ज्यान जाला तर उपलब्धी खोस्न दिँदैनौं

ज्यान जाला तर उपलब्धी खोस्न दिँदैनौं

काठमाडौं, पुस ११ । प्रधानमन्त्री प्रचण्डले माओ जयन्तीको अवसरमा आफूहरु नेपाली समाजको वर्ग संघर्षको नयाँ स्वरुपमा रहेको भन्दै सो उपलब्धीका लागि नेपाली जनताले निकै दुःख कष्ट भोग्नु परेको भन्दै अब पाएको उपलब्धीलाई कुनै पनि हालतमा फुत्किन नदिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी नेपाली समाजको वर्ग संघर्षको नयाँ स्वरुपमा छौं । जनतालार्इ परिवर्तन दिन माओको भूमिका रहेकाले रक्षा प्रयोगबाटै बिकास गर्ने र देश संघीय लोकतान्त्रिक गणतन्त्रलाई विकास गर्ने प्रेरणा उनै माओ हुन् ।’

प्रतिपक्षीहरुलाई इंगित गर्दै प्रधानमन्त्री प्रचण्डले थपे, ‘अहिलेको राजनीतिलाई विकसित र प्रयोग र रक्षा गर्ने दलालहरुलार्इ परिवर्तन मन परेको छैन ।’ उनले थपे ‘राजा त पद्च्युत भए । उनका वरिपरि घुम्नेलार्इ पनि मन परेको छैन । उनीहरु यो परिवर्तन र उपलब्धी उल्ट्याउने र भाच्नेतिर उन्मुख भएका छन् । तर हामीले त्यसो हुन दिनुहुन्न ।’

माओ दिवसका असरमा उनले आफूहरुले औपचारिक रुपमा यो दिवस मनाउनुमा विशिष्ट अर्थ रहेको बताए ।

उने भने, ‘देशलार्इ एकताबद्ध गर्नु । जातजाती मधेस पहाड बिचमा विभाजन नभई मधेस पहाड जोड्नु छ र एकता ल्याउनु छ ।’ उनले थपे, ‘कम्युनिस्टले नै एकता गरेका छन् ।’

साम्राज्यवाद र सर्वहारावाद उत्पिडितहरुको बिचमा एकता कायम गर्न कम्युनिष्टहरुले नै अहम भूमिका खेल्ने उनले बताए । उत्पिडनको बिरुद्व समानताको नारा हाइज्याग गर्ने काम गर्ने साम्राज्यवादहरुले गरेको उनले बताए ।

उनलेउ नेपालमा आत्मानिर्णय, पहिचान समानुपातिक समावेशी नारा माओवादीले ल्याएको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो नारा आफ्नो बनाउन खोज्ने ति हिजो पञ्चाएको बेला सरकारमा बस्ने राजासँग मिल्ने काम गरे र आज उनीहरुले नै माओवादीको नारा हाइज्याक गराउन खोजेका छन् ।’ उनले थपे, ‘साम्प्रदायिक दंगा हुनुको कारण पनि त्यही हो ।’

आज दिवस मनाउनुको कारण उत्पीडितको पक्षमा लाग्नु रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले अब सङ्कल्प गर्ने दिन आएको बताए । देशमा संविधान संशोधनभित्र उत्पीडित समुदायलार्इ अधिकार नदिन प्रयास भएको भन्दै शान्ति प्रक्रियामा आएपछी माओवादीलाई जालीझेली भनिएको स्मरण गरे ।

prachanda-1

दस वर्षपछि फेरि पार्टी एकतामा जोडिएको भन्दै प्रचण्ड र बाबुराम मिल्नुपर्ने उनको चाहना भएको बताए । चीनमा माओको नेतृत्व सम्झिँदै उनले भने, ‘फुट्ने माओवादी हुँदैन । चीनमा माओले पार्टी फुट्न दिएनन् ।’

फुट्नेतिर होइन जुट्नेतिर लाग्नुपर्छ भन्दै अब समाजवाद र साम्यवादमा जान सकिने उनले बताए । उनले भने, ‘हाम्रो जितलार्इ कसैले रोक्न सक्तैन । हामी सबै माओबादीलार्इ एकतावद्ध गर्नु छ ।’

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

अखिल क्रान्तिकारीको सम्मेलन असोज १० गते देखि गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

लोकप्रिय