डेेंगु संक्रमण रोक्न बुटवलमा विशेष अभियान सुरु

डेेंगु संक्रमण रोक्न बुटवलमा विशेष अभियान सुरु

बुटवल, कात्तिक २४ ।  बुटवलमा डेेंगुका बिरामी ह्वात्तै बढेपछि डेंगुको संक्रमणविरुद्ध विशेष अभियान संञ्चालन गरिएको छ । विहिवार बिहानसम्म ५ सय ३५ जनामा डेगु संक्रमण भएको पाइएको भन्दै अञ्चल अस्पताल बुटवलका मेडिकल रेर्कड अधिकृत लक्ष्मीराज रेग्मीले यसविरुद्धको अभियानलाई तिव्रता दिएको बताए ।

उनका अनुसार, बिहिवारबाट अस्पतालमा औषधि टिट्ने काम थालिएको छ भने टोल टोल मा डे.गु सार्ने लामखुट्टेको खोज ीगर्ने र नष्ट गर्ने अभियान लाई तीव्रता दिइएको छ । लामखुट्टेको बासस्थान खोज र नष्ट गर अभियान विगत दिनदेखि सञ्चालनमा रहेको भएपनि अझ बढी प्रभावकारी बनाइएको छ । डेगु नियन्त्रणका लागि विगतमा थालिएका कार्यक्रमलाई अझ प्रभावकारी वनाउनेदेखि थप उपायहरु खोजि गर्दै अभियानलाई तीव्रता दिन थालिएको छ ।

रेग्मीका अनुसार, सक्रमितहरु विभिन्न जिल्लाका रहेका भएपनि ८० प्रतिशत रुपन्देहीका छन् । त्यसमा पनि ७५ प्रतिशत बुटवलकै बासिन्दा छन् । बुटवलबाट मंगलवार ३७ वटा नमुना परिक्षणका लागि केन्द्रीय जनस्वस्थ्य प्रयोगशालामा पठाइएको थियो । रुपन्देहीका विभिन्न अस्पतालमा कार्यरत डाक्टर तथा स्वस्थ्यकर्मी गरी १२ जनामा डेगुको स.क्रमण भएको रेग्मीले बताए ।

पछिल्ला दिनहरुमा दिनप्रतिदिन संक्रमण बढेपछि केही दिन अगाडी जनस्वथ्यको केन्द्रको टोलि पनि बुटवलमा आएर अध्यान थालेको थियो । जनस्थ्य अधिकृतहरुको टोलि बुटवलमा आइपुगेको हो । यसै क्रममा लुम्बिनी अञ्चल अस्पतालमा बुधवार स्वास्थ्य मन्त्रालयको टोलि समेत आएको थियो । स्वास्थ्य मन्त्रालयका सचिव डा. किरण रेग्मीसहितको टोलिले अस्पतालमा छलफल समेत गरेको थियो ।

डाक्टर रेग्मीले डेंगुको प्रकोप नियन्त्रणका लागि सरकार गम्भीर रुपले लागेको बताईन् । चिकित्सा महाशाखाका प्रमुख डा. भोलाराम श्रेष्ठले बुटवल क्षेत्रमा फैलिएको डेंगु नियन्त्रणका लागि पहिलो जनता आफै सचेत हुनुपर्ने र सरकार, सामाजिक संघसंस्थाको सहकार्यमा सचेतना जगाउनु पर्ने बताए ।

कार्यक्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलका मेडिकल सुपरिटेण्डन डा. कृष्ण खनाल, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख केयरसिंह गोदारलगायतले डेगु संक्रमणको अवस्था र नियन्त्रणका प्रयासबारेमा चर्चा गरेका थिए ।

डेगु नियन्त्रणमा के गर्दै छ प्रकोप व्यवस्थापन समिति ?

डेगुको प्रकोप बढेपछि स्थानिय तहमा डेगु नियन्त्रलाई प्रभावकारी बनाउन प्रकोप ब्यवस्थापन समितिले पनि सक्रियता बढाएको छ । समितिले कार्यक्रम प्रभावकारी बनाउने निणय गरेको छ । रेग्मीका अनुसार, प्रहरी, स्वस्थयकर्मी, जनप्रतिनिधि, महिला स्वयमसेविकासहितको टोलि ब्यापक परिचालन गर्ने निणर्य भएको थियो र सोही अनुसार कार्यक्रम भइरहेका छन ।

त्यस्तै डेगु नियन्त्रणका लागि टायरहरु बढी चुनौतीका रुपमा पाइएको भन्दै टायरको ब्यवस्थापनमा लाग्ने पनि निर्णय गरिएको छ । त्यस्तै प्रभावित क्षेत्रमा झुल वितरणका बारेमा पनि छलफल भएको बताइएको छ ।

बैठकमा अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर कृष्ण खनाल, बुटवल उपमहानगरपालिकाका उपप्रमुख गोमा आचार्य लगायतले डेगु नियन्त्रणका बाारेमा चर्चा गरेका थिए । यस आर्थिक वर्षको साउन यता असोज १५ सम्ममा जम्मा २५ जनामा संक्रमण भएको पाइएकोमा पछिल्लो दिनमा संक्रमण ह्वात्तै बढ्दो रहेको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय