेला परेको थियो । उनको मृत्यु रहस्यम रहेको त्यहाँको सम्पर्कमा रहेका दाजु शेषकान्त घरेलले जानकारी दिए । उनले भने–‘ भाईको साथमा पैसा नभएको बुझिएको छ । अन्य परिचय खुल्ने कागज पनि उनि संग नभए पछि एक जना ग्राहकको पर्चिबाट शवको पहिचान भएको बताईएको छ । जापानको प्रहरीले सिसीटिभिको माध्यमबाट उनको रहश्यमयमृत्युको अनुसन्धान गरी रहेको जानकारी परिवारजनलाई दिएको छ । यो भन्दा बढि बोल्न सक्ने अवस्थामा छैनौं हामी ।’

मुम्वईको कोठी देखि जापानको निजी महल सम्मको यात्रा

२२ वर्ष अघि देखि जापानमा बस्दै आएका खरेलको त्यस अघिको मजदुरीको कथा पनि आम सामन्य परिवारका नेपाली सहरकै थियो । करिव ८ वर्ष भारतको मुम्वईमा मजदुरी गर्दा गर्दै होटललाई लाईनको काम सिकेर जापान पुगेका थिए । त्यहाँ पुगेर विभन्न मजदुरी गर्दा गर्दै खरेल पछि फुलवारी रेष्टुरेण्ट सञ्चालन गर्न थाले त्यसलाई क्रमशः बृद्धि गर्दागर्दै रेष्टुरेण्टको संख्या चर वटा पुराए । अन्ततः परिवारको दावि अनुसार जापानमा जमिन किनेर घर बनाउने पहिलो नेपालीका रुपमा ईतिहाँस रचे । परिवारको दावि वाहेक हामीले अरु जिल्लामा बुझ्न नसकेकोले उनलाई पहिलो गुल्मेली भन्न चाहेका हौं । किन कि हाल सम्म घरको तला किनेर बसेका धेरै गुल्मेली पाईए पनि जमिन किनेरै घर बनाउने उनि बाहेक अरु गुल्मेली हाम्रो जानकारीमा आएका छैनन् ।

उनका दाजु शोषकान्तकै आँकलनमा उनले एक अर्व भन्दा बढि सम्पत्ति कमाएका छन् । जापानका आलिशान महल,महङ्गा महँङ्गा गाडी शानदार चार वटा रेष्टुरेण्ट , यता चितवनको घरतपुरमा दुई वटा आलिशान महल र थुप्रै जग्गा समेत किनेका छन् । यता गुल्मीको दम्कुवामा पनि उनले प्रशस्त खेत किनेका छन र घर पनि बनाएका छन् । यि सवै जोरिएको सम्पत्ती जोड्दा २२ वर्षे जापानी यात्रामा उनले एक अर्व भन्दा बढि कमाएको पाईएको उनका दाजु शोषकान्तले बताए ।

कमाएको केहि हिस्सा समाज सेवामा

स्वर्गिय खरेल रुपाकोट र तुराङ्गका शैक्षिक र अन्य सामाजिक क्षेत्रका सवै भन्दा ठुला दानविर भनेर चिनिदै आएका थिए । मजुवामा क्याम्पस स्थापना गर्न स्थानिय समाज सेवी जुटे । खरेलले तत्काल डेढ लाख उपलव्ध गराएर खाता खोली दिए । नभन्दै उनको छिमेक मजुवामा मानका टिकाराम बहुमुखी क्याम्पस स्थापना भएरै छाड्यो । केहि दिन अघि मात्र रुपाकोटकै दमकुवा शिवालय निर्माणका लागि उनले ५ लाख ५१ हजार सहयोग पठाएका थिए । रुपाकोटकै देवि देउराली मन्दिरमा धानयान्चल लगाउँदा पनि उनले ५१ हजार पठाएका थिए ।

साविकका तुराङ्ग र रुपकोटका शैक्षिक संस्था, धार्मिक स्थान र असायहरुलाई उनले गरेको सहयोगको यहाँ उल्लेख गरी साध्य छैन् । स्वर्गिय खरेलकी श्रीमति हरिकला , २१ वर्षिय छोरा अर्जुन र ३ छोरीहरु जापनमै रहेका छन् । उनकी आमाको मृत्यु भई सकेको छ भने ९३ वर्षिय उनका पिता यति वेला पुत्र शोकले भाव्विहल रहेका छन् । स्वर्गिय खरेल हरेक दशैं घरै मनाउन आए झै यसपालीको दशैं मान्न आएका थिए भने फेरी माग महिनामा पनि गाउँमा आएका थिए ।

अरवौं सम्पत्तिका मालिक भए पनि उनि एउटा साधरण किशान मजदुर कै हैसियतबाट एक अर्का संग प्रस्तुत हुन्थे । जताततै घर भए पनि उनले गाउँको घर र खेती किशानी बढि मन पराउँदे उनका नजिकका आफन्त अस्लेवाका अर्जुन कनौजेका अनुसार उनले केहि समय पछि आफु पनि गाउँ फर्केर व्यवसायीक कृषि पेशा गर्ने सोंचमा थिए । अँस्ती साँझ श्रीमति हरिकला संग अर्को रेष्टुरेण्टमा जान्छु र छिट्टै आउँछु भनेका खरेलले साढे ९ वजे श्रीमतिको फोन उठाउन समेत पाएनन् । जापानमा परिवारजन मात्र नभई उनलाई चिन्नेहरु विच रुवावासी चलेको र यता परिवारजनले सोधेको जवाफ दिन समेत नसक्ने अवस्थामा रहेको उनका भाई कृष्ण खरेलले बताए ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय