टीकापुर हत्याकाण्डका दुर्इ अभियुक्त सार्वजनिक

टीकापुर हत्याकाण्डका दुर्इ अभियुक्त सार्वजनिक

धनगढी । कैलालीको टिकापुरस्थित करण थापाको हत्यामा संलग्न २ जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ।

गत बिहीबार होली खेल्ने क्रममा थापाको हत्या गरी फरार भएका टीकापुर नगरपालिका–१ का १९ वर्षीय सन्दीप रावल र वडा नम्बर ३ का २१ वर्षीय सागर पाण्डेयलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

दुबै अभियुक्तलाई सोमबार काठमाडौको बालाजुबाट प्रहरीले पक्राउ गरेर मंगलबार हवाईमार्ग भएर धनगढी ल्याएको थियो। कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेले थापाको हत्या गरी फरार रहेका दुबैलाई फोन ट्रयापिङ्गको आधारमा पक्राउ गरिएको बताए ।

एसपी घिमिरेका अनुसार हत्यापछि दुबै जना बर्दियामा लुकेर बसेको र तेस्रो दिन बसमार्फत् काठमाडौ गएका थिए । हत्यामा संलग्न दुबैलाई मुलुकी ऐन २०२० ज्यान सम्बन्धी महल दफा १३ को १ बमोजिम सजायको मागदावीसहित मुद्दा दर्ता गरिने एसपी घिमिरेले बताए ।

उक्त महलमा आजीवन कारावासको सजाय हुने व्यवस्था रहेको छ। प्रारम्भिक बयानमा दुबै जनाले आवेशमा आएर हत्या गरेको स्वीकार गरेका एसपी घिमिरेले बताए।

फागुन १७ गते बिहीबार मध्यराति टीकापुरमा आयोजित होली विशेष कार्यक्रममा करण थापा आफ्नो साथीहरूसहित होलीमा रमाइरहेका थिए।
सोही ठाउँमा सन्दीप रावल र उनका साथीहरू पनि थिए। होली खेल्ने क्रममा करण थापाबाट सन्दीप रावललाई सामान्य धक्का लाग्यो।

आफूलाई धक्का दिएको भन्दै सन्दीपले करणको छाती समातेर धकेलाधकेल गरे। रिसाएका करणले सन्दीपको मुखमा मुक्का प्रहार गरी उनलाई भुईमा लडाए। भुईमा लडेका सन्दीपले कम्मरपेटीमा लुकाएको छुरा निकाले र करणको पेटमा प्रहार गरे।

त्यसपछि सन्दीप र सागर दुबैले मिलेर शरीरका विभिन्न ठाउँमा छुरा प्रहार गरी फरार भए। छुरा प्रहारबाट गम्भिर घाइते भएका करणको उपचारका क्रममा साही दिन राति मृत्यु भयो ।

कैलालीका एसपी विनोद घिमिरेले सामान्य विवादको घटनामा करणले ज्यान गुमाएको बताए। सन्दीप र सागर टिकापुरमा पहिलेदेखि नै गुण्डागर्दीमा संलग्न रहेका पाइएको उनले बताए।

शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि भट्टराईद्धारा श्रीलंकन राजदूतबाट नाम फिर्ता

काठमाडौं । सरकारले श्रीलंकाका लागि राजदूतमा प्रस्ताव गरेका रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिनुभएको छ ।भट्टराईको संसदीय सुनुवाइ सकिए पनि अनुमोदन गर्ने वा नगर्ने समितिले निर्णय लिएको थिएन । स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न सक्नुभएन। जसका कारण समितिले उनको नाम अनुमोदन गरेको थिएन ।भट्टराईले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर सुनुवाइ समितिमा पत्र पठाएको बताइएको छ ।

अखिल (क्रान्तिकारी) ललितपुरको अध्यक्षमा खनाल

काठमाडौं । अखिल क्रान्तिकारी ललितपुर जिल्ला समितिको अध्यक्षमा बासुदेव खनाल 'युनिक' निर्वाचित हुनुभएको छ । त्यसैगरी ललितपुर क्रान्तिकारीको उपाध्यक्षहरुमा प्रफुल्ल कुमार दाहाल, उपेन्द्र चाम्लिङ राई, सचिव किरण मर्हजन, सह सचीवहरु लोकराज तिमिल्सिना, आकृति सिल्वाल र कोषाध्यक्ष प्रेमिका मर्हजन निर्वाचित हुनुभएको छ ।   ललितपुर जिल्ला समितिको २५औं जिल्ला सम्मेलनले खनालको अध्यक्षतामा ५१ सदस्यीय समिति निर्वाचित गरेको हो । अखिल(क्रान्तिकारी) २३ औं राष्ट्रिय सम्मेलनको अन्तिम तयारीमा जुटेको छ।सम्मेलन यही असोज १० गते देखि १४ गतेसम्म काठमाडौंमा हुनेछ ।  

सहकारीको अनुसन्धान गर्न सीआईबीको टोली पोखरा जाँदै

काठमाडौं । सहकारीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली पोखरा जान लागेको छ ।सरकारले पोखरास्थित सूर्यदर्शन सहकारीको अनुसन्धानमा सहयोग गर्न सीआईबीलाई पठाउन लागेको हो। सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले सूर्यदर्शन सहकारी लगायत अन्य सहकारीबाट रकम झिक्दा रास्वपाका सभापति रवि लामिछानेको भुमिका नदेखिएको भन्ने प्रतिवेदन तयार गरेको छ । तर सो रकम ६५ करोड रुपैयाँ गोर्खा मिडियामा अपचलन भएको समितिले निष्कर्ष निकालेको छ ।  स्रोतका अनुसार सभापति रवि लामिछानेलाई सहकारी मुद्दामै कसरी जोड्न सकिन्छ भनेर सरकारी पक्ष लागेको बताइएको छ । हालसम्मको छानविन प्रतिवेदेनका आधारमा सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गर्न नमानेपछि सरकारले सीआईबीलाई पुनः अनुसन्धानको लागि पठाउन लागेको बताइएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

लोकप्रिय